
जुम्ला ः जुम्ला पछिल्लो समय पर्यटकिय.जिल्लाका रुपमा विकास हुदै गएको छ । संघियता पछिको कर्णाली प्रदेश सरकारले जुम्लालाई पर्यकिय सहरका रुपमा विकास गर्ने योजना अघि सारेको छ । उसै त कर्णालीमा पर्यटकिय क्षेत्रको धरोहरका रुपमा चिनिन्छ । जुम्लाको चन्दननाथ, भैरबनाथ मन्दिर, विश्वको अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, तातोपानी धारा, गुठीचौर पाटन, लगायतका क्षेत्र जुम्लाका आकर्षक पर्यटकिय स्थल हुन् ।
त्यसैमा जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले जुम्लामा निमार्ण गरेको देशकै ठुलो शान्ति स्तुपाले जुम्लाको पर्यटन विकासमा टेवा पुराएको विज्ञहरु बताउन्छन् । सदरमुकामको उत्तर पट्टी सिंगाचौर स्थित झण्डै ७२ हजार फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुपा निमार्ण भईरहेको छ । जुम्ला, मुगु र काठमाडौँमा बस्ने मुगाली समुदायको आफ्नै सक्रियतामा बन्दै गरेको शान्ति स्तुपाले जुम्लाको सौन्र्दयमा नयाँ आयाम थपेको पर्यटन विकास केन्द्र जुम्लाले बताएको छ ।
बौद्ध र स्वयम्बु बाहेक नेपालकै सब भन्दा ठुलो स्तुपा निमार्ण गरिएको छ । २०६८ सालबाट निमार्ण शुरु गरिएको स्तुपाको ९० प्रतिशत काम सकिएको निमार्ण संयोजक फुर्वा छिरिङ लामाले बताए । प्यागडा शैलीमा निमार्ण भईरहेको स्तुपामा नुन देखि सुन प्रयोग गरिएको लामाले जनाए ।
हिंसा नहोस् भन्न, हतियार, तथा तरबार, भोकमरी नहोस र उत्पादन बृद्धिका लागि विभिन्न अन्नपात, हालिएको छ । फुर्वा छिरिङ लामाले भने, विभिन्न धातु देखि अमेरिकाबाट सहयोग भएको झण्डै २८ टन किताब मात्रै स्तुपा निमार्णका क्रममा भित्र हालिएको छ । हिमालयन पिस एसोसियसको माताहतमा निमार्ण भईरहेको हो ।
३० करोड रकम लगानीमा शान्ति स्तुपा
अहिले शान्ति स्तुपा निमार्णको काम ९० प्रतिशत सम्पन्न भएको छ । भने, झण्डै २६ करोड बढि रकम खर्च लागि सकेको फुर्वा छिरिङ लामा बताए । बाँकी १० प्रतिशत काम सकिन्जेल सम्म ४ करोड जति खर्च लाग्ने अनुमान गरिएको उनको भनाई छ । खर्चको ७५ प्रतिशत रकम सबै मुगाली समुदायले व्यहोरेका छन् ।
जुम्लामा बस्ने झण्डै दुई सय बढि जनजाती मुगाली, मुगुमा तथा काठमाडौँमा बस्ने मुगाली समुदायले एक हजार देखि ३ लाख सम्म व्यक्तिगत स्तुपा निमार्णका लागि दान गरेका छन् । भने, स्तुपा निमार्णका लागि गत वर्षको सांसद विकास कोष अन्तर्गत, कालिकोटका प्रेम बहादुर सिंहले ५० लाख, जुम्लाका बलबहादुर महत २० लाख, दिनबन्दु श्रेष्ठ एक लाख, ललिजजंग शाही, एक लाख, साविकको जिविसबाट एक लाख गरी ७३ लाख सहयोग प्राप्त भएको जनाएको छ ।
त्यसैगरी पर्यटन मन्त्रालयबाट क्रममागत रुपमा अहिले सम्म ३७ लाख रकम प्राप्त भएको छ । लाखौँ पढन्े २८ टन किताबा, केहि मंहगा, मुर्तिहरु लगायतका सामान विदेशबाट सहयोग स्वरुप प्राप्त भएका छन् । तर, केहि महंगा मुर्तिहरु किन्न बाँकी छन् । निमार्ण प्रक्रियामा सरकार तथा अन्य दातृनिकायबाट २५ प्रति मात्रै सहयोग पाइएको मुगाली समुदायले बताएका छन् ।
२०६८ साल देखि निमार्ण शुरु भएको स्तुपामा सबै मुगाली समुदाय दैनिक बिना ज्याला काम गर्छन, चित्रकार, ग्रिमे लामाले भने, ज्याला जोड्ने हो भने, त ३५ करोड सम्म पुग्ने देखिन्छ । एकै दिनमा मात्रै ७० बढि कामदालाई ज्याला दिनु परेको उनले उल्लेख गरे ।
देश शान्ति जुम्लालाई पर्यटकिय जिल्लाका रुपमा विकास गर्ने मनसायले मुगाली समुदायले स्तुपा निमार्ण गरेको बताए । जुम्लाकै एक आर्कषकका रुपमा रहेको स्तुपाबाट पुरै जुम्ला सदरमुकामको दृष्य अवलोकन गर्न सकिन्छ ।
आउने कार्तिकमा उद्घाटन गरिदै
जुम्लामा निमार्ण भईरहेको देशकै ठुलो शान्ति स्तुपा आउने कार्तिक महिनामा उद्घाटन गरिने जनाएको छ । ९० प्रतिशत निमार्ण कार्य सकिएको स्तुपाको उद्घाटन कार्तिकमा गरिने चित्रकार ग्रिमे लामाले बताए । उनले भने, अहिले चित्रकोर्ने, रंगरोगन गर्ने, बुद्ध जन्मका बारेमा शिलालेख लेख्ने तथा मुर्ति प्रतिस्थापन गर्ने, काम भईरहेको छ ।
तीन महिना भित्र सबै निमार्ण काम सकेर आउने कार्तिकमा भुटानी धर्मगुरु तथा नेपालका पर्यटन मन्त्रीको संयुक्त बाहुलीमा उद्घाटन गर्ने योजना रहेको मुगाली संघका अध्यक्ष कार्मा ठिले तामाङले बताए ।
सय रुपैया देखि माथि दानदिनेको नाम पनि शिलालेखमा लेखिने छ । उनले भने, जुम्लाकै सम्पत्तिका रुपमा लिएर यसको संरक्षण तथा प्रबद्धनमा सबैले जोड दिए आर्थिक समृद्धिको आधार बन्ने दाबी गरे ।
जुम्लामा पछिल्लो समय पर्यटन विकासका गतिविधि बढ्दै गएका छन् । यहाँका विभिन्न सम्भावनालाईहरुलाई चिनाउन तथा जुम्लालाई पर्यटकिय शहरका रुपमा विकास गर्नका लागि अल्ट म्याराथन देखि पुर्वाधार विकासमा पनि यहाँका स्थानीय तहले विशेष योजना अघि सारेका छन् । पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिलाई मध्यनजर राख्दै पर्यटनका गतिविधि अघि बढाइएको पर्यटकिय तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपालने बताए । उनले भने, पर्यटन पुर्वाधार निर्माण पदमार्ग निर्माण लागि ३० लाख बढि विजियोजित गरेको बताए ।
यता, चन्दननाथ नगरपालिकाले घण्टाघर निर्माणका लागि बजेट बिनियोजन गरेको छ । बल बहादुर महत पर्यटन राज्य मन्त्री हुँदा जुम्लाका ६० वडामै मन्दिर निमार्ण भएका छन् । भने, साना साना स्तुपा पनि निमार्ण भएका छन् । यहाँका स्थानीय तहले पर्यटन विकासबाट आर्थिक लाभ सजिलै लिन सकिने भएकाले विशेष जोेड दिईने बताएका छन् ।