मुगुका आगलागी पिडितलाई लाखौको राहत सामाग्री- सहयोगमा जुटे गैसस

मुगु । जिल्लाको कार्मारोङ्ग गाउँ पालिका वडा न ४ किम्री गाउका आगलागी पिडितलाई लाखौको राहात सामाग्री बितरण गरीने भएको छ । गएको बिहिबार किम्री गाँउमा आगलागी हुँदा १९ घरधुरी जलेर नष्ट भएका थिए । आगलागी पछि बस्ति नै घरवार बिहिन भएको छ । आगलागीबाट बिम्री गाँउमा करिब दुई करोड बढिको धनमाल क्षति भएको थियो । १९ घर जलेर नष्ट हुँदा १ सय १२ जना परिवार बिचल्लीमा परेका छन ।


आगलागीपछि गाँउमा महामारी फैलनसक्ने सम्भावना बढेपछि त्यहाका सरकारी तथा गैर सरकारी संस्थाहरु तत्काल राहात तथा उद्धार कार्यमा जुटेका छन् । पिडितको समस्यालाई मध्यनजर गर्दै हिरिसडेक मुगुले सरसफाइ सामाग्रीहरु बितरण गरेको संस्थाका सन्जु तिमल्सिनाले बताईन् । उनका अनुसार साबुन, मन्जन, ब्रश, टाबेल, प्याड, नङकाट, पानी पिउनका लागि २० थान बाल्तिन, जग लगाएतका आवाश्यक सामाग्रिहरु सबै परिवारलाई पुग्ने गरि प्रति घरधुरी अनुसार २० प्याकेट सरसफाइ सामाग्री जिल्ला प्रशासन कार्यालय मार्फत समुदायलाई हस्तान्तरण गरीएको हो ।

साथै जिल्ला दैबि प्रकोप उदार समितीले प्रति घर १० हजारका दरले राहात स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आगलागि पिडितका लागि १० कुन्टल खाद्यान्न पनि उपलब्ध गराईने भएकोा छ । जसका लागि प्रशासनको टोली सदरमुकाम गमगढीबाट सामाग्रि बोकेर शनिबारनै हिडीसकेको छ ।

गृहमन्त्रालय र कर्णाली प्रदेश सरकारबाट राहात सामाग्रि प्राप्त भएको हो । त्यस्तै मुगु उद्योग बाणिज्य संघले राहात स्वरुप विभिन्न ब्यक्ति तथा निकायबाट संकलन गरेको ८७ हजार ३ सय ५५ रुपैया नगद र नेपाल रेडक्रस शाखा मुगुले बितरण गर्ने भनिएको अन्य राहात सामाग्रिहरु नेपालि सेनाको हेलिप्याटबाट लिएर किम्री गाउका आगलागी पिडितलाई बितरण गर्ने तयारी भैरहेको छ ।

भुपेस उपाध्याय र सन्जु तिमल्सिनाको सहयोगमा तयार पारीएको रिपोर्ट ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस