जुम्लामा डाक्टर गोविन्द केसीको अनशन डायरी

  • चिकित्सा शिक्षाको सुधारको माग राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्नका लागि ०७५ असार १५ गते बेलुका जुम्ला पुगे ।
  • डा केसी अनशन बस्न जुम्ला पुगेको जानकारी पाएपछि प्रशासनले असार १५ गते बेलुका नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रशासन र जिल्ला प्रहरी कार्यालय देखि दुई सय मिटर वरपर अनशन, धर्ना जुलुस कुनै पनि गतिविधि गर्न नपाईने भन्दै निशेधित क्षेत्र घोषणा गर्यो
  • असार १६ गते डाक्टर गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहान १० बजे जादै गर्दा नेपाली सेनाको टुडिखेल मैदानमा माथिल्लो गेटमा प्रहरीले रोक्यो । प्रहरीले प्रतिष्ठान जान रोकेपछि पुन केसी फर्किएर प्रशासन अगाडी समर्थक सहित धर्ना दिए । निशेधित क्षेत्रमा धर्ना दिएपछि प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पुर्यो । डाक्टर केसीले जिल्ला प्रहरी कार्यालयभित्र अनशनको घोषणा गरेपछि सोही दिन अपरान्त ४ बजे तिर पुर प्रहरीले जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा लगेर छोड्यो ।
  • असार १६ गते देखि अनशन शुरु गरेका डाक्टर केरीले अव्यवस्थित रुपमा चार दिनसम्म कभर्ड हलमा विताए ।
  • डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अनशनको पाँचौँ दिन अर्थात असार २१ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । डाक्टर केसीका समर्थक र चिकित्सकहरुले कभर्डहलमा स्वास्थ्यका दृष्टिकोण उचित स्थान नभएकाले प्रशासन लचिलो बनेपछि प्रतिष्ठान लिन सफल भएका हुन् ।
  • डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर हुदै गएपछि र उपचारका लागि जुम्लामा आईसियू जस्ता उपकरण नभएपछि चिकित्सा संघले जुम्लामा डाक्टर केसीलाई उपचार गर्न नसकिने भन्दै आएको थियो ।
  • डाक्टर केसीको सर्मथनमा नेपाली काँग्रेस, विवेकशिल शाझा पार्टी, नयाँ शक्ति र नागरिक समाज तथा महिला अगुवाहरुले प्रतिप्रतिदिन डा केसीका माग सम्बोधनका राज्यलाई दवाव दिए आएका थिए ।
  • नेपाली काँग्रेसका सांसद दिनबन्धु श्रेष्ट, रंगमति शाही, प्रकाश रसाईली त्यसैगरी गरी विवेशिल शाझा पाटीका कर्णाली प्रदेश संयोजक गहेन्द्रप्रसाद दाहाल र मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र अर्याल लगायत व्यक्तिहरुले जुम्लामै आएर डाक्टरलाई भेटेर सर्मथन जनाएर माग संम्बोधनका लागि राज्यलाई दवाव दिदै आएका थिए ।
  • अनशनको २० औँ दिन अर्थात साउन ३ गते बिहान ९ बजे ः अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लैजाने हल्ला चलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसी समर्थकको विरोध प्रदर्शनको तयारी, केसीलाई लैजान सेनाको हेलिकोप्टर भगवती दल गणमा अवतरण ।
  • बिहान १० बजे कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक खगराज बरालसहित प्रतिष्ठान हातामा प्रवेश गरे । विद्यार्थीले अवरोध गरेपछि डा. केसीलाई नभेटेरै उनीहरू फर्किए ।
  • बिहान १०ः३० बजे प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र सरकारी टोलीबीच आधा घन्टा छलफल भयो । केसीलाई काठमाडौं लैजाने सहमति बनेन । सरकारी टोली बल प्रयोग गरेरै भए पनि लैजाने निष्कर्षमा पुग्यो ।
  • बिहान ११ः३० बजे प्रहरी बल प्रयोग गरेर अस्पतालभित्र र्छियो । विरोधमा उत्रिएका विद्यार्थी र स्वास्थ्यकर्मीसँग झन्डै एक घन्टा झडप भयो । प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भए । झडपका क्रममा प्रतिष्ठानका झ्यालढोकाका सिसा र फर्निचर तोडफोड भए ।
  • दिउँसो १ः३० बजे डा. केसीले पत्रकार सम्मेलन बोलाए  । जुम्लामा बसिरहँदा धनजनको ठूलो क्षति हुने देखिएकाले आफू काठमाडौं जान तयार भएको उनले बताए । तनावग्रस्त वातावरण त्यसपछि सामान्य बन्दै गयो ।
  • दिउँसो ३ः०० बजे जुम्लाका डिएसपी तपनकुमार दाहालले भिडलाई नियन्त्रणमा लिने उद्देश्यसहित ‘घाइते प्रहरी कमल उपाध्यायको निधन भयो’ भन्दै माइकिङ गरे । त्यसपछि प्रदर्शनकारी तितर–बितर भए ।
  • अपराह्न ४ः०० बजे प्रतिष्ठान परिसरमा केसीका केही समर्थक विरोधमै थिए । तर, पनि सरकारी टोली केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान सफल भयो । जाँदाजाँदै केसीले आपूmलाई बल प्रयोग गरेर सरकारले काठमाडौं जान बाध्य पारेको बताए ।
प्रतिक्रिया दिनुहोस