नमुना बन्दै सानीपातल सामुदायिक वन


जुम्ला ः जथाभावि फडानी, खोरिया, आगलागी जस्ता गतिविधि वन जंगल नासिदै गएको अवस्थामा तातोपानी ६ रावतवाडाका स्थानीय वन नै जिवन हो भन्ने मान्यतालाई बुझेर संरक्षण अभियानमा जुटेका छन् । २०५६ साल देखि नाग्डा डाडापाखामा सल्ला, देवदेवार र उत्तिसका विरुवा रोपेर वन जंगल संरक्षण अभियानमा स्थानीय जुटेका हुन् ।


सानीपातल सामुदायिक वन रावतवाडा पुर्व अध्यक्ष दलबहादुर खण्ड्का अनुसार नाना दुःख ले आर्जको वन होइन, दुई दर्शक भयो अहिले आठ हेक्टर उजाड नाङगो डाडापाखामा हरियाली देख्न पार्ईएको छ । उनले भने अहिले त्यो हरियो डाडापाखाले दुख्ख विर्साउने काम गरेको छ । १० हजार विरुवा हर्केका छन् गना जंगल भएको छ उनले यो सँगसंगै स्याउ र ओखरका विरुवा पनि हुर्कदै गएका छन् हामीले गरेको दुख्खले भोलिका सन्ततीलाई सहज हुने अपेक्षा गरिएको छ ।

जिल्ला वन कार्यालय जुम्लाका वन अधिकृत मुनवहादुर रावतका अनुसार दर्ता भएका जुम्लाका दुई सय सामुदायिक वन मध्ये सानीपातल सामुदायिक वन रावतवाडा नमुना योग्य सामुदायिक वन रहेको छ । उनले भने जुम्लाको कुल क्षेत्रफल २ लाख ५४ हजार ७ सय हेक्टर मध्ये ४१ प्रतिशत वन, चरन क्षेत्र २६ प्रतिशत रहेको छ । जिल्ला वन कार्यालय जुम्लाले दिगो सामुदायिक वन व्यवस्थापन, जडिवुटि विकास तथा व्यवस्थापन, नर्सरी संचालन तथा विरुवा उत्पादन जस्ता क्रियाकलाप गर्दै आएकोले यसमा वन कार्यालयको सहयोग र सर्मथन रहने उनले प्रतिबद्धता व्यक्त गरे ।


वन उपभोक्ता महासंघको २४ औँ स्थापना दिवसको अवसरमा जेठ १८ गते सानीपातल सामुदायिक वन रावतवाडामा बृक्ष गरिएको छ । २४ वटा देवदेवारका विरुवा रोपेर २४ औँ स्थापना दिवस मनाएको हो । सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले सामुदायिक वन क्षेत्र संरक्षणमा महासंघले काम गर्दै आईरहेको बताए । उनले भने अहिले जनसंख्याका बृद्धि सँगसँगै वनजंगल नासिदै गएको छ । वन नै मावन जिवनसँग जोडिएको हुनाले यसलाई बचाउनका लागि स्थानीय तहको जनप्रतिनिधि देखि आम नागरिकले पहल गर्नुपर्ने उनले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्णप्रसाद चौलागाईले वन जोगाउनु पर्ने अहिलेको अवस्था रहेको बताए । उनले जथाभावि वनजंगल फडानी हुने गरेको छ त्यसलाई रोक्नका लागि हामी सवै सरोकारावाला ध्यान केन्द्रीत हुनुपर्ने टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया