धनगढी गोलीकाण्ड – नौ लाख रुपैयाँसहित लुटेरा पक्राउ


धनगढी । गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका व्यक्तिको नाम अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने प्रहरीले जनाएको छ। उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले उनले जानकारी दिए।

बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए।

तपाईको प्रतिक्रिया