मानवअधिकार आधारभुत शिक्षा विषयक अन्तरक्रिया

जुम्ला ः राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय जुम्लाको आयोजनामा बैशाख २३ गते जुम्ला जिल्लाको सिंजा गाउँपालिका नराकोटमा शिक्षकहरुका लागि बालअधिकारका सवालमा मा.वि तथा आधारभूत विद्यालयका शिक्षक तथा शिक्षिकाहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकारको काम कर्तव्य र अधिकार, मानव अधिकारसम्बन्धी महासन्धी, बालअधिकार सम्बन्धी महासन्धीका बारेमा आयोगका कार्यालय प्रमुख रमेश कुमार थापाले सहजीकरण गरेका थिए भने विद्यालयको भौतिक संरचना लगायत भोग्नु परेको समस्या, चुनौतिहरु का साथै गुणस्तरिय शिक्षाको प्रर्वद्धन सम्बन्धमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस