जिल्ला स्वास्थ्य प्रमुखमाथि नेकपा कार्यकर्ताद्वारा दुर्व्यवहार

कालीबहादुर मल्ल
कालिकोट ः जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार गरेका छन् ।
सुत्केरीको उपचार गर्न रास्कोट नगरपालिका पुगेका अलीलाई नेकपाका जिल्ला सदस्य ललिजङ्ग शाहीको नेतृत्वमा आएको समूहले मोसो दलेर दुर्व्यवहार गरेको हो ।
सान्नी त्रिवेणी गाउँपालिका(४ का १८ वर्षीया जमुना सहकारी प्रसूति हुन नसकेपछि उपचार गर्न गएका डक्टर अलीलाई भष्टचार गरेको आरोपमा मोसो दलेका हुन् ।
प्रसूति हुन नसकेर सहकारीको १८ गते मृत्यु भएको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस