कञ्चनपुरका सीडीओ, एसपी र डीएसपीको सरुवा


काठमाडौं ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । टोलीमा तीनओटै सुरक्षा निकायका डीआईजी र आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश नम्बर ७ का एक–एक जना प्रतिनिधि रहनेछन् । टोलीलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई पनि फिर्ता बोलाइएको छ । उनीहरुको स्थानमा अरुलाई जिम्मेवारी दिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया