पातारासी गाउँपालिकामा चार किलोमिटर सडकको सिलान्यास


जुम्ला ः कर्णाली राजमार्ग जुम्ला बजार, पातारासी गाउँपालिका हुदै डोल्पा जोड्ने उर्थुचौतार देखि ल्होर्प नान्नधारासम्मको ४ किलोमटिर ३ सय मिटर २० सेन्टीमिटर सडकको स्तरउन्नतीका लागि मंगलबार सिलान्यास गरिएको छ । उक्त सडकको सिलान्यास गाउँपालिकाका प्रमुख लछिमन बोहोरा र उप्रमुख पुन्नकली महताराले गरेका छन् । पहिलो खण्ड जिरो प्वाईट देखि २ हजार ५ सय मिटर र दोस्रो खण्ड २ हजार ५ सय देखि ४ हजार ३ सय २० मिटर सम्म गरी दुई वटा खण्डमा निर्माण कार्य सम्पन्न हुने गरी काम शुरु गरिएको पातारासी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले बताए । उनले भने पहिलो खण्ड चिरन्जीवी निर्माण सेवा कालिकोट र दोस्रो खण्ड शिवशक्ति निर्माण सेवा गुठीचौरसँग सम्झौता गरी काम शुरु भएको छ ।

गाउँपालिकाको एक करोड ४३ लाख ६१ हजार ५ सय ८१ रुपैया ८५ रुपैयाको ठेक्का पहिलो खण्डको ५१ लख ६५ हजार ३ सय २९ रुपैयामा भ्याट सहित चिरन्जीवी निर्माण सेवा कालिकोटसँग सम्झौता भएको र दोस्रो खण्डको ९५ लाख ७४ हजार ७ सय ३६ रुपैयाको ठेक्का ३५ लाख ५५ हजार ५ सय ६८ रुपैयामा शिवशक्ति निर्माण सेवा गुठीचौर सँग सम्झौता भएर निर्माण कार्य सुरु भएको पातारासी गाउँपालिकाले जनाएको छ । त्यसै गरी कर्णाली राजमार्गसँग जोड्ने जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकालाई जोड्ने पक्कीपुल निर्माणको काम तिव्र गतिमा भईरहेको छ । गाउँपालिकालाई सिधै कर्णाली राजमार्गसँग जोड्नका लागि उर्थुचौतारा पक्की पुलको निमार्ण कार्यलाई तिव्रता दिएको छ । गाउँपालिका भित्रका सबै वडाहरु सडक संजाल जोडिए पनि उर्थुको पक्की पुल वर्षौ देखि नबन्दा विगत देखि हालसम्म घण्टाँै पदैल हिड्ने, पिठ्युमा भारी बोक्नु पर्ने बाध्यता अब टर्ने भएको गाउँपालिकाका प्रमुख लछिमन बोहोराले बताए । कर्णाली राजमार्ग हुदै पातारासी गाउँपालिका, गडिगाउँ हुदै चोत्र, डोल्पासम्म जोडिने भएको छ । उनले भने उर्थुचौताराको पक्कीपुलको काम अन्तिम चरणमा छ अब साउन महिनाको पहिलो साता देखि कर्णाली राजमार्ग हुदै सिधै पातारासी गाउँपालिकाको गडीगाउँसम्म गाडी गुड्ने छ । स्थानीय सरकार आएपछि निमार्णका लागि ताकेता दिएपछि निमार्ण कार्य तीब्र गतिमा बढिरहेको गाउँपालिका प्रमुख बोहोराको भनाई रहेको छ । उनका अनुसार, पक्की पुल समयमै निमार्ण नहुँदा गाउँपालिकाले भारत सरकारबाट उपहार स्वरुप पाएको एम्बुलेन्सले पनि सबै वडामा सेवा दिन सकेको छैन् । पुल नभएकै कारण एम्बुलेन्सले पातारासी गाउँपालिाकाको पुर्वी क्षेत्र डिल्लीचौर, तल्फी, ल्होर्प, छुमचौर लगायतका गाउँबस्तीबाट सिधै विरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन सकिरहेको छैन । कर्णाली राजमार्गसँग जोड्ने पक्कीपुल नभएका कारण उत्पादित कृषि उपज सहजै बजारमा पुर्याउन नसकिएको कृषक दलबहादुर विष्टले बताए । उनले भने यहाँको कृषि उपज एक दिन भरी पैदल हिडेर पिठ्युमा भारी बोकेर बजार पुर्याउने गरिएको छ ।
पातारासी गाउँपलिकाका सबै वडामा लगभग सडक पुगिसकेको छ । स्थानीय तहले पहिलो प्रथामिकता नै सडक विस्तारमा दिएकोले प्राय ः वडाहरुमा सडक पुगेका छन्् । सडक पुगेर पनि सुलभ सेवा अझै नपाउनु पक्की पुल समयमै निमार्ण नहुनुको उपज हो । तर अब उर्थुचौताराको पक्की पुल निमार्ण सम्पन्न भई संचालनमा आएको खण्डमा पातारासी गाउँपालिका पनि चक्रपथमा जोडिदै छ । स्थानीय सरकारले प्रत्येक बस्तीमा सडक पुर्याएको छ । जुम्ला सदरमुकामबाट जाने, राजीकोट, बाङखोला, घोडेसिन, पेरे, लोर्पा, डिल्लीचौर, लासी, छुमचौर लगायतका बस्तीहरुमा स्थानीय तहले सडक निर्माण गरिसकेको छ ।

स्थानीय कृषि उत्पादनले बजार लैजान सहज
उर्थुमा निमार्ण हुदै गरेको पक्कीपुल सम्पन्न भई संचालनमा आए पातारासी क्षेत्रमा उत्पादन हुने स्याउ, सिमि तथा आलुले बजार पाउने त्यहाँका किसानहरुले अपेक्षा गरेका छन् । गाउँमा सडक भएपनि पुल नहुँदा खोला तरेर भारी लिन नसकिने किसान बताउन्छन् । पुल बनेको भया हामीलाई सहज हुने थियो आलु कृषक विमला बुढाले बताईन् । घरमा वर्षेनी १० क्वईन्ट भन्दा बढि आलु उत्पादन हुन्छ तर बजार लिने माध्यम छैन । बोकेर सम्भव हुदैन । केहि खाने, केहि कुहिएर जान्थ्यो । अब पुल बन्यो भने, गाउँमै उत्पादन गरिएको तरकारी खेती कृषि उपजहरु सजिलै बजारमा लिएर विक्री गर्न सकिने अर्का स्थानीय कृषक धनबहादुर बुढाले बताए । चाडै नै पुल निमार्ण सकिने खबर हुन्दा निकै खुशी लागेको उन बताए । धनबहादुर बुढा जस्तै पातारासी गाउँपालिकाका आम नागरिकलाई पुल अब चाडै सम्पन्न भई संचालनमा आउने खबर सुनेपछि खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया