स्थानीय तहका जनप्रतिनिधिलाई मानवअधिकार शिक्षा


जुम्ला ः स्थानीय तहका जनप्रतिनिधिलाई मानवअधिकार शिक्षा प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय जुम्लाको आयोजनामा मानवअधिकार र सुशासन सम्वन्धी सचेतना अभिबृद्धि गरी स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई मानव अधिकारमैत्री र छिटो छरितो सेवा प्रवाहमा टेवा पु¥याउने उद्देश्यले अभिमुखिकरण गरी मानवअधिकार शिक्षा प्रदान गरिएको हो ।

तिला गाउँपालिका जनप्रतिनिधिलाई आधारभूत मानवअधिकार अभिमूखिकरण कार्यक्रम गरी आधारभुत मानवअधिकार शिक्षा प्रदान गरिएको राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय जुम्लाका कार्यालय प्रमुख रमेश कुमार थापाले बताए । राष्ट्रिय मानव अधिकार आयोगको भूमिका, मानव अधिकारका आधारभूत मूल्य र मान्यता, मानव अधिकार सम्वद्र्धन र संरक्षणमा जनप्रतिनिधिहरुको भूमिका, मानव अधिकार र शुसासन सम्बन्धी विषयमा बुधबार अभिमुखिकरण गरिएको उनले बताए ।
आयोगले जिल्लाको विभिन्न गाउँपालिकामा आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको अवस्थाको अनुगमनको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुका लागि उक्त अभिमूखिकरण गर्दै आएको छ । संघीय संरचना संक्रमणकालमा भएकाले मानवअधिकार र शुसासनका बारेमा आफुहरुलाई जानकारी प्राप्त भएको आगामी दिनमा पनि मानवअधिकार शिक्षा सम्वन्धी सचेतना गर्ने खालका कार्यक्रमको आयोजना गर्नुपर्ने सहभागी जनप्रतिनिधिहरुको धारणा रहेको थियो ।
उक्त अभिमूखिकरण कार्यक्रममा तिला गाउँपालिकाका उपाध्यक्ष सहित ९ वटै वडाका वडाध्यक्ष, सदस्य र कार्यपालिका सदस्य गरी ४५ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया