आज विश्वकपमा ३ खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दैछन् ? (नेपाली समय अनुसार)


काठमाडौँ । आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ, जसमा पहिलो खेल ईजिप्ट बिरुद्ध उरुग्बे, दोश्रो खेल मोरक्को बिरुद्ध इरान खेल्दैछ भने आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनले खेल्दैछ । नेपाली खेलप्रेमीहरुलाई आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनको खेल निकै चासोको बिषय हुनेछ ।

यस अघि विश्वकप उद्घाटन खेलमा घरेलु टिम रुसले साउदी अरवलाई ५(० गोलअन्तरले पराजित गरेको थियो । विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । यो पटकको उद्घाटन खेल पनि इतिहासकै निरन्तरतामा गएको छ ।

आज कति बजे कुन(कुन देश भिड्दैछन् ? आज (असार १ गते शुक्रबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस्

१. ईजिप्ट vs उरुग्बे
नेपाली समय १७ः४५ बजे

२. मोरक्को vs इरान
नेपाली समय २०ः४५ बजे

३. पोर्चुगल vs स्पेन
नेपाली समयस् २३ः४५ बजे

तपाईको प्रतिक्रिया