कञ्चनपुरमा फेरि तनाव ः प्रहरीको गोलीले एकजनाको मृत्यु


कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको ज्यान गएको छ ।

बिहीबार साँझबाट लगाइएको कर्फ्यू बिहान ५ बजे हटेपछि शान्त रहेको महेन्द्रनगर बजार क्षेत्रमा शुक्रबार साँझ अचानक भएको प्रर्दशनका क्रममा प्रहरीले हानेको गोली लागेर एक स्थानीय युवाको ज्यान गएको हो ।

गोली लागेर मारिएका युवकको पहिचान खुलिसकेको छैन । प्रहरीको गोलीले अर्का प्रदर्शनकारीको खुट्टामा गम्भीर चोट लागेको छ ।

साउन १० गते बालिका निर्मला पन्तको हत्या भएपछि कञ्चनपुर अशान्त रहँदै आएको छ । बालिका पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई जोगाएर मानसिक सन्तुलन गुमेएका एक युवालाई फसाउन खोजेको भन्दै स्थानीयबासीले पाँच दिनदेखि प्रदर्शन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया