श्रीपेच बिनाका राजा


जुम्ला । यतिबेला हामी खुशी नेपाली, समृद्ध नेपालको महान यात्रामा परिवर्तनको सङ्कल्प सहित अगाडी बढिरहेका छौ । नेपाली नेताले सस्तो लोकप्रियताका लागि दशकौंदेखि उठाउदै आएको समाजबादलाई कार्यान्वयन गर्ने दिशामा अघि बढिरहेका छौ । हाम्रा सदनहरुले संसदहरुलाई समाजबादको सपथ खुवाइ सकेका छन । हाम्रो बिगत थुप्रै खालका अन्याय अत्याचार, शोषण दमन तथा जिबनका कहालीलाग्दा संघर्षबाट दिनहरु काटेर बिते भने, थुप्रैपटक तत्कालीन राज्यसत्ता सङ्ग जहाँनिया राणा शासन, पन्चायती ब्यबस्था, निरङ्कुश राजतन्त्र सङ्ग मुकाबिला गर्दै यहाँ सम्म पुगेका छौ । अझ यो भन्दा अफ्ठारा दिनहरुको सुरुवात हुदैछ । हामी समाजबादको बाटो जाँदै छौ । तर बिकासको दुनिया र हाम्रो गति मिल्न सकेको छैन । बिश्व आज एक हुँदै छ । हामी परिवर्तनको नाममा अलग अलग हुदैछौ ।

लेखक -लोकेन्द्र राज गिरी

 

हामिले राणा, पन्चायत र राजतन्त्र ढाल्दा जनता जति खुसिले नाचिरहेका थिए, तर श्रीपेच सहितको राजा होइन श्रीपेच बिनाका नयाँ राजा महाराजाको उत्पतिले आज जनता त्यो भन्दा बढी दुखित छन । जनतालाई लागेको थियो, ओछ्यान बाट बिउँझेझै हाम्रो राष्ट्र पनि बिउँझदै छ । हामीले हजारौं बर्ष देखि जरो गाडेर बसेको सामन्ती ब्यबस्था फेरेका छौ । मालिकत्वको त्यो ब्यबस्था पनि फेरेका छौ । हाम्रो देश प्राकृतिक रूपमा जति धनी भएपनि निश्चित रुपमा गरिब र कंगाल पनि छ । प्राकृतिक स्रोतसाधन, इतिहास, भाषा, सस्कृतीमा जति गर्व गर्ने ठाउँ छ, त्यति उत्पादन, साक्षरता, रोजगारी आदिमा अत्यन्त कम छ । नेपाल सरकार र नेपालको संविधानले पनि भाग १ धारा ४ को उपधारा १ मा नेपाल स्वतन्त्र अधिराज्य , सार्बभौमसत्ता सम्पन्न, धर्म्निरपेक्ष, समाबेशी लोकतन्त्रात्मक समाजबाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो, भनेर घोषणा गरिएको छ । हामि नै भन्छौ, अब नेपालमा समाजबादि ब्यबस्था आउदैछ, आइसक्यो ।

के समाजबाद बोलेर, लेखेर आउने चिज हो ? के समाजबादमा सयौं राजा महाराजाहरुको जन्म हुन्छ ? के समाजबादी ब्यबस्थामा प्रत्येक आर्थिक बर्ष वा बजेट भाषण लगत्तै मुल्य वृद्धि करको दायरा ठुलो हुन्छ ? के समाजबादमा राष्ट्रिय उद्योगहरु लिलाम बिक्रि हुन्छन ? राष्ट्रियकरण बाट निजीकरण तर्फ जान्छन ? देशमा भएका युबा जनशक्ति रोजगारीको शिलशिलामा दिनदिनै अन्यत्र मुलुकमा पलायन हुन्छन ? उपभोक्ता बाट हुने कामहरू वा जनतालाई काम गर्ने अबसर बाट बन्चित गरि डोजर वा आधुनिकीकरणका औजार प्रयोग गरि ठेकेदार वा ठेकेदारका मालिक मोटाउने काम गर्नैपर्छ ? के समाजबादको खुट्किलोमा पाइला चाल्दा जन निर्वाचित प्रतिनिधिहरु फौजदारी अभियोग लाग्दा पनि अपराधी हुदैनन् त ? जनप्रतिनिधि हरुले नितिनियम बनाउन छोडेर योजना दिने, लिने मजदुर र मालिकको जस्तो सम्बन्ध बनाउने जस्ता गतिविधिले समाजबाद आउन्छ ?

हो, श्रीपेच बिनाका राजाहरुओ, अब यस्तै प्रश्नको मिलाएर उत्तर मात्र दिने कि काम पनि गर्ने । देशमा परिवर्तन भयो । राष्ट्रले संघियता पायो सिंहदरबारका सम्पुर्ण अधिकार गाउँ गाउँमा गए के साच्चै गएका छन त ? अबश्य गएका छैनन्, बरु सिंहदरबारको भ्रष्टाचार शैलि भने गाँउसम्म मज्जाले पुगेको छ । हिजो चप्पल लगाएर हिड्ने सामान्य कोहि नेता कार्यकर्ता आज चिल्लो गाडी, महँगो मोबाइल, ल्यापटप र सुबिधा सम्पन्न घरमा बस्छ, के यसरी अकुत सम्पत्ति जोड्दैमा आउन्छ त समाजबाद ? कसरी हुन्छ बिकास ? राजा महेन्द्रले त्यसै भनेका होइनन् “मोटर चढेर समाजबाद आउदैन “जनताले अझै बिर्सेका छैनन बाघको छाला ओडेर किसानको बाली खाने गधा लाई किसानहरूले कस्तो सजाय दिएका थिए । जनताले लामो सपना देखेका हुन्छन र देखाइएको छ । त्यो सपनालाई स साना कारणले टुट्न दिनु हुदैन किनकि जनताको हितको लागि मात्रै यी सब थोक हुने हो ।

अन्तत ः जनताकै निमित्त आन्दोलन वा युद्ध हुनेहुन र आज सम्मका सम्पूर्ण शासकहरुको अन्त्य जनताले नै गरेको इतिहास पनि बिर्सनु हुदैन । किनकि जनता नै मुख्य हुन् । त्यसैले देश बिकास र देशको निर्माण गर्ने कुरा, देशमा शासन ब्यबस्था, पद्धति बसाल्ने कुरा सँकुचित मनको धरातलबाट, दीर्घकालीन प्रभाबको अध्ययन नगरीकन सम्भब हुन्छ । राजनीतिक फाइदा बेफाइदा र चुनाब केन्द्रित भएर गतिविधि गरेत देशको उभो गति कहिले लाग्छ ? देशमा चौतर्फी बिकास गर्नुपर्छ, गर्छु भन्दैमा बिकास हुन्न, खास बिकास कसरी हुन्छ त्यो मुख्य प्रश्न हो ?

समाजबाद उन्मुख दिशामा काम गर्नका लागि मजदुर किसानहरुका हक अधिकार र उनीहरुको सुबिधा वृद्धिका लागि बिशेष ध्यान दिनु आबश्यक छ । के नेपाल सरकारले मजदुर किसान हरुको सुबिधा वृद्धिका लागि कदम चलाएको छ त ? समाजबादमा शिक्षा, स्वास्थ्य र रोजगारीको सरकारले गारेण्टि गरेको हुन्छ । के नेपालको स्थिति त्यस्तो छ त ? अहँ त्यसको ठिक उल्टो छ, अनि कसरी हामी जनतालाई गुलियो भाषणमा भुलाइरहेका छौ, त्यसतर्फ ध्यान दिन जरुरी छ । सरकारको लक्ष्य वा यात्रा समाजबाद हो । यसका लागि सबै पक्ष बाट सहयोग समर्थन हुनुपर्छ । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको भोको पेट, नाङ्गो आङ्ग ढाक्ने काम पहिले गरिन्छ, त्यो गर्नुपर्छ, त्यसका लागि सरकारले नीति बनाएको छ, छैन । देश लाई परनिर्भरता र बिदेशी चलखेल बाट मुक्त गर्नुपर्छ । समाजबादमा पुग्ने इच्छा, चाहना र आकाङ्क्क्षाको पखेटा लगाएर मात्र उड्न सकिदैन त्यसका लागि निर्र्यौैल गर्नु पर्छ । हाम्रो लक्ष्य के हो, कहाँ सम्म जाने हो । हाम्रो गन्तव्य कहाँ सम्म छ ।

किनकी हामिले आन्दोलनकै बलमा राजतन्त्र बाट राणातन्त्र, राणातन्त्रबाट पुर्न राजतन्त्र, राजतन्त्रबाट प्रजातन्त्र, प्रजातन्त्रबाट लोकतन्त्र, लोकतन्त्रबाट गणतन्त्र, गणतन्त्र बाट संघिय लोकतान्त्रिक गणतन्त्र वा जन गणतन्त्रमा प्रबेश गरेका छौ । एउटा तन्त्रले राम्रो सङ्ग खुट्टा टेक्न पाएको हुदैन । अर्को तन्त्रको आबश्यकताको बोध हुन्छ र देशमा सधैं राजनितिको नाममा अस्थिरता, बिकासको नाममा बिनास, निर्माणको नाममा विधोेङ्स हुन्छ । यो रोगको अन्त्य कहिले हुन्छ ? त्यसको लेखा जोखा कहिले हुन्छ कस्ले गर्ने ? के जनताले आफ्नो पेट आधा राखी कालोबजारी र महंगिका बिचबाट तिरेको करले वडा सदस्य देखि राष्ट्रपति, तिनका सचिबालय र सहयोगी सम्मलाई मासिक तलब दिएर देशले समृद्धि हासिल गर्छ ? त्यसो हो, भने आजका सयौं राजा महाराजा भन्दा हिजो को एक राजा मा के फरक छ ? त्यो प्रश्ट छुट्टिने गरी जबाफ र उदाहरण हुनुपर्छ । अझ आर्थिक हिसाबले हिजोकै राजसंस्था सस्तो थियो । गरिब देशका गरिब जनता दुखि भैरहेको बेला, दिन दुईगुणा रात चौगुणाका दरले नेता धनी हुदैछन् । दुनियाँमा यस्तो पनि कहि छ ? अनि यसरी प्राप्त हुन्छ वा आउन्छ त समाजबाद ? यो मेरो निजि विचार हो । मनपरे लाईक, कमेन्ट अनि सेयर गर्नुहोला धन्यबाद ।।

तपाईको प्रतिक्रिया