नन्दराम जैसी
जुम्ला । तातोपानी गाँउपालिका १ राँका गाँउका दुई सय घरधुरीको दैनिकि त्यँहाको तरापिपाटन क्षेत्रसँग जोडिएको छ । राँका गाँउका अधिकांश स्थानियको खेतियोग्य जमिन पनि तरापिपाटन क्षेत्रमै छ । पुर्खौदेखि राँका गाँउबासी सो क्षेत्रमा मुख्य कुषि उपज उत्पादन तथा पशुपालन गर्दै आएका छन् । गाँउबाट त्यँहा आउजाउ गर्दा खालि हिड्नुपरे तिन घण्टा र भारीसँग भए चारदेखि पाँच घण्टासम्मको पैदल यात्रा गरी एउटा लेक काट्नुुपर्छ । चाहे त्यो तरापिपाटन क्षेत्रको खेतियोग्य जमिनमा उत्पादन भएको कृषि उपज घर ल्याउँदाहोस् वा घरबाट खानेबस्ने सामाग्रि समेत त्यँहा बोकेर लैजाँदै गर्दाहोस् ।
बर्षाको झरी र चैत, बैशाखको हुरीबतासमा समेत यसरी गाँउदेखि पाटनक्षेत्रमा आउजाउ गर्न निकै जोखिम भएपछि अधिकांशले त्यहाँ बर्षा सिजनमा बस्ने घर समेत बनाएका छन् । कतिपयले बालि उत्पादनदेखि संकलन गरी घर भित्र्याउँदासम्म दुई, चार महिना तरापिमा बनाएको त्यहि घरमै बस्ने गरेका छन् । तर निकै ठुलो बोझ बोकेर घरदेखि तरापि आउजाउ गर्न बाध्य राँकाबासीलाई भने अहिले त्यो बाध्यता हटेको छ । गाँउदेखि तरापि जोड्ने ग्राभिटी गुट्स रोपवे निर्माणपछि स्थानियले बोक्ने सबै प्रकारको बोझ रोपवेबाटै ओसारपोसार हुन थालेपछि राँकाबासी दंग छन् । यहि असार महिनाबाट जिल्लामै पहिलो पटक संचालनमा आएको रोपवेबाटै अहिले सबै सामानहरु ओसारपोसार गर्न थालेपछि उनिहरु छक्क परेका हुन् । यसअघि भारीसँग चारघण्टाको पैदल हिडेका स्थानियको बोझ अहिले रोपवेले पाँच मिनेटमै पाटनदेखि घरमा ओसार्न थालेको छ ।
रोपवेबाट सामान आयत, निर्यात गर्दा प्रतिकेजि एक रुपैया लिने गरेको अपरेटर टक्क बुढाले बताए । उनका अनुसार रोपवे संचालनबाट संकलन भएको रकममध्य ४० प्रतिशत अपरेटर खर्च र बाँकि मर्मत संभार कोषमा जम्मा गर्ने गरीएको छ । जिल्ला कृषि विकास कार्यालय र तातोपानी गाँउपालिकाको समन्वय, युरोपेलि संघ, जर्सी ओभरसिज एडको आर्थिक सहयोग तथा प्राटिकल एक्शनद्धारा संचालित विकास परीयोजना अन्र्तगत जिल्लामै पहिलो पटक १४ सय ८० मिटर लामो रोपवे निर्माण भएको हो । रोपवे निर्माणमा ४२ लाख, ८६ हजार, १ सय ५८ रुपैया लागत खर्च भएको छ ।
‘रोपवे कहिल्यै देखेकि समेत थिँईन, सामान ओसार्न निकै सहज हुँदोरैछ’ राँका गाँउकि गोरी सार्किले भनिन् ‘यो मैले कल्पना नगरेको बिषय हो, बर्षौदेखि सरकार तरापि जोड्ने सडक काट्दै थियो, तर ६ महिनामै रोपवे बनेर सामान ढुवानि गर्न पाँउदा अचम्म लागेको छ ।’ उनिजस्तै घरबाट खाने कुरा तथा लत्ताकपडा लगाएतका सामाग्रि पाटनमा र पाटनबाट घाँस, दाउरा लगाएत कृषि उपजहरु घर ओसार्दै गरेका नवराज रावल पनि निकै खुसि छन् । उनले भने, ‘अब बोझ बोकर घरबाट तरापिपाटन हिड्नुपर्ने बाध्यता हट्यो, सामनसँग हिड्दा थकाई मात्र होईन जंगलमा डरत्रास पनि त्यत्तिकै हुन्थ्यो ।’
तरापिपाटन क्षेत्र जुम्लाको स्याउ र सिमि उत्पादनको हिसाबले पकेट क्षेत्र पनि मानिन्छ । कर्णाली राजमार्गबाट एकतर्फि तिनघण्टा पैदल हिड्नुपर्ने सो क्षेत्रमा जाँदा आँउदा जोखिमपुर्ण गोरेटो बाटो भएकाले ढुवानिमा सास्ती भोगेका कृषकहरुलाई स्थानिय स्तरमा उत्पादन हुने कृषि उपजको ढुवानि गर्न सहज हुनुका साथै उनिहरुको कार्यबोझ पनि घट्ने देखिन्छ । रोपवेको दिगो संचालनका लागि गाँउपालिका कृषि शाखा, स्याउ सुपरजोन तथा कृषि क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाले तरापिपाटन क्षेत्रमा कृषि उपज बढाउन आवाश्यक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । तरापिजस्तै उत्पादन राम्रो तर ढुवानिको समस्या भएका जिल्लाका धेरै क्षेत्रहरु छन् । त्यसैले यस्तो रोपवे प्रविधिबाट स्थानिय कृषकहरुको कार्यबोझ घट्ने तथा सामान ओसारपोसारमा धेरै सहज हुने भएकाले अन्य ठाँउमा पनि रोपवे निर्माण गर्नुपर्ने आवाश्यक देखिन्छ ।