पातारासी गाउँपालिका पुर्वयोजना तर्जमा गोष्ठी सम्पन्न

जुम्ला ः पातारासती गाउँपालिका पुर्वयोजना तर्जुमा गोष्ठी शनिबार पालिकाको सभाहलमा सम्पन्न भएको छ । पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराको अध्यक्षतामा संचालन भएको पुर्वयोजना तर्जमा गोष्ठी प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले गोष्ठीको सहजीकरण गरेका थिए ।


आगामी आर्थिक बर्ष २०७५÷०७६ का योजना तथा बजेटका विषयमा पुर्वयोजना तर्जुमा गोष्ठीमा छलफल गरिएको थियो । पातारासी गाउँपालिकाको जेठ १० गते देखि १३ गतेसम्म वडा स्तरीय योजना तर्जमा गोष्ठी हुने भएको छ भने जेठ १८ गते देखि २३ गते सम्म विषयगत योजना तर्जमा गोष्ठी हुने भएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले बताए ।
त्यसैगरी जेठ २८ गते देखि असार १ गतेसम्म गाउँ सभा हुने पातारासी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस