
जुम्ला ः जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट ःवाःथ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको ःवाःथ्य जाँच्न वीर अःपतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए ।
ःवाःथ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि दुई विशेषज्ञ चिकित्सक जुम्ला आए पनि केसीले सरकारले खटाएका चिकित्सकबाट नजाँच्ने जवाफ दिएका थिए । त्यसपछि वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको ःवाःथ्य अवःथाबारे जानकारी लिए । उनीहरूले केसीको अवःथा सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन् ।
डा. केसीको उपचारमा संलग्न डा. प्रवीणकुमार गिरीले केसीको ःवाःथ्यमा अनशन बःनुअघि र अहिले के फरक छ भन्ने अवःथा नभएको बताए । ‘अनसन बःनुअघि ःवाःथ्य जाँच गर्न पाइएन, पहिले जँचाएको रिपोर्ट भएको भए अहिलेको रिपोर्टसँग दाँजेर यथार्थ बुझ्न सकिन्थ्यो । के बिग्रियो या के सुध्रियो कसरी भन्ने ?’ डा. गिरीले भने ।
अत्यधिक छाती दुखेपछि केसीलाई बिहीबार अःपताल लगिएको थियो । उनलाई अक्सिजन र ःलाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधिसमेत खान नमानेको डा. गिरीले बताए ।
कांग्रेस सांसदले भेटे डा. केसीलाई
केसीलाई भेट्न कांग्रेसका तीन सांसद बिहीबार जुम्ला पुगे । सांसदहरू प्रकाश रसाइली, रंगमति शाही र दीनबन्धु श्रेष्ठ बिहीबार केसीलाई भेटेर उनको ःवाःथ्य अवःथाबारे जानकारी लिए । उनीहरुले केसीको मागमा आफूहरु र आफ्नो पार्टीको समर्थन रहेको बताए ।
‘निम्न वर्गका छोराछोरीले पनि उच्च शिक्षा पाउनुपर्ने, ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज ःथापना हुुनुपर्नेलगायतका माग केसीका व्यक्तिगत होइनन्,’ कांग्रेस प्रतिनिधिसभा सांसद रसाइलीले भने । उनले केसीका माग सरकारले सम्बोधन नगरे सडक र सदन तताउने चेतावनी दिए । सांसद रंगमती शाहीले डा. केसीको जीवन रक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरिन् । प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले पूर्वसहमति बंग्याएर ल्याउन खोजेको चिकित्सा शिक्षा विद्येयक नेपालीको हितविपरित भएको बताए ।
बन्द ःवाःथ्य सेवा सुचारु
केसीको जीवन रक्षाको माग गर्दै बन्द गरिएका कर्णालीका ःवाःथ्य संःथाले बिहीबारबाट सेवा प्रवाह सुरु गरेका छन् । प्रशासनले सहजै सुरक्षित ःथालमा नलिएपनि, बुधबार ःवाःथ्यमा समःया आउँदा प्रतिष्ठान लगेपछि ःवाःथ्य संःथा खोलिएका हुन् ।
डा. केसीले चिकित्सकलाई भने– ‘मलाई तपाईंहरूको आवश्यकता छैन, जानुः’
ःवाःथ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान भनेका छन् । डा. केसीले भने, ‘तपाईंहरू मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो, त्यसका लागि धन्यवाद ! मेरो हेरचाह र उपचार यहाँका मानिसले गर्छन् । तपाईंहरूको आवश्यकता छैन ।’
ःवाःथ्यमन्त्रीले चिकित्सकलाई भने– ‘त्यहीँ बसेर केसीको ःवाःथ्यको ख्याल गर्नुः’
केसीले उपचार गर्न नमानेको डा. जीवन थापा र डा. सुवास रेग्मीले मन्त्रालयमा हुबहु जानकारी गराएका थिए । उनीहरूले जुम्लामै बःने कि फर्किने भनेर पनि सोधेका थिए । ःवाःथ्यमन्त्री यादवले जुम्लामै बसेर डा. केसीको ःवाःथ्यबारे निरन्तर निगरानी गर्न निर्देशन दिएका छन् । ःवाःथ्यमन्त्री यादवलाई उद्धृत गर्दै ःवकीय सचिव महेश चौरसियाले भने, ‘तपाईंहरू त्यहीँ बसेर केसीको ःवाःथ्य परीक्षणमा खटिनुः । उनको ःवाःथ्य बिग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो ।’