
सोम गुरुङ, बाँके २१ बैशाख
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को आयोजनामा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत नेपालगन्जमा भएको सार्वजनिक तथा नीजि समूहको बैठकमा बोल्ने अधिकाशं वक्ताहरुले शिक्षाको गुणस्तर बढाउन सुधार योजना निर्माण गरि अनुगमनमा जोड दिनुु पर्ने बताएका थिए ।
परियोजना सन्चालनमा रहेको यस डुडुवा गाउँपालिकाको २ वटा मावि र १ आधारभुत सामुदायिक विद्यालय छनौट गरि नमुुना विद्यालय बनाउन र उक्त विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुुधार ल्याउन संयुुक्त रुपमा सुधार योजना समेत बनाइएको छ र यसै अनुसार अगाडि बढ्ने कार्यक्रममा उपस्थित सबैको सर्वसहमतिमा निर्णय गरिएको छ ।
सो बैठकमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले शिक्षामा सुधार ल्याउन सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिनु पर्ने बताउनु भयो । साथै सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानवअधिकार अधिकृत लक्ष्मी पौडेल, जिल्ला अदालत बार एसोसियसनका अध्यक्ष मोहम्मद अयुब सिद्धिकी, जिल्ला अदालत बार एसोसियसनका पूर्व अध्यक्ष उदयराज बर्मा,इन्सेकका सरस्वती मल्ल, जिल्ला जनस्वास्थ्य कार्यालयका नायब सुब्वा बेदेश्वर गौतम, उच्च अदालत बार एसोशियसन, नेपालगन्जका अध्यक्ष बल बहादुर चन्द, थर्ड एलाइन्सका क्षेत्रीय संयोजक आलम खान, नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य रमारानी वैश्य, बालअधिकारकर्मी साहिल अन्सारी, जिल्ला बाल क्लब सन्जालका अध्यक्ष श्वेता गुरुङ, आरटिआई अभियान्ता शैलेन्द्र कुमार वैश्य लगायतले शिक्षाको समस्या बारे आ–आफनो विचार राखेका थिए । साथै नेपाल शिक्षक संघका विरेन्द्र यादवले आ–आफनो विचार राखेका थिए ।
बाँके जिल्लामा शिक्षामा आमुल परिवर्तन गर्नको लागि अभिभावकहरु स्वयं सर्व प्रथम सचेत हुुनुु पर्ने र सचेत नागरिकको भुुमिका निभाउनुु पर्नेमा जोड दिएका थिए । यस कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।