द्धन्द्ध पीडितको कथा ः जवानीमा टोलटोल ः बुढेसकालमा होटल


जुम्ला । कनकासुन्दरी गाँउपालिका १ कि ३९ बर्षिया कोईली बुढाको दैनिकी होटलमा आउने ग्राहकहरुको सेवा गर्दै बित्छ । राम्रो सेवा गरेर ग्राहकहरुको मन जित्न सफल भएपछि उनले गाँउमै संचालन गरेको होटल पनि खुब्बै चल्छ । कोईलीले होटलमा सामान्य खाना, नास्ता मात्र पकाउछीन्, भने उनका श्रिमानले सबै काममा सघाउँछन् । जुम्लाको डाँफेलेक हुदै मुगु रारा जाने पर्यटकदेखि बटुवासम्म उनकै होटलमा बास गर्छन् ।

द्धोन्दकालमा विद्रोही पक्षबाट विस्तापित बनेको उनको परिवार अहिले गाँउमै खोलेको होटलबाट स्तापित भएको छ । २०५६ मा तत्कालीन विद्रोही पक्षले घरमा पालेका भेडा लुटेर खाईदिएपछि बाँकि रहेका २६ भेडा १३ सय ८४ का दरले ३६ हजारमा बेचेर गाँउ छोडेपछि उनको परिवार विस्तापित भएको थियो ।

‘द्धोन्दकालमा तत्कालीन विद्रोही पक्षले दिनु दुःख दिए, घरको सबै अन्नपात लुटेर हामिलाई जबरजस्ती माओबादी पनि बनाए, तर हामि भागेर सुर्खेतका टोल टोलमा लुकेर विस्तापित भई बसेका थियौ ।’ उनले भनिन्, ‘२०५६ बाट ०६३ सम्म करीब ७ बर्ष विस्तापित भई बस्दा ज्यान जोगाउनै मुस्कील भयो, आर्थिक कमाउन सकिएन, द्धोन्द्धको पिडा अहिले भोग्दैछौ ।’ उमेरमा विस्तापित भईबस्दा बस्दै दिन बिते, बुढेसकालमा होटल संचालन गरेर दुःख गर्नु परिरहेको छ ।’

उनका अनुसार राज्य पक्षलाई सहयोग गरेको आरोपमा तत्कालीन विद्रोही पक्षले दैनिक धम्की दिने, मनोमानि चन्दा माग्ने, पशुबस्तु लुट्ने जबरजस्तीकरणी गर्न खोज्ने जस्ता गैर क्रियाकलाप गर्ने गरेका थिए । ‘श्रिमान र मलाई कत्ति पटक कुटपिट गरे, ६ महिना र डेढ बर्षको छोरालाई काखि च्यापेर रातारात भागेर सुर्खेतगई बस्र्यौ, त्यँहापनि हामिलाई खोजेछन् तर भेटाएनन्, भेटाएको भए सायद हामिलाई मार्थेहोला ।’ उनले भनिन्, ‘कतिपय हामिलाई दुः ख दिने अपराधि द्धोन्दमा मरेछन्, भने कतिपय दुख दिने अपराधिहरु अहिलेपनि आँखा अगाडि हिडिरहेका छन्, तर केहि गर्न सकिएको छैन, किननि अब म सँग प्रमाणपनि छैन ।’

‘हामि भागेपछि गाँउको घरपनि भत्काई दिएछन्, देशमा शान्ती हुँदा बल्ल घर फर्किएपछि घरमा भएको सानोतिनो खेतियोग्य जमिन पनि दाई–भाईले बाँडेर खाएछन्, बचेको जग्गा रुख विरुवा उम्रेर बाँझै छ’ उनका ४५ बिर्षया श्रिमान देविलाल बुढाले भने, ‘घरको आर्थिक अवस्था नाजुक छ, खेतियोग्य जमिन छैन, तिन छोरा पढाउनुपर्छ, त्यसैले होटलको विकल्प पनि छैन । अहिले जेनतेन गाँउमा चारकोठे दुई तले घर लगाएत होटल संचालन गरेको हुँ ।’

अहिले उनको परिवारले होटल ब्यवसायबाट मासिक ३० हजार बढि शुद्ध आम्दानी गर्दै गएको छ । उनको परिवारले विस्तापित भएको ७ बर्षपछि घर फर्किदाँ शुरुमा घरखर्च चलाउन कसैसँग खानेकुरा त कसैसँग भाँडाकुडाँको जोहो गरेको थियो । यसरी द्धोन्दमा विस्तापित भएको उनको परिवारले अहिलेसम्म कुनै पनि निकायबाट राहात नपाएको गुनासो गरेको छ । उनले भने, ‘राहातका लागी कँहा के गर्नुपर्छ हामिलाई थाँहा छैन, जानेबुझेकाले पनि बताउदैनन् । यता जिल्ला शान्ति समितिको कार्यालयमा भने, उनको परिवार द्धोन्द्धमा विस्तापित भएको उजुरी परेको छैन ।

नन्दराम जैशीले तयार पार्नुभएको रिपोर्ट ।

तपाईको प्रतिक्रिया