जुम्ला । जिल्लाको गुठिचौर गाँउपालिका सडक संजालमा जोडिएपनि यात्रुबाहाक सवारी नचल्दा त्यहाँका नागरीकलाई सदरमुकाम आवतजावज गर्न सकस भएको छ । गाँउपालिकामा अवस्थीत विभिन्न गाँउबस्तीहरु सडक संजालसँग जोडिएका छन् । तर त्यहाँ कुनै यात्रुबाहाक सवारी नचल्दा त्यहाँका नागरीक ट्याक्टरमै भएपनि जोखिम युक्त यात्रा गर्न बाध्य छन् ।
फोटो, ईश्वरी प्रसाद देबकोटाको सहयोगमा
त्यस क्षेत्रका स्थानिय सदरमुकाम आवतजावत गर्दा कि त पैदल हिड्नु पर्छ, होईन भने धेरै सामान भएको बेला बाटोमै सामान लिएर आएका ट्याक्टर भेटिएपछि त्यसैमा अनुरोध गरी चड्छन् । जोखिम भन्दा पनि त्यँहाका स्थानिय छिटो पुग्ने गरी ट्याक्टरको यात्रा आवाश्यक ठान्छन् । तर यसरी गरेको यात्रामा दुर्घटनाभई मानविय क्षेति भएमा को जिम्मेवार हुने भनेर ट्याक्टर चालक र स्वंयम यात्रुले सोच्नुपर्दछ । अर्को तर्फ स्थानियको यस्तो जोखिम यात्रालाई ध्यानमा राखेर गुठिचौर गाँउपालिका स्थानिय सरकारले त्यस क्षेत्रको सडक संजाल स्त्तोरउन्नोती तथा विकास गरी चाँडो यात्रुवाहाक गाडी संचालन गर्न आवाश्यक छ ।