विश्वकप फुटबलमा पाँचपटकको विश्व विजेता ब्राजिल र बेल्जियमबीच शुक्रबार क्वार्टरफाइनल प्रतिष्पर्धा हुँदै छ । उपाधि दाबेदार मानिएको ब्राजिलका लागि जारी प्रतियोगितामा नै कठिन प्रतिद्वन्द्वीका रूपमा बेल्जियमलाई लिएको छ । दुवै टिममा विश्व चर्चित ःटारहरू रहेका कारण खेल बहुप्रतीक्षित मानिएको हो ।
बेल्जियमको रवाफ
युरोपियन पावरहाउस बेल्जियम २०१६ को अगःटमा ःपेनसँग पराजित भएयता २३ खेलमा अपराजित रहेको छ । लोभलाग्दो प्रदर्शन र स्टार खेलाडीका साथ रहेको बेल्जियम विश्व फुटबलमा सधैँ बलियो टिमका रूपमा रहन्छ । समूहचरणमा सनसनीपूर्ण नतिजा निकाल्ने र नकआउटमा गएपछि फितलो प्रदर्शन दोहोर्याउने टिमको छवि बनाएकाले बेल्जियमले ब्राजिललाई टक्कर दिने विश्वास छ ।
बेल्जियमले प्रिक्वार्टरफाइनलमा जापानसँग बढी नै आत्मविश्वासी देखिएको थियो । बेल्जियमले २ गोल खाए पनि तीन गोल गर्न सफल भएको थियो । त्यसैले, खेलमा जुनसुकै समयमा पनि गोल गर्ने क्षमता राख्ने टिमका रूपमा समेत रहन सफल भयो ।
ब्राजिल संयमित
ब्राजिल र बेल्जियमबीचको खेललाई मिनी विश्वकप फाइनलका रूपमा समेत हेरिएको छ । त्यसैले, ब्राजिल आक्रामकभन्दा संयमित नै रहनेछ । विश्व चर्चित ःटारहरू नेमार, फर्ना्न्डिन्हो तथा फिलिप कोउटिन्होको उच्च फर्मले ब्राजिल बेल्जियमलाई स्वभाविक रूपमा दबाब दिने विश्वासमा छ । बेल्जियम पनि रोमेलु लुकाकु, इडन हर्जाड, केभिन डे ब्रुुयनसँग आशावादी छ ।
१६ वर्षपछि पहिलो भेट
२००२ को विश्वकपमा ब्राजिल र बेल्जियम प्रतिःपर्धा गरेयता दुवै टिमले एक अर्का्विरुद्ध प्रतिष्पर्धा गरेका छैनन् । बेल्जियमको ब्राजिलसँगको इतिहास राम्रो छैन । १९६३ मा बेल्जियम ५–१ ले विजयी भएको थियो । त्यसपछि तीन प्रतिःपर्धामा सबै तीनमा ब्राजिल विजयी भएको छ ।
नयाँ पत्रिका