
सुर्खेत ः प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकका लागि तीव्र तयारी भईरहेको छ ।
भोलि २१ गते दिउँसो १ बजे बस्ने पहिलो अधिवेशनका लागि कार्य्विधि, सभा स्थलको व्यवस्थापनलगायतका तयारी भएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् ।
पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ । सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो ।
पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् ।
सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्य्विधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो ।
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार