रेडपाण्डा संरक्षण अभियानमा जुटे-जुम्ली विद्यार्थी र शिक्षक


कर्णाली पोष्ट दैनिक

सिंजा, जुम्ला । सिंजा गाँउपालिका २ चुलेलगाँउमा अवस्थीत श्रि आधारभुत विद्यालयका विद्यार्थी र शिक्षकहरु विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जेटेका छन् । गाउँको जंगलमा दुर्लभ जनावर रेडपाण्डा पाईने अनुमान गर्दै त्यसको संरक्षणका लागि उनिहरु आवाज उठाउन थालेका हुन् । सामुदायिक बन घोषणा हुँदा पनि दिनप्रतिदिन बन विनास तथा चोरी सिकारी बढ्दै गएपछि त्यहाँ बस्ने रेडपाण्डा पनि दुर्लभ हुदै गएको विद्यार्थी र शिक्षक, शिक्षिकाको भनाइ छ ।

रेडपाण्डा संरक्षण नेटवर्क काठमाडौँ र कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले शुरु गरेको रेडपाण्डा संरक्षण अभियानलाई उनिहरुले पुर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । बिहिबार रेडपाण्डा संरक्षण नेटवर्कको सहयोग र कर्णाली विकास हातेमालो सेवा समाजको आयोजनामा सम्पन्न रुट्स एण्ड सुट्स ग्रुप अन्र्तगत बालक्लव पुर्नगठन तथा भित्रे लेखन अभिमुखिकरण मार्फत उनिहरुले रेडपाण्डाको बिषयमा पुर्ण जानकारी पाएपछि संरक्षण अभियानमा जुट्ने घोषणा गरेका थिए । अभियान अन्र्तगत रेडपाण्डाको बिषयमा नियमित भित्रे लेखन लेख्ने, सुचना प्रकाशन गर्ने तथा विद्यालयको अतिरिक्त क्रियाकलपमा जानकारी मुलक कार्यक्रम गर्ने विद्यालयका बालक्लव अध्यक्ष विनोद शर्माले बताए । विद्यालयले गर्दै आएको अतिरिक्त क्रियाकलाप अनुसार रेडपाण्डा संरक्षणका लागि बन बृक्षरोपणका कार्यक्रम गरीने बालक्लवको भनाई छ ।

कक्षा ८ सम्मका विद्यार्थी र शिक्षक, शिक्षिकाले पनि त्यस्तो अभियानलाई प्रभावकारी बनाउन समुदायमा छलफल गर्ने बताएका छन् । साथै भित्रे लेखनका बिषयमा जानकारी पाएपछि विद्यार्थीहरुले खुसि ब्यक्त गरेका छन् । विद्यालयका प्रधानाध्यापक जयलाल खत्रिले भने, ‘विश्वको दुर्लभ जनावर रेडपाण्डा हाम्रो वनजंगलमा पहिले प्रसस्त पाइन्थ्यो । तर अहिले देखिन छाड्यो । त्यसको प्रमुख कारण बन विनाससँगै पानिको स्रोत घट्दै जानु हो ।’ रेडपाण्डको बासस्थान असुरक्षित भएपछि उनिहरुको जिबन प्रक्रियामा असर पर्नुका साथै त्यो जनावर लोप हुँदै गएको उनको भनाई छ ।

रेडपाण्डा संरक्षण परियोजना प्रमुख पुरुषोत्तम जैशीले चुलेल गाँउ नजिकैको सामुदायिक बनहरुमा पनि रेडपाण्डा हुन सक्ने भन्दै विद्यार्थी, शिक्षक, सामुदायिक बन उपभोक्ता समिति र अन्य समुदायलाई पनि त्यसको संरक्षणका लागि अभियानमा जुट्न आग्रह गरे । उनले भने, ‘यसको संरक्षणको अभियानमा हामी मात्र लागेर हुदैन, सबैको साथ चाहिन्छ । दुर्लभ जंगली जनावरको संरक्षणका लागि स्थानीय स्तरमा जनचेतना फैलाउनुका साथै प्रत्यक्ष अभियान स्थानिय तहले पनि चलाउनु आवाश्यक छ ।’ रेडपाण्डा संरक्षणका लागि वनजंगल फडानी तथा आगलागी र चोरी शिकारी कार्य रोख्नुपर्ने उनको भनाइ छ । त्यस गाँउको बनमा रेडपाण्डाको अवस्थाका बिषयमा अध्ययन अनुसन्धान गरी कार्यक्रम संचालन गरीने उनले बताए ।

सोहि अवसरमा रेडपाण्डाको बिषयमा उनले विद्यार्थी, शिक्षक, शिक्षिका, ब्यवस्थापन समिति र सामुदायिक बनका पदाधिकारीसँग अन्र्तक्रिया गरेका थिए । भने भित्रे लेखन अन्र्तगत समाचार, सुचना, लेख, रचना कसरी लेख्ने र सम्पादन गर्ने भन्ने बिषयमा कर्णाली पोष्ट दैनिक पत्रिका जुम्लाका कार्यकारी सम्पादक तथा अन्नपुर्ण पोष्ट दैनिकका जिल्ला रिपोर्टर नन्दराम जैशीले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया