एन्टोज जुम्लाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा शाहि


सागर परियार
जुम्ला ः नेपाल पर्यटन पत्रकार संघ जुम्लाको नँया कार्यसमिति चयन गरिएको छ । क्रियाशिल पत्रकार नेत्र बहादुर शाहिको नेतृत्वमा १३ सदस्यी जिल्ला संघ गठन गरिएको हो । जसको उपाध्यक्षमा रेडियो कर्णालीका गोल्डेन बुढा, महिला उपाध्यक्षमा रेडियो नारी आवाजका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने चयन हुनु भएका छन् ।

भने, सचिवमा कर्णाली पोष्टका सह सम्पादक सागर परियार, कोषाध्यक्षमा रेडियो खुल्ला आकाशकी शान्तीमाया खत्री र सह सचिवमा शुभाकर विश्वकर्मा लगायत १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

जुम्लामा रहेर स्थानीय तथा राष्ट्यि स्तरमा काम गर्दै आएका क्रियाशील पत्रकारहरुलाई सदस्यमा ल्याईको छ । नेपाल पर्यटन पत्रकार संघ कर्णालीका महिला उपाध्यक्ष दिलमाया शाहिको अध्यक्षता तथा पत्रकार महासंघका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

साथै, ५ सदस्यीय सल्लाकार समिति पनि गठन गरिएको छ । नरेन्द्रनाथ योगी, बरम महत, नौरेते नेपाली गिता शाहि महतर मानदत्त रावल सल्लाकार समितिमा आएका छन् । कर्णाली पर्यटनको मुहान हो, नवनिर्वाचित अध्यक्ष नेत्र बहादुर शाहिले भने, यहाँका हरेक सम्भावनालाई कलमका माध्यमबाट देशलाई चिनाउने प्रयास गरिने बताए । अहिले सबै क्रियाशिल साथी समितिमा आएका छन् ।

पक्कैपनि पर्यटन प्रबद्धनका क्षेत्रमा सबैले कलम चलाउनेमा विश्वस्त रहेको समेत दाबी गरे । केन्द्र तथा प्रदेश संघले जिल्ला स्तरका साथीको क्षामता विकासका कार्यक्रम ध्यान दिन उनको सुझाब छ । भने, जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिका संग समन्वय गरी पर्यटन प्रबद्धनका लागि एन्टोज शाखा जुम्लामा सक्रिय हुने बताए ।

कर्णालीका पर्यटन सम्भावनाहरु प्रचारप्रशारको अभावले ओजेलमा परेका छन्, नेपाल पत्रकार महासंघ जुम्लाका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगाीले भने, समग्र कर्णाली लाई चिनाउन पर्यटन क्षेत्रको विकास आबश्यक छ । यसका लागि नेपाल पर्यटन पत्रकार संघ जुम्लाले जिम्मेवारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । संघ भित्र आएका सबै पत्रकार क्रियाशिल भएकाले पक्कै पनि पर्यटन प्रबद्धनमा टेवा पुग्ने दाबी उनको छ । जुम्लाका गुठिचौर पाटन, तातोपानी, छुमचौर जिउलो, पातारासी हिमाल, तातोपानी, ठाकुर ज्यु, विष्टज्यु लगायतका पर्यटन क्षेत्रलाई विशेष प्रथामिकता राख्ने संघको प्रतिबद्धता छ ।

कर्णाली पर्यटन सम्भावनालाई उजागर गर्न तथा आर्थिक विकासमा टेवा पुराउनका लागि प्रदेश तथा केन्द्रले विशेष प्रथामिकता दिने प्रदेश महिला उपाध्यक्ष दिलमाया शाहिले बताईन । कर्णाली क्षेत्रको पर्यटन प्रबद्धनमा लागि पर्ने सबै पदाधिकारीले प्रतिबद्धता गरेका छन् । भने, नयाँ कार्यसमिति चयन कार्यक्रममा जिल्लाका सबै पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया