
नन्दराम जैसी
जुम्ला । डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमै आफ्नो अनशन जारी राखेका छन् । अनशनको सातौ दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमै आफ्नो अनशन जारी रहेको बताए । पाँच दिनसम्म कभर्डहलमा अनशन बसेका केसीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि बेहोस् भएका उनलाई स्थानिय प्रशासनले बुधबार उपचारका लागि अस्पताल लिएको थियो । अस्पतालको सघन उपचार कक्षमा सामान्य उपचारपछि होस्मा आएका केसीले सरकारले आफुलाई प्रतिष्ठानमा अनशन बस्न निषेध गरेपनि आफ्नो अनशन जारी रहेको उद्घोष गरे ।
‘माथेमा आयोगले प्रस्तुत गरे अनुसारकै चिकित्सा शिक्षा अध्यादेश आउनुपर्छ, तर कम्युनिष्ट सरकारले अध्यादशेलाई तोडमोड गरी संशोधन सहित प्रतिस्थापन विद्येयक ल्याउन खाजेको छ’ उनले भने, ‘सरकारले ल्याउन खोजेको त्यो विद्येयक देश र जनताको हित विपरित छ, पुरानै स्वरुपको अध्यादेश नआए अनशनमै मेरो प्राण जाला, तर माग तुहिन दिन्न ।’ अन्नपुर्णसँग चिकित्सा शिक्षा सुधारबारे आफुले थालेको आन्दोलनका पछि सारा जनताको नेतृत्व गर्दै नेपालि कांग्रेसले साथ दिने बताउँदै त्यसबाट हुने क्षतिको जिम्मेवार कम्युनिष्ट सरकारले लिनु पर्ने केसीले दाबी गरे ।
‘सर्वसाधारण नागरिक स्वाथ्यको पहुँचमा पुग्ने किसिमको चिकित्सा शिक्षा र सेवा चाहिएको हो, तर सरकार एक व्यक्ति पोस्ने विद्ययक ल्याउन खोज्दैछ’ उनले थपे, ‘माग सम्बोधन नभएसम्म अनशन तोडेर म काठमान्डौ फकिन्न, तर मलाई काठमान्डौ लगेर अनशन तुहाउने षडयन्त्रमा सरकार लागेको छ ।’ डा. केसीले बुधबार सरकारले पठाएका चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका छन् । स्वाथ्य मन्त्रालयले वीर अस्पतालका विशषेज्ञ डा. जीवन थापा र डा. सुवास सुवेदिलाई केसीको उपचार गर्न जुम्ला पठाएको थियो । प्रतिष्ठानका चिकित्सकको टोलीप्रति आफुलाई विश्वास भएको भन्दै मन्त्रालयले पठाएका चिकित्सकहरुलाई फिर्ता जान डा. केसीको अनुरोध छ ।
स्वास्थ्य अवस्था गम्भिर
जुम्लामा १५ औ पटकको अनशनरत डा. केसीको उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक डा. प्रवीण गिरीका अनुसार केसीको स्वास्थ्य अवस्था गम्भिर छ । सघन उपचारकक्षमै अनशन जारी राखेका डा. केसीको उपचार भईरहेको उनले बताए । मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले डा. केसीको उपचारमा एक चिकित्सक सहित अन्य स्वास्थ्यकर्मी खटाईएको बताए । जतिसक्दो छिटो आईसीयू सेवा सञ्चालन गरी केसीको स्वास्थ्य प्रतिकूल असर नपर्ने गरी उपचारको प्रबन्ध मिलाइरहेको उनको भनाई छ । हाल डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले अन्य संक्रमणको सम्भावनासमेत बढेको उपचारमा संलग्न चिकित्सक डा. प्रवीण गिरीले बताए । उनका अनुसार डा. केसीको शरिरमा चिनीको मात्रा घटेको छ, पिसाब भएको छैन् । स्लाईन र अक्सिजन निरन्तर दिईएको छ । ‘हामिसँग दक्ष जनशक्ति छ, तर सोहि अनुसारका सबै उपकरण छैेन’ डा. गिरीले भने, ‘सरकारले उपकरण पठाएर र डा. केसीको माग सम्बोधन गरी जिबन रक्षा गर्नुको साटो दुई दिनका लागि थप चिकित्सक पठाएर के गर्न खाजेको हो ?’ सरकारले केन्द्रबाट दुई चिकित्सक पठाएर कर्णालीका चिकित्सकप्रति अविश्वास गरेको भन्दै उनले दुखेसो पोखे ।
सांसदको टोली फिर्ता
डा. केसीले उठाएका माग जायज भएको भन्दै केसीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार जुम्ला आाएका तिन सांसदको टोली फिर्ता भएको छ । डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र अनशनप्रति समर्थनको षोषणा गर्न कांगेसले खटाएका तिन सांसद शुक्रबार दिउसो जुम्लाबाट फिर्ता भएका हुन् । शुक्रबार डा. केसीलाई भेटेर फिर्ता हुनेक्रममा पत्रकारसँग बोल्दै सांसद प्रकाश रसाँईलीले केसीका माग पूरा गराउन संसद र सडकमा संघर्ष गर्ने बताए । कांग्रेसले प्रतिनिधिसभाका सांसद प्रकाश रसाइली, रंगमती शाही र प्रदेससभाका सांसद दिनबन्दु श्रेष्ठलाई जुम्ला पठाएको थियो ।
जुम्ली महिला सडकमा
डा. गोविन्द केसीको अनशनलाई समर्थन गर्दै जुम्लाका महिलाहरु पनि सडकमा उत्रिएका छन् । केसीका मागलाई तत्काल सम्बोधन गरी गरिबका छोराछोरीलाई चिकित्सा शिक्षा सुनिश्चित गर्न सरकारले ध्यानदिनुपर्ने भन्दै शुक्रबारबाट जुम्ली महिलाहरु पनि नाराजुलुस सहित सडकमा उत्रिएका हुन् । जुम्लामा एमबिबिएस पढाई शुररु गरेर कर्णालीबासीका लागि हितका लागि सरकारले काम गर्नुको साटो उल्टै डा. केसीले उठाएका जायज मागलाई लत्याउन खोजेको महिला अगुवा पुर्वकन्या उपाध्यायले बताईन । उनले भनिन, ‘यो आन्दोलन डा. केसीको मात्र होईन, आम नेपालीको हो । सरकारले जनमुखी चिकित्सा शिक्षा विद्येयक नल्याएसम्म महिला संजालले पनि चरणबद्ध विरोधका कार्यक्रम गर्ने चेतावनी दिन्छु ।’ अनशनरत डा. केसीलाई दैनिक १ हजार बढि समर्थक तथा शुभचिन्तकहरुले भेट्ने गरेका छन् । भने, केसीको समर्थनमा चरणबद्ध आन्दोलनका स्वरुप परीवर्तन हुँदै गएका छन् ।