जुम्ला : उपभोक्तको ढाडसेक्ने गरी मुल्य बृद्धि गरेको भन्दै कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । सरकार बिरुद्ध देशैभरी प्रर्दशन गर्ने पुर्व घोषित कार्यक्रम अनुसार जुम्ला सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय नेता बद्रीप्रसाद पाण्डेले केन्द्रीय कार्यक्रम अनुसार जुम्लामा समेत सरकारको अधिनायक र जनबिरोधी कार्य बिरुद्ध प्रर्दशन गरिएको बताए । उनले भने यो सरकार नेपाली जनताको रक्षक होइन भक्षक हो उपभोक्तालाई सहन र थेक्न नसक्ने गरी मुल्यबृद्धि गरेको छ यो तत्काल फिर्ता लिनुपर्छ ।
उनले वर्तमान सरकारका काम कारवाही, प्रदेश सरकारको नीति एवं स्थानीय सरकारले बृद्धि गरेको कर बृद्धि र महङगी बिरुद्ध प्रर्दशन गरिएको कांग्रेसका जिल्ला सभापति दिपबहादुर शाहीले बताए । सरकार बिरुद्ध नाराबाजी गरिरहेका काँग्रेसका नेता कार्यकर्ताले करबृद्धि रोक्नुपर्ने, महङगी नियन्त्रणमा जोड दिएका छन् ।
प्रर्दशनमा केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे, पुर्वसांसद ललिजंग शाही, नेताहरु देवेन्द्र शाही कान्तिका सेजुवाल, लछिमन बोहोरा, गायत भातृ संघसंस्थाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । खलंगा बजार प्रर्दशन पछि कृष्णमन्दिरमा कोण सभा भएको कांग्रेसले जनाएको छ ।