सुन तस्करीमा ‘गोरे’ ले ‘पोले’ पुलिसका ठुला हाकिमदेखि नेतासम्म

बिराटनगर । अवैध सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका मोरङको उर्लाबारीका चूडामणि उप्रेती ङको उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ सँग जिल्ला अदालत मोरङमा चार दिन लामो बयान सकिएको छ ।

न्यायाधीश नारायणप्रसाद कोइरालाको इजलासमा भएको बयानमा गोरेले अर्बौँ रुपैयाँको सुन तस्करीको सबै सेटिङ नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले मिलाउने गरेको बताएका छन् ।

३७ पृष्ठ लामो बयानमा गोरेले दुबई, हङकङ र अन्य देशबाट आउने अवैध सुन सेटिङ मिलाएर विमानस्थलबाट बाहिर पठाउने कामको सबै जिम्मा हाल फरार रहेका एसएसपी खत्रीले मिलाउने गरिएको उल्लेख छ ।

‘सुन तस्करीमा मैले देखेको सबैभन्दा ठुलो दोषी श्याम खत्री हुन्, सबै सेटिङ मिलाउने काम उनैले गर्दै आएका थिए’, गोरेले बयानमा भनेका छन्, ‘जहाजबाट विमानस्थलमा आएको सुन सबै उनैका कोठामा जान्थ्यो ।’

नेता र प्रहरीका ठुला मान्छे

चार दिनसम्म चलेको बयानका क्रममा गोरेले सुन तस्करीमा प्रहरीका ठुला मान्छे र नेताहरुको पनि संलग्नता रहेको बताएका छन् । तर उनले प्रहरीका ठुला मान्छे र नेताको नाममा खुलाएका छैनन् ।

‘सुन तस्करीमा प्रहरीका ठुला मान्छे र दलका नेताको संलग्नता छ’, गोरेले बयानमा भनेका छन्, ‘उनीहरुसम्म पुगेर अनुसन्धान ग¥यो भने सबै कुरा खुल्छ ।’

सनम हत्या अरुले

गोरेले बयानका क्रममा उर्लाबारीका सुन ब्यापारी सनम शाक्यको हत्या आफूले नगरेको पनि बयान दिएका छन् । उनले टेकराज मल्लसहितले करेन्ट लगाउने क्रममा सनममा ज्यान गएको जिकिर गरेका छन् ।

‘सनमलाई मैले मारेको होइन’, गोरेले भनेका छन्, ‘मेरा सबैभन्दा विश्वासपात्र उनै थिए, मेरो मुख्य मान्छे उनैले सुनको सबै हिसाब किताब पनि राख्थे ।’

गोरेभन्दा ठुला सनम

बयानका क्रममा गोरेले नयाँ तथ्य खुलाएका छन् । सुन तस्करीमा आफू भन्दा माथिल्लो तहमा सनम रहेको दाबी गरेका छन् ।

‘म भन्दा ठुलो पोस्टमा सनम शाक्य थिए, सबै हिसाब किताब राख्ने भएकाले सनम शाक्य विश्वासिला थिए’, गोरेले भनेका छन्, ‘तर, हामी दुवै भरिया मात्रै थियौँ, सुन तस्करीमा नेताहरु र प्रहरीका ठुला हाकिम मिलेका थिए ।’

पूर्वडीआईजी निरौलाको बचाउमा बयान
गोरेले त्रिभुवन विमानस्थलबाट हुने गरेको सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ परेको नेपाल प्रहरीका बहालवाला र पूर्वअधिकारीको भने बचाउ गरेका छन् ।

‘मैले भनिसकेको छmु प्रहरीका ठुला मान्छेको संलग्नता सुन तस्करीमा थियो’, उनले बयानका क्रममा भनेका छन्, ‘तर, विमानस्थलमा कार्यरत अन्य प्रहरी कर्मचारीहरु विकासराज खनाल, गोविन्द निरौला र सञ्जयबाबुर राउतले सुन तस्करीमा कुनै पनि सहयोग पनि गरेनन् ।’
बयानमा गोरेले टेकराज मल्ल, मोहन काफ्ले र फरार रहेका सुरेन्द्र गौतम भरिया मात्रै भएको दाबी गरेका छन् । त्यसैगरी भोजे मामा भन्ने भोजराज भण्डारी जग्गाका

कारोबारी मात्रै भएको र उनी सुन प्रकरणमा संलग्न नरहेको जिकिर उनले गरेका छ्न ।

को को थिए भरिया ?

२०४० सालदेखि नै भएको भनिएको सुन तस्करी प्रकरणमा रुस्ताम भन्ने मोहम्म रुस्ताम मियाँ, टुक बहादुर मगर रोहित अचार्य र कृष्ण भन्ने नरेन्द्र कार्कीले भरियाको काम गरेको बयान गोरेले दिएका छन् ।

ड्राइभरलाई पनि मुछे

त्यसैगरी आफूले ड्राइभरका रुपमा प्रयोग गरिएका लाक्पा शेर्पालाई पनि गोरेले सुन तस्करीमा मुछेका छन् । ‘मेरो ड्राइभर लाक्पा शेर्पा हो, ऊ पनि सुन तस्करीमा संलग्न छ’, गोरेले भनेका छन्, ‘माधव भनिने मदन घिमिरे राजधानीबाट पूर्वमा सुन आउँदा सेटिङ मिलाउने काम गर्थे ।’

अननपुर्ण पोष्टबाट

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस