अस्ताए ‘लोकतान्त्रिक धामी’ जुम्लाले गुमायो कुशल अभियानन्ता


नन्दराम जैसी

जुम्ला ः नेपाली इतिहासमा ‘लोकतान्त्रिक धामी’ उपनामले निकै परिचित एक सामाजिक अभियान्ताको निधनले जुम्ला यतिबेला शोकमग्न छ । सामाजिक संजाल फेशबुकदेखि जिल्लाका हरेक चिया नास्ता पसलमा समेत उनकै बिषयमा गुनगान हुनुका साथै समबेदना प्रकट गर्नेको ओहीरो छ । उनि हुन्,  तातोपानी गाउँपालिका ५ लाम्रा निवासी तिलक प्रसाद चौलागाई । ‘लोकतान्त्रिक धामी’ उपनामले परिचित सामाजिक अभियान्ता चौलागाई ६० बर्ष नपुग्दै उनको बिहिबार हाई अल्चियुटका कारण निधन भयो । बडिमालिका तीर्थयात्रा गएको बेला एक्कासी विरामी परेपछि उनलाई घर फकाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गर्ने क्रममा निधन भएको हो । चौलागाईको निधनपछि उनले यस अघि लोकतान्त्रिक धामी नाच प्रस्तुतिबाट सामाजिक कुसस्कार विरुद्धको अभियान चलाएको कुरा जिल्लाबासीले हाल तारीफ गर्न थालेको छन् ।

‘लोकतान्त्रिक धामी’ को उपचारका संलग्न डाक्टरहरुका अनुसार अस्पताल पु¥याउदा उनको अवस्था अत्यन्त नाजुक थियो । तीर्थयात्राको क्रममा हाई अल्चियुट लागेर उनको श्वासप्रस्वासमा एक्कासी समस्या आउँदा सोही कारण निधन हुन पुगेको बताईएको छ । उनलाई प्रतिष्ठानको विशिष्ट कक्षमा राखेर उपचार भएको थियो । कर्णाली लगायत जुम्लामा विद्यमान छुवाछुत, बाल तथा बहु बिवाह, सरसफाईको कमजोर अवस्था लगाएत सामाजिक कुसस्कार विरुद्धका अभियान उनले धामी नाचबाट संचालन गरेका थिए । सोही अनुसार उनि विभिन्न मेला, महोत्सव, सामाजिक कार्यक्रममा सहभागि भएर जनचेता फैलाउने गर्दथे । विषेश गरि कर्णालीमा विद्यमान विकास निर्माणमा ब्यापक ढिला सुस्ती, भष्ट्रचार लगायतका विषयमा उनले दुई दशक समय यता जनचेतना फैलाउने तथा दबाब मुलक कार्यक्रम गर्दै आएका थिए ।

स्थानिय लक्ष्मी चौलागाईले कर्णालीले मात्र नभई देशले नै एक कुशल सामाजिक अभियान्ता गुमाएको तर्क गरे । उनको निधन जिल्लाको लागि कालो दिन भएको उनको भनाई छ । उनले भने, ‘अभियान्ताको निधनले अब सधैका लागि कर्णालीका निमुखाको आवाज बन्द भयो, निस्वार्थ रुपमा सामाजिक क्षेत्रमा लाग्ने यस्तो कुशल अभियान्ता जिल्लाले पाउने छैन ।’ उनको निधनका कारण नेकपा जुम्लाले पार्टी स्तब्ध भएको बताएको छ । विभिन्न सांस्कृतिक संस्थासँग आवद्ध रहि सस्कृति संरक्षणमा समेत उनले ठुलो योगदान गरेको छन् । चौलागाई तत्कालित नेकपा एमालेका सल्लाहकार पनि हुन् । उनले नेपाल सरकारबाट विभिन्न पुरस्कार तथा पदवी पनि पाएका छन् ।

तपाईको प्रतिक्रिया