कक्षा कोठामा पढाउन जान्छन् विव्यस अध्यक्ष

मानदत्त रावल, जुम्ला
चन्दननाथ नगपारिका ५ का ६७ बर्षीय कृष्णबहादुर रोकाया पूर्व शिक्षक हुन् । उनले २०४० साल देखि शिक्षण पेशा सुरु गरेका थिए । शिक्षण पेशको सुरुवातीमा चन्दननाथ मावि खलंगा हुदै २÷३ बर्ष अन्य अरु विद्यालयमा पनि अध्यायपन गराए । पछि उनले पुन उही पुरानै विद्यालय चन्दनाथ मावि खलंगामा लामो समय सम्म अध्ययपन गराए ।

२०७३ सालमा शिक्षक पेशाबाट शैक्षिक अवकास भएपछि आफुले नै अध्ययपन गराएको विद्यालय चन्दननाथ मावि खलंगामै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए । विद्यालय व्यवस्थापन समितिको पहिलो कार्यकाल सकिएपछि पुन अभिभावकहरुले रोकायालाई दोस्रो कार्यकालको विव्यस अध्यक्ष बनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकाया सधैँ विद्यालयमा विहान १० बजे हाजिर हुन्छन् । विद्यालयमा आएर शिक्षक आए नआएर रेखदेख गर्ने र सरसफाई देखि सवै कुराका व्यवस्थापनमा बेस्थ देखिन्छन् ।
विद्यालयमा कोही शिक्षक उपस्थित वा विदामा रहेको अवस्थामा विव्यस अध्यक्ष रोकायले सामाजिक, नैतिक जस्ता विषयहरु पनि पढाउने गरेका छन् । उनले भने उमेरका कारण शिक्षक पेशाबाट अवकास भएपनि अझै पनि मनले मान्दैन कक्षा कोठामा गएर पढाउन मन लाग्छ त्यसैले बाहिर त्यसै बस्नु भन्दा विद्यार्थीलाई पढाउने गरेको छु । शिक्षक विद्यार्थी मेहनति र अनुशासित भएका कारण राज्यले चन्दननाथ विद्यालय खलंगालाई नमुना विद्यालय रुपमा घोषणा गर्दा निकै खुशी भएको विव्यस अध्यक्ष रोकायले बताए ।
सामुदायिक विद्यालयमा पहिलो विद्युतीय हाजिरी जडान
जुम्लाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी चन्दननाथ नमुना माध्यामिक विद्यालय खलंगामा पहिलो पटक जडान गरिएको हो । सरकारी विद्यालयहरुमा हाजिर गर्ने परम्परागत शैली विस्तावित गर्दै गएको बैशाख महिलाबाट यो प्रणाली सुरु गरेको प्रधानाध्यापक टंक महतले बताए ।

चन्दननाथ नमुना मावि खलंगाका प्रधानाध्यापक महतले शिक्षकलाई विद्यालयमा नियमित, तोकेको समयमा शिक्षकलाई विद्यालयमा उपस्थित गराउनका लागि र सुचना प्रविधिको विकास गर्नका लागि विद्यालयमा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको बताए ।
जुम्लाका प्रावि, निमावि र मावि गरी एक सय ६९ वटा सामुदायिक विद्यालय मध्ये चन्दननाथ नगरपालिका स्थित चन्दनाथ नमुना मावि खलंगा र तातोपानी गाउँपालिका स्थित कालिका मावि टोप्लामा विद्युतीय हाजिरी सुरु गरिएको जिल्ला शिक्षा कार्यालय, जुम्लाका शाखा अधिकृत महेश देवकोटाले बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस