सोम गुुरुङ्ग,नेपालगन्ज २४ बाँके
समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा मुल नाराका साथ लागुु पदार्थ दुरब्र्यसन र यसका असर तथा परिणाम र सर्तकता बारे यूवा परामर्श तथा अभिमुुखीकरण कार्यक्रमआज नेपालगन्जमा सम्पन्न भएको छ ।
जिल्ला यूवा समितिको कार्यालयको मुख्य आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा एसओएस, नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघ, सहारा हाउस, सामना ड्रग रिहाव सेन्टर, नवकिरण ड्रग रिहाव सेन्टर र प्रेरणा ड्रग रिहाव सेन्टरको सहकार्यमा यूवा परामर्श कार्यक्रम तथ अभिमुुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
सो यूवा परामर्श तथा अभिमुुखीकरण कार्यक्रमको सहजीकरण सहारा हाउसका प्रमुुख अभिराज क्षेत्रीले गर्नुु भएको थियो । उहाँले लागुु पदार्थ दुरब्यसन र यसका असर तथा परिणाम र लागुु पदार्थबाट कसरी बच्न सकिन्छ भन्ने बारे यूवाहरुलाई जानकारी गराउनुुभएको थियो ।सो कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अभिभावकहरुलाई सचेतना जगाउनुु पर्नेमा जोड दिए ।लागुु पदार्थ दुरब्यसन रोक्नको लागिस्थानीय नागरिकले सहयोग गर्नुु पर्ने महिला तथा बालबालिका सेवा केन्द्रका श्याम कुमारी मगरले बताउनुुभयो ।यस अभिमुखीकरण कार्यक्रमबाट लागुुऔषधको असर लागूऔषध दुुरुपयोग उपचारका बारेमा जानकारी पाई लागूऔषध दुुरुपयोगका घटना रोकथाम तथा न्यूनीकरणमा टेवा पुुग्ने विश्वास लिइएको बताइएको छ । कार्यक्रममा सामाजिक विकास मन्चका भुुपाल बोहरा, राईजिगं आईडल्सका राजन बर्मा,सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका सोम गुुरुङ्ग, लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा युुवाहरु साहिल अन्सारी, ज्ञान ज्योति बाल क्लबका अध्यक्ष दिपा वली, रितिक शाही, साहुुबुद्धिन हलवाई, मेघ बहादुर खत्री, आरटिआई अभियान्ता शैलेन्द्र कुमार वैश्य लगायतले आ–आफना विचार राखेका थिए । सो कार्यक्रममा ६० युुवा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला यूवा समितिका प्रमुुुख रामसुुरेश यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।