सम्पादकलाई सलाम


काठमान्डौ ः कोही पाठकले मेरा किताबमा भेटिएका, आपूmलाई घत परेका कुुनै वाक्य फेसबुुक वा ट्विटरमा उद्धृत गर्दा वा मुुखले सुुनाउँदा मेरो अनुुहार रातो हुुन्छ ।

कसैले लेखेका लेख÷कविता÷गीत÷किताबका सबै वाक्य घतलाग्दा हुुँदैनन्। सामान्य खालका (कहिलेकाहीँ त निरस र भद्दा) वाक्यका बीचमा अलि घतलाग्दो एउटा वाक्य भेट्टाउँदा पाठक दंग पर्छन् र अर्काे त्यस्तै वाक्य पढ्न पाउने आश गरेर रचना पढ्छन्, गीत सुुन्छन्। उनीहरूको धैर्य टुुटिनसक्दै अर्काे घतलाग्दो वाक्य भेटियो भने उनीहरू पढ्न÷सुुन्न छाड्दैनन्। केही राम्रा वाक्यका लोभले बाँकी औसत वाक्य पढ्दै जान्छन्। अन्त्यमा उनीहरूले यसो पनि भन्न सक्छन्, राम्रै पो लेखेछ।

विचरा पाठक !

पाठक ठगिने क्रम यत्तिमै टुुंगिँदैन। उनीहरूलाई लाग्छ, आपूmलाई घत परेका सबै वाक्य लेखकका सिर्जना हुुन् ! हो, उनीहरूलाई मन परेकामध्ये धेरै वाक्य लेखकले नै लेखेको हुुन सक्छ, तर तीमध्ये केही वाक्यका जुुन बान्कीले पाठकलाई लोभ्याएको हो, तिनलाई त्यस बान्कीमा ढाल्न लेखकको मात्रै बलबुुताले काम नगरेको हुुन सक्छ। यस काममा लेखकलाई सम्पादकले सहयोग गरेको हुुन सक्छ। त्यसो गर्नुुपर्छ भनेर सम्पादकले लेखकका आँखा खोलिदिएको हुुन सक्छ।

गीत, कविता र लेखका हकमा यो कुुरा लागू होला÷नहोला म भन्न सक्दिनँ तर सिंगो किताबका हकमा यसो हुुन सक्छ।

यहाँ म सम्पादकले लेखकको लेखाइलाई कसरी टल्काइदिन सक्छ भन्ने बारेमा चर्चा गर्छुु। यो चर्चा मेरा किताब ‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुुग’ र ‘देखेको देशमा’ सम्पादक शरच्चन्द्र वस्तीले जे जस्तो भूमिका खेल्नुुभयो त्यसमा आधारित छ।

‘उपल्लो थलो’को एउटा पाठको सुुरुमा मैले लेखेको थिएँ, ‘साम्दो, गोरखाको सबैभन्दा उत्तरको गाउँ।’

मलाई लागेको थियो, यति लेख्दा पाठकलाई म गोरखाको साम्दो गाउँ पुु¥याउन सक्छुु। तर मेरा सम्पादकलाई लाग्यो— होइन, यति लेखाइका भरमा पाठक लेखकले उसलाई जहाँ पुु¥याउन खोजेको हो त्यहाँ पुुग्दैन।

हो, मैले पाठकलाई हिमालपारिको साम्दो गाउँ पुु¥याउन खोजेको थिएँ। मलाई त्यसो गरेजस्तो लागेको पनि थियो। माथिको वाक्यका भरमा मैले पाठकलाई साम्दो गाउँ त पुु¥याउन सकेको रहेछुु तर हिमालपारि पुु¥याएको अनुुभूति पाठकलाई दिएको रहेनछुु। मैले यो कुुरा छर्लंग पारेर भनेको रहेनछुु। सम्पादकले सम्पादन गरेपछि यो वाक्य यस्तो हुुन गयो, ‘साम्दो, गोरखाको सबैभन्दा उत्तरको गाउँ, जहाँबाट हिमाल दक्षिणतिर पथ्र्याे।’

यो वाक्य लेखेको जस पाउँदा मेरो मुुख कसरी रातो नहोस् त !

यहाँ पाठकलाई लाग्न सक्ला, यसले आपूmले त राम्रा वाक्य लेखेकै रहेनछ। त्यसो होइन। सम्पादन गर्ने क्रममा केही वाक्यका छेउमा सम्पादकले कतै ‘आहा !’, कतै ‘मीठो !’ लेख्नुुभएको छ। कतै एउटा पूरै अनुुच्छेद चिह्न लगाएर लेख्नुुभएको छ, ‘धेरै राम्रो !’

उहाँले प्रशंसा गर्नुु भएको एउटा प्रसंग यस्तो छ स्

‘दाइ, डोको किन्न पाइएला ? ’ मैले सोधेँ।

‘घर कहाँ हो ? ’ उसले जवाफ दियो।

माथिका वाक्यमा जवाफ शब्दको मुुनि धर्काे तानेर त्यसको छेउमा सम्पादकले ‘आहा !’ लेख्नुुभएको थियो। केही पाठकले पनि यहाँ ‘जवाफ’ शब्दको प्रयोग मन पराइदिनुुभयो। सम्पादक वस्तीले जस्तै गरी।

सम्पादन गर्दा यसो नगरे पनि हुुनेथियो। सम्पादकले मन नथामिएर त यस्तो लेख्नुुभएको होला !

लेखन, पुुनःलेखनको चक्कर र अन्योलमा परेका बेला सम्पादकले लेखेका यस्ता शब्दले मेरो मनलाई शीतल पारेको थियो। मेरो मनमा ऊर्जा थपेको थियो, जसका बलमा मैले किताबका बाँकी काम सकेको थिएँ। एक ठाउँमा अघिल्लो वाक्यमा ‘साहुुका छोरा’ लेखेछुु। अनि पछिल्लोमा चाहिँ ‘साहुुनीका छोरा’। मैले जेन्डर मिलाउन यसो गरेको थिइनँ। सम्पादकले मलाई यसमा सतर्क गराउनुुभयो। जे लेखे पनि एउटै लेख भन्नुुभयो।

यसले माथिको जति टड्कारोसँग गुुणस्तर बढाएको छैन तर यस्ता दोष बाक्लै भएका पाठ पढ्नुु पर्दा झर्काे लाग्छ। त्यसैले यस्ता स–साना दोष हटाउँदा पनि समग्रमा लेखन राम्रो हुुन्छ।

कहिले लेख्दै जाँदा नचाहिने कुुरा लेखिँदो रहेछ। अथवा लेखकले लेखेका केही शब्द÷वाक्य हटाइदिँदा पनि केही परक पर्दैन। थप अर्थ नबुुझाउने, मिठास पनि नथप्ने शब्द र वाक्यको बोझ पाठकलाई बोकाउनुु भनेको उसलाई चाँडै थकाउनुु हो। मैले पाण्डुुलिपिमा त्यसै गरेको थिएँ। यस्ता ठाउँमा सम्पादकले लेख्नुुभएको छ, ‘यो नराख्दा पनि फरक नपर्ला !, …यहाँ यो नभने पनि होला ! …यो अघिल्लै खण्डमा गइसकेको छ …यति तन्काइरहन नपर्ला’, आदि।

खासमा सम्पादकले भन्नुुपर्ने त ‘यो हटा’ हो। तर लेखकको अहंकार हुुन्छ नि, त्यसमा चोट नपुुगोस् भनेर होला, उहाँले कहिल्यै त्यसो भन्नुुभएन। उहाँको यही सल्लाहले गर्दा मैले ७४ हजार जति शब्दको एउटा किताबको पाण्डुुलिपिबाट डेढ हजार जति शब्द घटाएँ।

मानौं, मेरो एउटा किताब पाँच हजार प्रति छापिन्थ्यो। यी डेढ हजार शब्द नफालेको भए प्रकाशकले ७५ लाखवटा अनावश्यक शब्द छाप्नुुपथ्र्याे ! एउटा किताब दुुई जनाले पढ्छन् भन्ने अनुुमान गर्दा के भन्न सकिन्छ भने मैले पाण्डुुलिपिबाट डेढ हजार शब्द नघटाएको भए पाठकले एक करोड ५० लाख वटा अनावश्यक शब्द पढ्नुुपथ्र्याे !

भनिन्छ, लेखाइमा नचाहिने शब्द पर्नुु हुुँदैन र शब्द नपुुग हुुनुु पनि हुुँदैन। त्यसैले, कति ठाउँमा शब्द÷वाक्य हटा भन्ने सम्पादकले कति ठाउँमा शब्द÷वाक्य थप भन्नुुभयो।

‘यस उमेरमा भर्खर तीन कक्षा मात्र पढ्नुु राम्रो विद्यार्थीको लक्षण होइन’, मैले लेखेको रहेछुु। सम्पादकले पाठकका तर्पmबाट मलाई सोध्नुुभयो, ‘कुुन उमेर ? ’ त्यसपछि मलाई सम्झाउनुुभयो, उमेर खोल्न सक्दा राम्रो होला।

उहाँले मलाई यो कुुरा नसोधेको भए र मैले त्यसको जवाफ किताबमा नदिएको भए पाठकले सोध्ने थिए तर उनीहरूले सोधेको प्रश्न मलाई थाहा हुुँदैनथ्यो, मैले जवाफ दिन सक्ने कुुरै हुुँदैनथ्यो। धन्न ! सम्पादक हुुनुुहुुन्थ्यो र मैले पाठकलाई नबताई नहुुने कुुरा बताउने मौका पाएँ।

एक ठाउँमा मैले एकजना मान्छेको नाम लिएर उनी ‘छक्क परे’ भनी लेखेको थिएँ। ‘किन छक्क ? ’ सम्पादकले मलाई सोध्नुुभयो। मैले उनी छक्क पर्नुुको कारण खुुलाएको रहेनछुु। यसो गर्नुु भनेको पाठकलाई चाहिने जानकारी नदिनुु हो। ‘उनी किन छक्क परे भन्ने मलाई थाहा छ, तर तिमीलाई यो कुुरा भन्दिनँ’ भनी पाठकलाई भन्नुु हो। लेखकले अलि धेरै ठाउँमा पाठकलाई यसो भन्यो भने पाठकले भन्छ रे, ‘त्यसो भए म पनि तेरो किताब पढ्दिनँ।’

यस्तो बिजोग लेखक र पाठक दुुवैका लागि प्रिय होइन। सम्पादकले ठाउँ ठाउँमा मलाई यस्तो बिजोग हुुनबाट जोगाउनुुभएको छ।

तालमेल नमिलेका ठाउँमा मिलाइदिने, लेखाइलाई रुचिकर, कसिलो र सिलसिलेवार बनाइदिने सम्पादकलाई लेखकले जति धन्यवाद दिए पनि कमै हुुन्छ।

‘अलि स्पष्ट पार्न सकिन्छ कि ? ’ केही ठाउँमा वस्ती सरले लेख्नुुभएको छ। कति ठाउँमा उहाँले यसो भनेपछि के कारणले स्पष्ट भएन भनी हेरेँ र त्यसलाई स्पष्ट पार्ने कोसिस गरेँ। अर्काे पटक लेख्दा यस्तो अस्पष्ट लेखन त्याग्न खोजेँ।

अर्काे ठाउँमा सम्पादकले भन्नुुभयो, के कामका लागि र कति दिनका लागि यो यात्रा गरिएको हो ? कहाँ पुुगेर फर्कनुु थियो ? थप के काम गर्ने भन्ने सोचाइ थियो ? आदि संक्षेपमा राखौं।

कतै उहाँले घटना भएको मिति लेख भन्नुुभयो।

कतै कतै सम्पादकले लेखाइ स्पष्ट पार्न सुुझाव दिनुुभयो। जस्तै स् (यत्ति लेखेका भरमा) कुुरा बुुझाउन गाह्रो होला जस्तो छ। झन्डै दुुई÷तीन किलोमिटर जति बाटोमा भन्ने हो कि ?

भाले भेडालाई थुुँबा भनेको सुुनेको थिएँ। आफूले सुुनेको शब्द अरूले पनि सुुनेका होलान् भन्ने ठानेँ। शब्दकोशले थुुमा भन्दो रहेछ। त्यसैले मैले थुुमा लेखेँ। गाईको भालेलाई गोरु भनेजस्तो प्रचलित शब्द होइन यो भनेर सम्पादकले मलाई सचेत गराउनुुभयो, ‘थुुमाको अर्थ नभनिदिए अबको पाठकले बुुझ्ला ? ’

थुुमा शब्द फाल्न मन लागेन। त्यसैले त्यस वाक्यमा ‘भाले भेडा’ थपेँ। यसो गर्दा थुुमाको अर्थ नबुुझ्ने पाठकले अलमलिनुु परेन। बरु नयाँ शब्द पनि जाने उनीहरूले।

कहिलेकाहीँ भने सम्पादकले थप भनेका ठाउँमा थपिनँ। जस्तै, गोरखाको फिलिम नामको गाउँका बारेमा सम्पादकले भन्नुुभएको थियो, फिलिम नाम अनौठो लाग्छ। किन यो नाम रह्यो भन्नेबारे केही भन्न सकियो भने रोचक होला।

पक्कै पनि ! तर मैले यो जानकारी थपिनँ, किनभने यो कुुरा मलाई नै थाहा थिएन। सम्पादकले औंल्याएपछि पनि मैले यो जानकारी खोजेँ तर अहिलेसम्म फेला परेको छैन।

लेख्ने बेलामा मैले एक ठाउँमा राख्नुुपर्ने जानकारी अञ्जानमै विभिन्न ठाउँमा छरेको रहेछुु। यसो गर्नुु भनेको चित्रकारले मान्छेको अनुुहार बनाउँदा नाकको डाँडी एक ठाउँमा, दाहिने पोरा अर्काे ठाउँमा अनि देब्रे पोरा अझ अर्काे ठाउँमा राख्नुुजस्तै हो। मेरो लेखनमा कतैकतै यस्तो भेटेपछि सम्पादकले मलाई सजग गराउनुुभयो। जस्तै— एक ठाउँमा उहाँले लेख्नुुभएको छ, ‘पेज १६७ का तीन हरफका कुुरा पनि यहीँ राख्ने।’

उहाँका कुुरा सुुनेपछि मैले नसच्याएर धरै थिएन।

लेख्न रहर गर्ने मजस्ताले जे लेख्न आँटेको हो त्यही लेख्न सक्नुुपर्ने हो। मनले जे लेख्छुु भनेर सोचेको हुुन्छ, कागजमा त्यही कुुरा लेख्नुुपर्ने हो। तर, लेख्दै जाँदा चिप्लिइँदो रहेछ। यस्ता ठाउँमा सम्पादकले सतर्क गराउनुुभयो।

जस्तै— ‘जाँडरक्सी बेच्ने मात्र होइन, जाँड बनाउने घ्याम्पो र रक्सी बनाउने भाँडा पनि खोस्ने विचार गरेछ’ प्रहरीले गर्न आँटेका कामबारे मैले यस्तो लेखेको थिएँ। यसमा ‘विचार गरेछ’ले दुुईवटा काम (जाँडरक्सी बेच्ने र भाँडा खोस्ने) लाई जनाएछ अर्थात् प्रहरीले जाँडरक्सी बेच्ने विचार पनि गरेछ भन्ने अर्थ लाग्न गएको रहेछ। मैले लेख्न खोजेको कुुरा यो थिएन। सम्पादकले औंल्याएपछि यस वाक्यको अघिल्लो खण्ड यस्तो हुुन गयो, जाँडरक्सी बेच्न रोक लगाउने मात्र होइन…।

सम्पादनका क्रममा सम्पादक र लेखकबीच हुुने कुुराकानी सधैंभरि सच्याउनुुपर्ने, थप्नुुपर्ने, फाल्नुुपर्ने विषयमा मात्र हुुँदा रहेनछन्। आपूmले काम गरिरहेको भाषाका विशेषताका बारेमा पनि हुुँदा रहेछन्।

एउटा उदाहरण, नदी तर्नका लागि त्यसमा पुुल हालिन्छ। नदी तर्न हालिएको पुुल पनि तर्ने चलन छ, नेपाली भाषामा। भाषाको यस्तो विशेषता औंल्याउँदै सम्पादकले लेख्नुुभएको छ— खोला पनि तर्ने, पुुल पनि तर्ने, क्या रमाइलो !

सही शब्दले लेखनलाई बलियो बनाउँछ। शब्द छनोटमा मैले गरेका धेरै गल्ती सम्पादकले औंल्याइदिनुुभयो। है लेख्ने कि हगि अथवा हकि ? ‘लामो सोचविचार’ हुुनुुपर्ने ठाउँमा ‘पुुनर्विचार’ पो भएको छ कि। अधीर, अधैर्य, धैर्यहीन, हडबडेमध्ये कुुन सही हुुन्छ ? आदि।

कति ठाउँमा सम्पादकले ‘यो शब्द त्यति उपयुुक्त नहोला,’ भनेर अर्काे शब्द सुुझाइदिनुुभयो।

एउटा पुुस्तकका लेखकको नाम लिनुुपर्ने भयो। मैले उनको नाम अंग्रेजी भाषामा पढेको थिएँ। त्यसलाई मैले देवनागरीमा अनागरिक लेखेँ। खासमा त्यो अनागारिक रहेछ। सम्पादकले औंल्याइदिएकाले मैले सच्याउन पाएँ।

लेखनशैलीमा पनि मलाई सम्पादकले ठूलो गुुण लगाउनुुभयो। लेखन÷पुुनःलेखनका क्रममा मलाई ‘उपल्लो थलो’को दोस्रो खण्ड फ्ल्यासब्याक शैलीमा लेख्ने सुुर चढ्यो। पाँच हजार मिटर अग्लो ठाउँमा काल पर्खेर बसेको प्रसंगबाट सुुरु गरेँ र त्यस यात्राका अलिकति अघिल्ला घटनाक्रम राखेँ। फेरि काल पर्खेर बसेको प्रसंगमा लेखेँ र त्यसपछि पहिलेका केही घटना राखेँ। यस प्रकार दोस्रो खण्ड लेखिसकेर अर्काे एकजना साथीलाई देखाएँ। उनले यस्तो लेखिपठाए, फ्ल्यासब्याक शैली राम्रो हो। तर, पछिल्लो घटनाबाट अघिल्लो घटनामा अनि अघिल्लो घटनाबाट पछिल्लो घटनामा जाँदा भाँती पुु¥याउन सकिएन भने पाठक अल्मलिन्छन्। यात्रा संस्मरण, कथा, उपन्यास र फिल्म जुुनसुुकै विधामा पनि।

अर्काे साथीको यो जवाफ पाएपछि मलाई लाग्यो, फ्ल्यासब्याक शैलीमा लेख्ने मेरो तागत छैन। मैले नसक्ने काम गर्ने चेष्टा बेकारमा गरेछुु।

साथीको जवाफ पाउनुुभन्दा पहिले नै मैले यो खण्ड पनि सम्पादनका लागि दिइसकेको थिएँ। साथीको सल्लाह सुुनाएर सम्पादकलाई भनेँ, म फ्ल्यासब्याक शैली हटाएर तपाईंलाई पठाउँछुु। यो खण्ड अहिले सम्पादन नगरिदिनुुहोला।

‘त्यस्तो सल्लाह आएको हो भने त यसलाई फ्ल्यासब्याक शैलीमै भन्नुुपर्छ। चुुनौती आयो भनेर भाग्नुु हुुँदैन’, उहाँले भन्नुुभयो। पछिका घटनाबाट पहिलेका घटनामा अनि पहिलेका घटनाबाट पछिल्ला घटनामा जाँदा पाठक नअल्मलिने बनाउन उहाँले मेहनत गर्नुुभयो।

पहिलेको घटना बताएर पछिल्लो घटनामा जान उहाँले एक ठाउँमा अघिल्लो पाठको अन्त्यमा, यस्तो थप्न सुुझाव दिनुुभयो, ‘मेरो मन १२ दिनअघि बास बसेको त्यही ओडारमा पुुग्यो…।’

यसपछिको पाठमा ‘हामी बसेको ओडारबाट…’ भनेपछि पाठकलाई अब १२ दिन पहिलेको ओडारको कुुरा बताउन लागेछ भन्ने प्रस्ट भयो।

लेखाइका नियम सधैंभरि पालना गर्न राम्रो। कहिलेकाहीँ चाहिँ नियम तोड्दा झन् राम्रो ! यस्तै लागेर एउटा वाक्य लेखेँ, पीडाले छट्पटाउनुु नपर्ने मृत्युु मर्न पाइन्छ।

यो काम हास्यास्पद पो भयो कि भनेर धरमर लागेको थियो। सम्पादकको विचार बुुझेर सोहीअनुुसार गर्छुु भनेर पाण्डुुलिपिमा राखेँ।

सम्पादकले यसो भन्नुुभयो, ‘मृत्युु मर्ने, प्रयोग सामान्य अवस्थामा पुुनरुक्ति हो। यहाँचाहिँ राम्रै भएको छ।’ यसपछि म ढुुक्क भएँ।

सम्पादकले मेरो पाण्डुुलिपि सम्पादन गर्दा सच्याउनुुपर्ने कुुरा पाण्डुुलिपिकै छेउमा र छुुट्टै पानामा लेखिदिनुुभयो। साथमा सच्याउनुु पर्नाका कारण पनि। सम्पादनको काम सकेपछि मलाई भेटेर उहाँले लेखेका टिप्पणी, सल्लाह आदि बारेमा थप व्याख्या गर्नुुभयो। सम्पादनका क्रममा मैले उहाँसँग गरेको संगत ‘लेखन कसरी सुुधार्ने’ भन्ने विषयको उत्कृष्ट तालिम हुुन पुुग्यो मेरा लागि। उहाँले गर्नुुभएका टिप्पणी र दिनुुभएका सुुझाव भएका मेरा पुुस्तकका पाण्डुुलिपि ‘लेखन सुुधार्ने विधि’ सिकाउने म्यानुुअल भएका छन्, मेरा लागि।

यसरी छुुटेका कुुरा थप्न, गल्ती भएका ठाउँमा सच्याउन, उल्टो आशय भएका ठाउँमा सुुल्टाउन, दोहोरिएका कुुरा हटाउन लगाउने, तालमेल नमिलेका ठाउँमा मिलाइदिने, लेखाइलाई रुचिकर, कसिलो र सिलसिलेवार बनाइदिने सम्पादकलाई लेखकले जति धन्यवाद दिए पनि कमै हुुन्छ।

यस्तो काम गरेर सम्पादकले पाठकलाई पनि गुुन लगाएको ठहरिँदो हो !

तपाईको प्रतिक्रिया