यसरी सकियो कर्णाली कलाकार समाजको प्रथम साधारण सभा


रमन न्यौपाने,
सुर्खेत । कर्णाली कलाकार समाजले काठमाडौमा आफ्नो पहिलो साधारण सभा समापन गरेको छ । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्य र पदम रोकायको सभापतित्वमा शुक्रबार साधारण सभा सम्पन्न गरेको छ । २०७३ सालमा स्थापना भएको कर्णाली कलाकार समाजले पहिलो पटक आफ्नो बार्षिक साधारण सभा गरेको हो । सभामा बोल्दै राजेन्द्र कुमार कार्कीले भने, ‘कर्णाली कला क्षेत्रको धनी प्रदेश हो, कर्णालीमा प्रतिभाशाली कला लुकेका छ्न, त्यसको उथान गर्न आवश्यक छ र मेले पनि सक्दो सहयोग गर्ने छुँ ।’ कार्कीले पहिल्लो समय कर्णालीका युवाको संगीतप्रतिको रुचि देख्दा आफु अति नै हर्सित भएको बताए ।

सोहि अवसरमा कर्णाली कलाकार समाजका अध्यक्ष पदम रोकायाले भने, ‘म काठमाडौ आउदा पहिले आफुलाई एक्लो महसुस गर्थे अनि सोच्ने गर्थे कि, ति कला कता छन्, हिमाल पहाड खोला भञ्ज्याङ् सङग रमाउने ति कला आखिर कैले आउन्छ्न । यो राजधानी मा ति कला तर आज म निकै खुशी भएको छु ।’ अहिले यति धेरैको माया साथ, सहयोग र हौसला पाएको कारण कर्णाली कलाकार समाज स्थापना गर्न सफल भएको उनले बताए । उनले थपे, ‘कर्णालीमा धेरै कलाकार जन्मेका छन्, अबको दिनमा तिनै कलाकार आबद्ध रहेको कर्णाली कलाकार समाजले कर्णालीको संस्कृति जगेर्ना गर्ने छ ।’ सो कार्यक्रममा कलाकार लाई उच्च सम्मान गर्दै सञ्चारकर्मी तथा गायक रेवति रमन लगायत १५ जनालाई सम्मानित गरिएको थियो ।

सम्मानित गायक तथा उद्घघोषक अर्जुन खत्रीले भने, ‘कर्णाली कलाकार समाजको यो सम्मान ले आफ्नो सांगीतिक यात्रा प्रतिको लगाव झन् बढाएको छ ।’ नित्य तथा सम्पादक बिधामा सम्मानित सुमन खत्रीले कर्णाली कलाकार समाजको यो मायाले आफ्नो कलाकारिता प्रती हौसला बढाएको बताए ।

तपाईको प्रतिक्रिया