मिडियामा लगानी बढाए समृद्धि सम्भव

कर्णाली पोष्ट दैनिक पत्रिका विमोचन
सागर परियार, जुम्ला
जुम्ला १५ बैशाख । मुलुक समृद्धिका लागि संचार जगतको महत्वपुर्ण भुमिका निकै महत्वपुर्ण रहदै आएको छ । विकाससंगै भईरहेको बिनास तथा अनियमिततालाई न्यूनिकरण गर्दै रुपान्तरित समाज र समृद्ध राष्ट्र निर्माणका लागि संचार जगत शसक्त र त्यसमा लगानी गर्न निकै आबश्य देखिएको प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले बताए ।


कर्णाली पोष्ट दैनिक पत्रिकाको विमोचन कार्यक्रमका अबसरमा बोल्दै उनले, जुम्लाको पत्रकारिता क्षेत्रमा वर्तमान पस्थितिमा एक छुटै जागरिलो टिमको उद्गार भएको उल्लेख गरे । पत्रकारिता भन्न जतिकै गर्न सजिलो छैन् । उनले थपे, विभिन्न कठाईनाईले कलम खुम्चिने अबस्था सुशानमैत्री जिल्ला बनाउन उद्देश्यका साथ संचालित कर्णाली पोष्ट दैनिक पत्रिकाको सराना गरे ।


समय अनुसार जुम्लाको पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारहरुको क्षमता बृद्धि भएपनि स्थानीय स्तरमा मिडियाहरु अर्झै शसक्त हुन सकेको छैन् । जुम्लाको पत्रकारिता क्षेत्रलाई व्यवसायी बनाउनको लागि आफ्नो तह बाट सहयोग निरन्तर रहने प्रतिबद्धता गरे । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले मिडिया क्षेत्र संचालित भन्दा पनि समाजको हितका लागि स्वचालित हुनु पर्नेमा जोड दिए ।


पत्रकारिता क्षेत्रको नयाँ आयामका रुपमा कर्णाली पोष्टले आफ्नो परिचय दिदै जुम्लामै पहिलो पटक डिजिटल पत्रिका खोलेमा खुशी व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पारर्दशि, शुसानमैत्री भ्रष्टार मुक्त समाज निमार्णका लागि संचार क्षेत्र पहिलो आधार भएको बताए । संचार क्षेत्रले आफ्नो विश्वनियतालाई कामय गर्दै सत्य तथ्य समचार सम्प्रेषणमा ध्यान दिनु पर्ने सुझाब दिए ।


भने, कर्णाली पोष्ट दैनिकका प्रमुख संल्लाहकार तथा समाज सेबी नरी दमाईले मिडिया क्षेत्रमा लगानी बिना समृद्धि सम्भव नभएको बताए । विगत लामो समय देखि भारतमा बस्दै आएका उनले, जुम्ला समृद्धिका लागि पनि कर्णाली पोष्ट दैनिकको जन्म भएको उल्लेख गरे ।
मानिस खान भन्दा सुचना नपाएर मर्छ, सबै सुचनाको पहुँचमा पुग्नु पर्छ । भन्ने सोचका साथ कर्णाली पोष्ट दैनिक पत्रिकाको जुम्लामा उन्नयन भएको बताए । पत्रिका बिमोचन कार्यक्रमको समापनमा बोल्दै कर्णाली पोष्ट दैनिकका प्रकाशक मानदत्त रावलले विकास र ग्रामिण क्षेत्रमा लुकेका दुखहरुलाई शब्द मार्फत बाहिर ल्याउने प्रयास जारी रहने बताए ।


छोटो समयमै कमाएको लोकप्रियतलाई आत्मसाथ गर्दै सबैको मन जित्न पनि सफ हुनेछौँ । उनले भने, यहाँको विद्युतको समस्या, मेसिनको समस्या, आबश्यक तालिमको समस्याले गर्दा जुम्लाको पत्रकारिताले समय अनुसार गति लिन नसकेको टिप्पणी गरे । मिडिया लगानी गर्न कन्जुसाई गर्नेको संख्या धेरै छ ।


देशको विषयमा चासो राख्नेहरु पनि धेरै छैनन् जसले मिडिया क्षेत्रमा लागनी खुम्चिदो छ । उनले थपे, यस्ता विभिन्न बाधा अड्चनका बीच पनि कर्णाली पोष्ट जन्म दियौँ । यसमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जुम्लाको विकास र समृद्धिका लागि कर्णाली पोष्ट दैनिक कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
मिडिया क्षेत्रमा लगानी बढाए र स्वच्छ निष्पक्ष भए समृद्धि हुने शंका नभएको संचारकर्मीहरुको भनाई थियो । कार्यक्रममा सहभागीहरुले संरक्षक नरी दमाईको प्रसंशा गरेका थिए । कर्मको शिलशिलामा भारतमा बसेपनि आफ्नो जन्भुमि प्रतिको माया र यहाँको विकासका लागि मिडियामा लगानी गरेको भन्दै प्रसंशा गरेका थिए ।


बिमोचन कार्यक्रमका अबसरमा कर्णाली पोष्ट दैनिकको प्रकाशनमा आर्थिक, भौतिक तथा बौद्धिक सहयोग गरेको प्रमुख सल्लाहकार नरी दमाई सम्मान प्रदान गरिएको थियो । भने, मायाको चिनो पनि दिइएको छ । साथै बुद्ध अपसेटका प्रोपाईटर कृष्ण बोहोरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जुम्ला स्थित सरोकारवाला निकाय, पत्रकार, गाउँपालिका स्तरका बुद्धिजीविहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस