खेलकूदमा प्रतिवन्धित औषधि सेवन विरुद्ध सचेतना

जुम्ला ः कर्णाली प्रदेश सल्यान रुकुम, कालिकोट मुगु र जुम्ला जिल्लाका खेलाडीहरुलाई खेलकूदमा प्रतिवन्धित औषधि सेवन विरुद्ध सचेतकरण गरिएको छ । नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय तथा जिल्ला खेलकूद विकास समिति, जुम्लाको आयोजनामा उक्त सचेतीकरण कार्यक्रम गरिएको हो । नेपालले सन् २००३ मा संयूक्त राष्ट्संघको महासभाले खेलकूदमा लागु औषधी सेवन विरुद्धमा प्रस्ताव पारित गरे पश्चात यसको नेपालमा लागु भएको मन्त्रालयका उपसचिव लक्ष्मीप्रसाद भट्टराईले बताए । उनका अनुसार सन् २००३ मार्च ५ मा कोपनहेगनमा लागुऔषध अर्थात डोपिङ्ग विरुद्धको विश्व सम्मेलन भएको थियो । नेपाल हुने विभिन्न स्तरका खेलकूदमा पनि खेलाडीहरुले लागुऔषधि प्रयोग गरे नगरेको विषयमा ल्याप टेष्ट हुने गरेको उनले बताए ।


लागुऔषधी सेवन विरुद्धको सचेतना कार्यक्रमको प्रशिक्षक तथा विशेषज्ञ डाक्टर अजय राणाले यस्तो खेलकुदमा प्रतिवन्धित औषधि सेवन विरुद्धको ल्याप विश्वामा ३५ देशमा मात्र रहेको बताए । उनले भने यस्तो प्रकारको ल्याप राख्नका लागि राष्ट्को बजेटले धान्न नसक्ने भएकोले कमै देशहरुले संचालन गरेका छन् । खेलाडीले लागुऔषधी प्रयोग गरेनगरेको विषयमा जानकारी पाउनका लागि नेपालले अहिलेसम्म खेलाडीको रगत र यूरिन टेष्टका लागि भारतको नयाँ दिल्लीमा पाउने गरेको छ । यस लागुऔषध प्रयोगको विषयमा सचेतीकरण गर्न जुम्ला पुगेका डाक्टर राणाले खेलाडीहरुको स्वच्छ प्रतिस्पर्धाका लागि लागुऔषध अर्थात खेलाडीहरुको लागि प्रतिवन्धित औषधि सेवन गर्न नहुने बताए ।
कार्यक्रमको सभाध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको उपाध्याक्ष रोशन श्रेष्ठले राष्ट्यि स्तरमा यो विषय चर्चाका रुपमा रहेपनि जुम्लाका खेलाडीहरुका लागि नयाँ विषय बस्तु भएको बताए । उनले भने यसलाई जिल्ला खेलकुद विकास समितिले यो सन्देश मुलक विषय जोडतोडका लागि खेलाडी माझमा पुर्याउने छ ।
त्यसैगरी जिल्ला खेलकुद विकास समिति जुम्ला कार्यालय प्रमुख कविदत्त न्यौपानेले खेलाडीहरुले औषधि प्रयोग गरेर होइन आफ्नै बलबुताले तागतका साथ खेलमा प्रतिष्पर्धा गर्नपर्ने बताए । उनले भने त्यो स्वच्छ प्रतिष्पर्धा नै गौरव हुने भएकाले खेलाडीहरुलाई त्यस्तो खेलकुदमा प्रतिवन्धित औषधि प्रयोग गर्न नहुने बताए । जिल्ला खेलकुद विकास समिति जुम्लाका म्याराथुन प्रशिक्षक धावक हरिवहादुर रोकायाले आफु राष्ट्यि तथा अन्तराष्ट्यि स्तरमा खेलकुदमा भाग लिने समयमा पनि यस्तो लागुऔषधि प्रयोग गरेनगरे विषयमा जानकारी लिनेका लागि खेल आयोजकले रगत र यूरिन टेष्टका लागि लिने गरेको बताए । उनले भने यसविषयमा जुम्लाका सवै खेलाडीहरुलाई सचेतकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस