
रमन न्यौपाने
सुर्खेत । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा तिज गितको निकै रमझम देखिन थालेको छ । विभिन्न गायक, गायिकाको स्वरमा सार्वजनिक भएका तिज गितहरुले दर्शक, स्रोताहरुको ध्यानाकर्षण गरीरहेका छन् । गायक, गायिकाको अपेक्षा अनुसार हरेक बर्ष सार्बजनिक हुने सबै तिज गितले बजारमा ठाँउ पाउन तथा सबैको मन जित्न नसकेकै कारण कतिपय गितमा भएको लगानी बालुवामा पानी खन्याएझै नभएको पनि होईन ।
तर यसैबिच गायक रोशन सिङ्गको नाच माया बोलको तिज गित बजारमा आएपछि अहिले निकै चर्चामा छ । तिज आउन धेरै दिन बाँकि रहँदा पनि रोशन सिङ्गको नाच माया बोलको गित सुन्दा समुह तथा ब्यक्तिगत रुपमा दर्शकहरु नाच्न थालेका छन् । गित सुन्दा मिठो स्वर, मिठो लय, शब्दले नै सबैलाई नाचुनाचु लाग्छ । गितमा गायक रोशन सिङ्ग र गाईका सम्झना मगरको स्वर रहेको छ, भने सविना लामाको शब्द र रोशन सिङ्गकै संगीत रहेको छ । गितमा रोशन सिङ्ग र सम्झना मगरले अभिनय गरेका छन् । प्रकाश खड्काले छाँयांकन गरेको यो गित मिलन विश्वकर्माले ईडिक्ट गरेका हुन् ।
बिगत ३ बर्ष देखि साङ्गितिक क्षेत्रमा रहेका गायक सिङ्ग छोटो समयमा नै आफुलाइ सांगितिक भिडमा स्थापित गराउन सफल गायकहरुमध्य एक हुन् । ओइ जोति..ओइ जोति….। तरकारी वाली….जस्ता खुबै चर्चित गित गाएर उनले सांगितिक डायरीमा आफ्नो नाम लेखाउनुका साथै आफुलाई करोडौ दर्शक, स्रोताकाबिच चिनाईसकेका छन् ।
आफुले सधै आफ्नै शब्द संगीतका गित गाउने गरेको गायक सिङ्गले बताए । अहिले उनि बिस्तारै फिल्म तिर पाईला चालने तयारी गर्दै छन् । बजारमा सार्वजनिक सयौ तिज गितहरुमध्य गायक सिङ्गले गायको नाच माया बोलको गितले मौलिक पना पनि झल्काएको छ । अहिले यो गित युटुब, सामाजिक संजाल तथा देशभरका सबै रेडियोहरुमा पनि गुन्झीन थालेको छ ।
भिडियो हेर्न तलको लिंक थिच्नुहोस्