
काठमाडौँ ः चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन वानेश्वरमा गएर सभामा परिणत हुनेछ ।
डा.केसीको माग पूरा गर्न सरकारलाई दबाव स्वरुप विभिन्न पेशागत संघसंगठन र विभिन्न व्यापारिक संघ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघ, ईन्जिनियर एसोशिएशन, बार एशोशिएसन लगायत डा. केसीको जीवन रक्षा र उनको माग पूरा गराउन समर्थन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा पनि प्रदर्शनमा सहभागी भएका छन् ।
१५ दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य थप कमजोर बन्दै गएको छ ।
स्रोत ः नयाँ पत्रिका
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार