नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’

भूमिराज पिठातोली

नयाँ बानेश्वर, काठमाडौं । केही समय अगाडी काठमाडौंको सिनामंगलमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने निकाय नेपाल स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा भयो । साधारण सभा सुरु हुनुभन्दा अघिल्लो दिन नै सबैलाई पत्राचार भैसकेको थियो । सबै निकायलाई पत्राचार गर्दा उपस्थितिका लागि पछिल्लो दिन बिहान ठिक आठ बजे आमन्त्रण गरिएको थियो । पछिल्लो दिन आमन्त्रित गरिएका अरु निकायभन्दा पनि आठ बजे आयोजक संस्था पनि उपस्थित भएको थिएन ।

‘आफ्नो अरु काम पनि छ, आठ बजे नै बोलाएको कार्यक्रममा पौने आठ बजे नै उपस्थित हुनुपर्छ’ भन्दै पत्रकार चिरञ्जीबी न्यौपाने कार्यक्रम स्थल पुगे तर त्यो कार्यक्रम स्थलमा अघिल्लै दिन बनाएको मञ्च बाहेक अरु केही थिएन । आयोजना स्वास्थ्य व्यवसायी महासंघको कार्यालयमा नै सुरु हुने भनिएको थियो तर, आठ बजे आयोजककै कार्यालय खोलिएको थिएन । त्यसपछि पत्रकार न्यौपाने फर्किए । खाजा खाएर एक घण्टापछि कार्यक्रम आयोजना स्थलमा आए, त्यहाँ चार पाँच जना मात्र उपस्थित थिए ।

यसरी बिस्तारै सबैजना आउँदा १० बजे कार्यक्रम सुरु भयो । सबैले यति ढिलो किन भयो भन्ने प्रश्नको उत्तरमा सबैको एउटै उत्तर थियो । ‘नेपाली समय त हो । ढिला त भैहाल्छ नी ।’

त्यस्तै गत बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता घोषणासभा भयो । जसमा तीन बजे नै सुरु हुने भनिएको घोषणा कार्यक्रमले तीन घण्टा नाघेर ६ बजे मात्र सुरु भयो । त्यहाँ पनि ‘नेपाली समय’ कै उपमा दिएकोले ढिलाई भएको थियो ।
नेपालीहरुले नेपाली समय भनेर अपहेलना गर्नु भनेको समयप्रतिको संस्कार गिराउनु जस्तै हो । नेपाल निर्माणमा पुस्तौं समय लाग्ने पनि समयलाई लत्याएर नै हो । नेपालमा कुनै सामुदायिक विद्यालय, निजी विद्यालय र परीक्षा भन्दा अरु कुनै निकायमा पनि तोकिएको निश्चित समयमा सञ्चालन हुँदैन ।

जय भोली निबन्धका निबन्धकार भैरव अर्यालले भोलीवादलाई पनि यसरी नै बिश्लेषण गरेका थिए । नेपालीहरुमा पनि भोलीवादको सट्टा ढिलोवाद भइरहेको छ । ढिलाईको दोष पनि एकले अर्कैलाई दिदैमा बस्ने गर्छ हाम्रो नेपाली समाज ।

विश्वमा ठूल्ठूला बिकसित देशहरु समयकै सदुपयोगले बिकसित भएका हुन । ती देशका नागरिकहरुलाई बस्ने फुर्सद नै छैन । गफ गर्ने फुर्सद नै छैन । कुनैपनि नागरिक आफ्नो शक्तिले भ्याएसम्म जन्मिएदेखि मरुञ्जेलसम्म काम गरिरहेका हुन्छन । त्यसरी नै विकास भएको हो । उनीहरुको सोचाइ नै फरक हुन्छ नेपालीको भन्दा । उनीहरु आफू जन्मिएको राष्ट्र निर्माणका लागि सोच्ने गर्छन । त्यसैले बाचुञ्जेल राष्ट्रलाई माथि उकास्न मद्दत गरिरहेका हुन्छन भने नेपालीहरु सोच्छन की हामी बाँचेको खानकै लागि, मोजमस्ती गर्नकै लागि हौं भन्ने सोच्ने गर्छन ।
हामी उदाहरणका लागि इजरायल देशलाई लिन सक्छौं ।

आज भन्दा ४० बर्ष अगाडी नेपालकै दाँजोमा पनि तुलना गर्नै नमिल्ने अवस्थामा थियो । पुरै खडेरी (मरुभूमि) थियो । अविकसित देशको रुपमा चिनिने गथ्र्यो । अल्पविकसित र विकसित राष्ट्रहरुले सहयोग गर्थे भने ४० वर्षमा विदेशी कामदार भित्र्याउन थालिसक्यो । जसमा हजारौं नेपाली युवा कामदारहरुलाई आवेदन गर्नका लागि आब्ह्वान गरिरहेको छ ।

विकसित, अल्पविकसित र अविकसित राष्ट्रहरु भगवानले बनाएका होइनन । मान्छेले संघर्ष गरेर नै बनाएका हुन । ‘अल्छी गर्नेले कहिल्यै प्रगति गर्न सक्दैन । प्रगति नगर्दा देश कहिल्यै विकसित हुँदैन । विकसित नहुँदा सधैं सरणमा पर्नुपर्छ ।’ यो हाम्रो नेपालको तीतो यथार्थ हो । विकासमा अबरोधको ठेस एउटा महत्वपूर्ण कारण मध्यको एक हो ‘समय’ । समय अनुसार चल्न नसक्दा पछाडि परिन्छ । जो हालको देशको अवस्था छ ।

‘जसले समय अनुसार नै काम गर्दै जान्छ । उसले सधैं प्रगतिको ढोका खोल्दै जान्छ ।’ यो एउटा अमेरिकी बैज्ञानिकको भनाइ । हुन पनि यथार्थ हो । समयसंगै चल्नु भनेको परिवर्तन तथा नयाँ योजना अनुसार पूर्ण रुपमा सक्षम हुनु हो ।

नेपालमा समयको पालना गर्नेहरु विश्व सूचिमा परेका छन । गिनिच बुकमा नाम लेखाउन सफल भएका छन । विश्वका चर्चित व्यक्तित्वको सूचीमा परेका छन । त्यो सानो संघर्षले होइन । संघर्ष गर्न नै समयको सदुपयोग गर्नाले भएको हो । ‘एक तिर योजना, एकतिर सोच, एकतिर भोलीवादी (अल्छी), एकतिर सपना ।’ यो भनेको पछाडि धकेलिने अवस्था हो ।

औसत अनुपातमा भन्दा नेपालका नागरिकले चौबिस घण्टामा पुग नपुग ८ घण्टा काम गर्छन । जो विदेशीले गर्ने कामको १० घण्टा कम हो । ८ घण्टा काम गर्दा र १८ घण्टा काम गर्दामा कति फरक हुन्छ ? जसरी नेपालमा ४० वर्ष एउटै देशको तुलनामा पछाडि परेको छ । दिनरात काम गर्दा त ढिलाइ भएको महसुस गर्ने विदेशीको नजरमा फेरी नेपाल र नेपालीप्रतिको सुस्ताइले घृणा गर्नु पनि स्वभाबिक हो । आज गर्ने काम भोली गर्नु, भोली गर्ने काम पर्सिसम्म जाँदा कतिसम्म असर हुन्छ ? त्यो परिवर्तीत मौसमले देखाउँछ ।

देशको राजधानी काठमाडौं, जहाँ भोलीवादी संस्कार र नेपाली समयप्रतिको संकोचले देश नै खोक्रो देखाएको छ । एकातिर काम गर्न नसकेर ढिलाइ हुनु त अर्को्तिर विदेशीको बेज्जत सहनु र दबाबमा पर्नु हेलचक्¥याँइ र ढिलासुस्तीले हो । यसरी नै सुस्ताउँदै जाने हो भने एकदिन स्वतन्त्र मुलुकको खोक्रो पहिचान हुनेछ नेपाल, सुक्नेछन नेपालीहरु ।

नेपालमा नेतृत्वधारीहरुको कारणले ०७२ को भूकम्पको बेला विदेशीले मानबताप्रति देखाएको सद्भाबले गरेको सहयोग नै बिमानस्थलमै कुहियो । पीडित नागरिकहरु भोकले मर्नु प¥यो । राजनीति खिचातानी र दलाली संसदीय प्रबृतिले विदेशीको कति ठूलो अपमान सहनुप¥यो की आम सच्चा नागरिकलाई सद्भाबको सेतू नै मेटिने डर भयो । यसरी सत्तामा बस्नेले ‘समयको बेवास्ता गर्ने’ र ‘हाम्रालाई’ भनेकै कारण यो अवस्था सृजना भएको हो ।

नेपालमा सर्बसाधारण नागरिकदेखि राष्ट्रप्रमुखसम्म कसैले पनि समयको पालना गर्न सकेका छैनन् । जिल्ला स्तरमा हुने ढिलासुस्ती भन्दा राजधानीमा सरोकारवालाहरुले नै बढी समयको दुरुपयोग गर्दा नेपालप्रति विकसित राष्ट्रहरुको बिश्वास गुम्दै गएको छ ।

संबिधान लेख्नेहरुले नै नियम मिच्छन भने अरुको के कुरा गर्नु । नेपालमा सरकारी विद्यालय तथा केही सरकारी कार्यालय र निजी शिक्षण संस्थाहरुले मात्र समयलाई बुझेका छन जस्तो लाग्छ । ती निकायहरु राष्ट्रकै नमुना बन्दै गएका छन । जुन मन्त्रीले समय अनुसार नै राम्रो काम गर्छ भने त्यसको नाम सर्बदा शिखरमा पुग्छ । त्यसको कार्यकाल र त्यसको मन्त्रालय अन्र्तगतका निकायहरु नै चम्किन्छन । त्यस्तै जुन विद्यालयले समयसंगै शिक्षा दौडाउँछ र समयको ख्याल नगर्ने शिक्षक विद्यार्थीलाई कार्बाही गर्छ भने त्यो शिक्षण संस्था ‘नमुना’ बन्छ ।
आफू सत्तामा पुग्नको लागि दिन रात खट्ने र सत्तामा पुगेपछि सुस्ताउने गर्दा नेपालमा राजनीति गर्नेहरुमाथि औंला ठडिदै आएको छ । जब जनताका माझमै बस्दा केही काम त समय मै गर्नु पर्छ है भन्ने भावना भएका नेताहरु आफ्नै स्वार्थका लागि लबिङ्ग गरिरहेका भेटिन्छन । सत्तामा बस्नेले आम जनतालाई सही निर्देशन गर्नुपर्नेमा आफ्नै स्वार्थ बटुल्न थाल्छन भने त्यो राष्ट्रले कति विकास गर्ला सजिलै थाहा पाउन सकिन्छ ।

आफैंले बनाएका नीति, नियमहरु नै मिचेर मनपरी गर्ने, समयको सदुपयोग नगरी भोलीबादी लागु गर्ने, कामको सट्टा कुरा गरेरै समय बिताउँने हो भने त्यो देशका नागरिकले कहिल्यै आफ्नो लक्ष्य हासिल गर्दैन । न त राष्ट्र नै माथि उठ्छ । बिभिन्न विचारधारा बोक्ने नेपालीहरुले केही ज्ञान बटुल्न सकेपनि त्यो ज्ञानको सदुपयोग गर्न सकेकै छैनन । लोकतान्त्रिक र कम्युनिष्ट विचार बोक्ने कतिपय समर्थकहरुले आफ्नो सिद्धान्त नै बिर्सदै आएका छन । कार्ल माक्र्स, लेनिन तथा चीनका माओत्सेतुङका विचारलाई बोकेपनि उनीहरुको जस्तो काम गर्न सकेका छैनन् नेपाली कम्युनिष्टहरुले ।

नेपालमा लोकतन्त्रको धार बसाल्ने बिपी, गणेशमान, सुवर्ण शम्शेर लगायतका विचार बोकेका काँग्रेसले पनि उनीहरुको जस्तो काम गर्न सकेनन् । काम गर्न सकेका छन त एकोहोरो अधिकारका लागि मात्र । नेपालमा गणतन्त्र आएर फाइदा हुनुको साँटो आम जनतालाई बेफाइदा भएको महसुस छ । अधिकारका लागि लड्नेहरुले समृद्धिका लागि ढिलाई गर्छन । यिनीहरुलाई अधिकार आज नै चाहिन्छ त सम्बृद्धि भोली भएपनि हुन्छ भन्ने मानसिकता जबसम्म रहन्छ तबसम्म नेपालले विकासको फड्को मार्नै सक्दैन ।

आफ्नो काम आफैंले तोकिएकै मितिमा गर्नुपर्ने जानकारी सबैलाई अवगत हुँदा हुँदै बिज्ञले गर्नुपर्ने काम राजनीतिज्ञले गर्ने राजनीतिज्ञले गर्ने काम बिज्ञले गर्ने गर्छन । त्यसले न त छिटो नै हुन्छ न त पारदर्शिता नै । यस्तै कारणहरुले हामी र हाम्रो नेपाल पछाडि धकेलिदै आएको हो ।
हामीले जुनसुकै पेशा अँगाल्दा पनि असल, इमानदारिता, क्षमता र परिवेश अनुसार घुलमिल हुने हो भने केही बर्षमै सपना पुरा गर्न सकिन्छ । हाम्रो शब्दकोशमा नै छैनन त्यस्ता बिशेषताहरु ।

देशमा ठूला दलहरुको हातमा सत्ता छ भन्दै गर्भ गर्छौं त ती दलहरुमा पनि राजनीतिकर्मी धेरै भएको र राष्ट्रको रुपान्तरण गर्न नसक्ने दलहरु भनेर चिनिदै आएका छन । जनतालाई सहि ढंगले परिचालन गर्न नसक्दा वा नेतृत्व नै कमजोर भएकै कारण हो नेपालले अविकास नै खेप्दै आउनु परेको हो ।

सत्ताधारीहरुको निहित स्वार्थको लागि राष्ट्रवादको कार्ड प्रयोग गर्ने, कहिले आफ्नो स्वार्थको लागि त कहिले पार्टीको स्वार्थको लागि । सदुपयोग पनि होइन दुरुपयोग गर्ने । अनि भन्नेकी विदेशीले हस्तक्षेप गर्यो । यो प्रबृति जबसम्म हामी बदल्न सक्दैनौं तबसम्म विकास गर्न सक्दैनौं । किनकी हाम्रो भूराजनीति स्थितिलाई बदल्न सक्ने ठाउँ नै हुँदैन । राष्ट्र निर्माणमा नागरिकबोध दायित्व नभएसम्म विकासको सपना नदेखे पनि हुन्छ । सत्ताधारीको यो घिन लाग्दो राजनीतिले कतिपय सच्चा नागरिकलाई करुणा जागेर आउँछ । तर, सल्लाह सुझाब भने सत्ताधारीले मान्दैनन ।

अराजक मान्छेहरु जो डाँडामा हिडेर राम्रो लेखनशैलीमा दख्खल राख्न सक्छन, जो कोठामा बसेर चिन्तन गर्न सक्छन । जो गुम्बामा गएर प्रार्थना गर्न सक्छन । तिनीहरुलाई समयको महत्वले त्यति बाँध्दैन । किनकी तिनीहरुको एकोहोरो पेशा हुन्छ । जसले आफ्नो घर भनेको ‘राष्ट्र’ र परिवार भनेको ‘जनता’ हुन भनेर अगाडी बढ्छ, त्यसैलाई मात्र थाहा हुन्छ समयको महत्व ।

जब मान्छे ढिलाई भएर आपत बिपतमा पर्छ त्यसपछि मात्र सेकेण्डदेखि सताप्दीसम्मको समयलाई बुझ्ने गर्छ । त्यसैले समयसंगै काम पनि दौडाउने हो भने केहीदिनमै महसुस हुन्छ की हामी कति परिवर्तन भयौं भनेर । समयको सदुपयोग गर्न आफैंबाट सुरु गरौं । उठौं, लागौं, बनाऔं भनेर सबैले बुझ्नु जरुरी छ । प्रतिक्रियाका लागि :[email protected]

DC Nepal by sorce

प्रतिक्रिया दिनुहोस