गायिका ज्योती मगरलाई संस्कृतिको जगेर्ना गर्न गुन्यु चोली उपहार


जुम्ला ः चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले चर्चित गायिका तथा मोडल ज्योति मगरलाई परम्परा झल्कने र संस्कृति जगेर्ना गर्न गुन्यु चोली उपहार दिएकी छन् । गत बैशाख १३ गते सचालन भईरहेको प्रादेशिक औद्योगीक व्यापार मेलामा आफ्नो प्रस्तृति प्रर्दशन गर्न आएकी गायिका मगरलाई शुक्रबार उनको छाडा प्रस्तृति देखेपछि मेयर सेजुवालले गुन्यु चोली उपहार दिएकी हुन् ।


गायिका तथा मोडेल ज्योति मागरलाई गुन्यु चोली उपहार दिदै मेयर कान्तिका सेजुवालले ज्योतिलाई सामाजिक सदभाव फैलाउन प्रेरणा मिलोस भनि उक्त उपहार दिएको बताईन् । मेयर सेजुवालले ज्योतिको कलाकारिताको म कदर गर्छु, तर उनको छाडा पहिरन प्रस्तुति समाजमा अलि पाच्य नहुने र अलि अस्लिलता फैलाउने खाले हुने गर्दै आएको छ । त्यसैले जुम्ला आएको बेला ज्योतिलाई महिलाको पहिचान झल्किने जुम्लाका महिलाहरुको प्रमुख पहिरनको रुपमा रहेको गुन्यु चोली उपहार दिएको उनले बताईन् ।

मेयर सेजुवालले आगामी दिनमा कलाकारिताको नाममा अश्लिलता फैलाउने भन्दा पनि महिलाका वेदना, दुःख समेटिएका गित गाउन तथा प्रस्तुति प्रर्दशन गर्न सुझाव दिईन् ।
उपहार ग्रहण गर्दै गायिका तथा मोडेल ज्योति मागरले मेयर सेजुवालको उपहारले नारीले नै नारीलाई दमन गरेको प्रतिक्रिया दिईन् । उनले भनिन् मान्छे स्वतन्त्र छ आफुले रुचाएको पहिरन लगाउन पाउनु पर्छ । अहिलेको जमना त्यो बेलाको बाजेको पालाको जवाना होइन यस्तो उपहारले आफुलाई अपमान गरेको प्रतिक्रिया दिईन् । उनले भनिन् यो भन्दा अघि नायक निकिल उप्रेती पनि आएका थिए उनीहरुलाई पनि दौरासुवाल दिनुपर्ने हो ।
एउटा नारीले नारीको सम्मान गर्न नसक्दा समाजमा महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्ने गरेको समेत पनि गायिका मगरको भनाई छ ।

गायिका तथा मोडेल ज्योति मागरले विगतमा छोटो पहिरनले कुनै फरक पादैन मान्छेको सोच सकारात्मक हुन आवश्यक छ उनले मेयर सेजुवाललाई भनिन् मेयर ज्यू मान्छेका सोच सकारात्मक तिर बदल्न प्रयत्न गर्नु होला ।

तपाईको प्रतिक्रिया