आगलागीबाट मृतक बालिकाको परीवारलाई १ लाख १५ हजार राहात


नन्दराम जैसी
जुम्ला । बुधबार राति घर आगलागीबाट मृतक चन्दननाथ नगरपालिका २ कि ३ वर्षिय बालिका कृष्मा कुमाईको परीवारलाई राहत बितरण गरीएको छ । रातीको १२ बजेतिर घरमा भएको आगलागीमा परि जलेर तिन वर्षिया बालिका कुमाईको मृत्यु हुनुका साथै पुरै घर समेत नष्ट भएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतक बालिकाको परीवारलाई बिहिबार जिल्ला दैवि उद्धार समितिको राहत कोषबाट १ लाख १५ हजारको चेक हस्तान्त्रण गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार आगोमा जलेर मृत्यु भएकी कृष्माकी आमा नानी कुमाईलाई चेक हस्तान्तरण गरिएको हो । घरमा सुतिरहेको अबस्थामा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर प्रकाश केसीले बताए ।
‘हामीले चाहेर पनि बालिका लाई बचाउन सकेनौ, घरमा सुतिरहेका बालिकाकी दुई बृद्ध बजै बाँच्न सफल भए’ उनले भने, ‘घरमा रहेका दुई जना बजै बाहिर निष्केपछि मृत्तक कृष्मालाई ल्याउन जान सक्ने कुनै अबस्थानै रहेन, भित्र बालिका छ भन्ने थाहा हुँदा पनि पुरै घर जलिसक्यो ।’
आगो निभाउन नजिकै पानीको स्रोत कम भएकै कारण उद्धार गर्न नपाउदै बालिकाको मृत्यु भएको हो । मृत्तक बालिकाको बाबा कर्ण बहादुर कुमाई हाल विदेशमा हुनुहुन्छ । बुधबार घर लागलागी हुनुपुर्व नै मृतक बालिकाकि आमा नानी कुमाई बिरामी भएर अस्पताल भर्ना भएकि थिईन् । भने उनका हजुर बुबा समेत अर्कैकै घरमा पाहुना गएका थिए । घर आगलागी भएपछि प्रहरी, नेपाली सेना र स्थानियको पहलमा झण्डै ५ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । दुई तले ६ कोठा रहेको घरको अन्नपात, लत्ताकपडा तथा सबै सामान पुरै जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै २३ लाख बरारको क्षेति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया