जनप्रतिनिधिलाई एक महिने कम्प्यूटर तालिम

गोल्डेन बुढा
जुम्ला ः सिंजा गाउँपालिका २ का जनप्रतिनिधिले कम्प्युटर सम्वन्धी ज्ञान लिने शुरु गरेका छन् । वडापालिकाको कामलाई सहज बनाउनका लागि जनप्रतिनिधिहरुले कम्प्यूटर प्रविधिको ज्ञान तथा सिप लिन सुरु गरेका हुन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदन लगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि जनप्रतिनिधिहरु तथा वडामा कम गर्ने कर्मचारी र ३ वटा आधारभुत विद्यालयका प्रध्यानाध्यापक र शिक्षिकाहरु गरी १५ जनालाई लक्षित गरी कम्प्युटर सिक्ने तालिमको आयोजना गरिएको वडा नम्वर २ वडाध्यक्ष नविन शर्माले बताए । हाल १५ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधिलगायत प्राविधिक शिक्षा लिएका छन् । वडापालिकाले २ लाख ५६ हजार बजेटमा तालिम संचालन गरिएको बताइएको छ ।

आधारभुत विद्यालय चुलेलगाँउ, आधारभुत विद्यालय रनुखाना र आधारभुत विद्यालय विष्टवाटाका प्रध्यानाध्यापक र शिक्षिकाहरुलाई पनि कम्प्यूटर प्रविधिको तालिममा लिईरहेको वडाध्यक्ष शर्माले बताए । जुम्लाको सिंजा गाउँपालिका वडा नम्वर २ ले संचालन गरेको आधारभुत कम्प्यूटर प्रविधिको तालिम साउनको अन्तिम सम्ममा जनप्रतिनिधिलाइ सिकाइने र पुन ३ महिनाको लागि संचालन गरिने वडाध्यक्ष शर्माको भनाइ छ । नयाँ युगसगँै कम्प्युटर प्रयोग नगर्न समस्या हुने भएपछि जनप्रतिनिधिहरुले गाउँपालिका तथा वडा कार्यालयबाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमा राख्न लागेकाले जनप्रतिनिधिलाई कम्प्युटर सिक्न थालेको वडा नम्वर २ का जनप्रतिनिधि कर्मचारी तथा प्रध्यानाध्यापक र शिक्षिकाहरुले बताएका छन् ।

प्रविधिमा कमजोर भएपछि जनप्रतिनिधिलाई काम र प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अन्य गाउँपालिका र वडापालिकाले सिको गरुन भन्ने तालिमको प्रमूख ध्ये रहेको वडाध्यक्ष शर्माले बताए । आगामी दिनहरुमा वडापालिका सदस्यहरुले सहज सूचनाको पहुँच वृद्धि गर्दै कामलाई छिटो छरितो बनाउन कम्प्यूटर र इमेल इन्टरनेट प्रयोग गर्न सहजै गर्न सक्ने जनप्रतिनिधिको भनाइ रहेको छ । जनप्रतिनिधिहरुले कम्प्यूटर प्रविधिको तालिम सिकाउनको लागि ८ वटा कम्प्युटर र १ वटा ल्याप्टपको व्यवस्था गरिएको वडापालिकाले जनाएको छ । सिंजा गाउँपालिका अन्र्तगतका अन्य वडाहरु भन्दा विकासे काममा निकै अगाडी देखिने गरेको छ । सिंजा गाँउपालिकाको आर्थिक सहयोग तथा वडा नम्वर २ को आयोजनामा १ महिने आधारभुत कम्प्यूटर प्रविधिको तालिम शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस