‘फेसबुक कमेन्ट पछिको लभ’


मोवाइलको स्क्रिनमा सात आठ ओटा म्यासेज पुगिसकेका थिए । हतपत प्याटन खोलेर हेरेको सबै म्यासेज उसैका थिए । उसै भन्नाले अनुशा । हतार हतार ओपन गर्छु सबै म्यासेज । कति म्यासेजमा आवेग थियो । कतिमा चराम निराशा । तिम्रो र मेरो अव मिलन सम्भव छैन, आ–आफ्नो बाटो गरौ, आजैदेखि हामी नदिका दुई किनारा भयौं जसको कहिले मेल हुन सक्दैन, विगतमा हामी वीचमा जे भए सबै भुल सम्झौ, एउटा नमिठो सपना सम्झौं ।

धोकेवाज आदि आदि । कतिमा प्रशस्तै गालि थिए । मेरो मनले सोच्छ हरे के भयो यस्तो । किन रिसाई अनुसा ? मनमनै प्रश्नको वर्षाद हुन्छ । शरिरभित्रै भुईचालो आउछ । मन उथलपुथल हुन्छ । हतपत अनुशाको नंम्बर डायल गर्छु । मोबाइमा लेडिजको आवाज आउँछ तपाईको ब्यालेन्स रकम कम भैसकेको छ कृपाया…….। कठै मेरो हविगत । भुइचालो पछि राहत नपाएको पिडित भन्दा कम्ताको भएन ।

 

हिजो आफ्नै भनेको, आज उस्तै सोचेको, भोलीका लागि भनेर अनेकौ सपना बुनेको आफ्नै प्रेमिकाबाट आएका थिए त्यस्ता म्यासेजहरु । मात्र मोवाइलको म्यासेज बक्समा । मोबाइल खल्तिमा राख्छु । अचानक म थाक्छु । भारि बने ति सात आठ वटा म्यासेजहरु मेरालागि । शरिरबाट चिटचिट पसिनाहरु आउन थाले ।

लाग्यो बाध्यताले म पहाड बोकिरहेको छु । अनि थिचिदैछु प्रत्यके पाइलाहरुमा । भूलवस हो की या मेरो कमजोरी नै पो भयो कि ? कहि कतैबाट केहि गल्ति पो गरियो की । दुई चार दिन यताका दिनचार्य केलाउन थाले । मेरो दैनिकीमा म आफैले आफ्नो कुनै खोट भेटाइन कमसेकम । तर उस्ले भने केहि भेटाएको हुनुपर्छ । नत्र किन यति आगो भएकी होली उ ? जान्नलाई तत्काल केही उपाया आएन । उस्को घरसम्म जान सकिने अवस्था थिएन । मोवाइलमा ब्यालेन्स थिएन । यत्ति हो मनमा बेचैनि बढिरहेको थियो ।

कुरो पुस २० गतेकोे हो । त्यस दिन रेडियोको ड्युटि बिहान परेको थियो । साढे ५ बजेदेखि ११ बजेसम्म । विहानी प्रशारण सेवा सकियो । कोठातिर लागे । २ मिनेटमै पुगियो । पुस महिनाको चिसो पारिलो घामले शरिर सेकाउदै कोठा पुगे । रुम पाट्नरसँग मंसिर ११ गते राति चोरि भएका मूर्तिको विषयमा छलफल भयो । जो अघिल्लो दिनमात्र देपालगाउँमा विवारिसे अवस्था फेला परेका थिए । म पनि त्यहि पुगेको थिए रिपोटिङ गर्न भनेर । केहि फोटा र भिडियो पनि खिचिएको थियो । भाईहरु भिडियो हेर्दै थिए । मोवाईल उनीहरुलाई दिएर वाथरुम गएको थिए । फोन आएछ ३–४ पटक । भिडियो हेर्ने लोभले जति पल्ट फोन आउछ त्यतिपल्ट काटेछन् केटाहरुले ।

भिडियो हेरिसकेपछि मोबाइल मलाई दिए । यस्सो हेरेको फोन आएको रहेछ । अनुशाको रहेछ । हरे ! रिसाइहोली बिचरी यसरी पोन काटेपछि । केटाहरुका कारण गाली खाने भइयो भनेर रिस केटाहरुलाई नै पोख्दै थिए । साथिले खाना हालीसकेको थियो । खान लागे । पछि भाइहरु चाइनीज मोबालमा गित बजाउन लागे ठूलै स्वरमा । खाना खाइसकेपछि हेरेको ति म्यासेजहरु देखिएका हुन । त्यसपछि भएको हो हरिबिजोक मेरो ।

अफिस जान खास मन लागेको थिएन । नगइ नहुने । नगए बजारको बसेरो नहुने । बजार नबसे पढाइपनि नहुने । हैट…. बचैनि बढेको बढ्यै । के भएको यस्तो । उता अनुशाको अनुहार झल्झली मानसपटलमा आइरहन्छ । आवेश र कुण्ठा मिश्रीत मुहार कल्पना गर्न थाल्छु । नजिक भैदिएको भए जिस्काइदिने थिए । रिसाउदा झनै राम्री भनेर गित गाइदिने थिए । एक मुठ्ठि मुस्कान फुस्किन्छ मुहारबाट । फेरी आफ्नै हरिविजोक हेर्छु । मनमनै प्रश्न गर्छु किन एकाएक अनुशाका यस्ता म्यासेज आए ? हा……! के गरेको छु र मैले ? अनुशाले ठट्ट गरेकी होली के । मनलाई आश्वस्त बनाउछु । त्यपछि अफिस जान बाटो खुल्छ । अफिसमा दिनभरि गर्नुपर्ने कामको चाँग लागएर राखेका रहेछन् म्यानेजरले । लुरुलरु निश्किए काममा । सदरमुकाममा रहेका शौचालयहरु व्यवस्थित तरिकाले संचालन हुन नसक्नुमा दोषि को भन्ने विषयामा जनआवाज संकलन गर्न लागे ।

काम गर्दा गर्दै पनि त्यो दिनभरीको छटपडी बेग्लै खालको थियो । फुर्सद मिल्नासाथ रिचार्ज गरेर अनुशालाई फोन गरौंला र मनको छटपटाहट सकाउला भन्ने लागि नै रहयो दिनभर तर मलाई के थाहा त्यो मेरो कहिले कम नहुने छटपछहाट थियो भन्ने कुरा ।

अलिकति फुर्सद मिल्यो । नजिकैको खुद्रा पसलमा गए । त्यहाँ लेखिएको थियो यहाँ सबै प्रकारका रिचार्ज कार्डहरु पाइन्छ । साउजिलाई ५० को रिचार्ज दिन भने । आफू भने कुनैदिन अति आवश्यक परिजाला भनेर पाइन्टको भित्रि बगलिमा लुकाएर राखेको ५० रुपिया निकाल्न लागे । तर त्यो ५० रुपिया त भेटिएन । छानाबाट खसेजस्तै भयो । खास दिमागले काम गरेकै थिएन । त्यो लुकाएर राखेको ५० रुपिया त अघिल्लो हप्ता भाइ घर जानेवेला भाडाको लागि भनेर दिइसकेको थिए । मन झन असान्त भयो । मुहार अध्यारो भैसकेको हुदो हो सायद । आफूलाई अलि सम्यमित बनाए । अनि फेरी साउजीलाई हिक्मत गरेर भने । साउजी मेरो पैसा घरमै भुलेछु भोली दिउला नि हुदैन ? साउजीले आफ्नो दोकानको भित्तामा टाँसेको पोस्टर देखाइदिए । त्यसमा लेदिएको थियो “आजकै मितिदेखि उदारो बन्द गरिएको छ ।” मुहार १० बल्ड्यागं खाएर चाउरि परेको गाग्रीको मुख जस्तै भयो । फर्किए असान्त मनभित्र एउटा एटम बम हानेर ।

सोचे कठै मेरो हैसिएत । पे्रमिका रिसाएर म्यासेजका वाँण प्रहार गरिरहेकी छ । तर उस्लाई फकाउनको लागि फोन गर्न पैसा समेत पाएको छैन । धिक्कार छ जीन्दगीदेखि मनले मनैमाथी आवेश पोख्छु । मेरो मनभित्रको बेचैनिलाई बुझेको भए सायद साउजीले उदारो पत्याउदो हो । हुने वेला गोरु व्याउछ नहुनेवेला गाई पनि व्याउदैन भनेको यहि हुनुपर्छ । कान चिसो सिरेटोले काटिएसरि हुन्छ । घडि हेर्छु ५ बजेको हुन्छ । हतारहतार रेडियोमा फर्किन्छु । नत्र फेरी साँझ गाली खाइने डर ।

रेडियोमा पुग्नासाथ मन नलाई,नलाई समचार लेखे । ईडिटरलाई देखाए। उनि बेस्सरी रिसाए । के लेखेको यस्तो ?समचार लेख्न आउदैन तिम्लाई ? केसिकाईदिनु पर्ने हो ? म मौन बसिदिन्छु । हैन आज के भएको छ तिम्लाई ? अनुहारपनि गतिलो छैन । समाचारपनि यत्ति झुर लेख्दैन थियौं त यार ।फेरि लेख्नु पर्छ होईन भने आज समचार बज्दैन ।म केही बोलीन । उनले मेरो अवस्था बुझ्न खोजे जस्तो गरे । पछि रिसैले हुनुपर्छ उति वास्ता गरेनन् । वास्ता गरेपनि म भन्नेवाला त कहाँ थिए र ? विचरा मेरो के दशा गज्रिरहेको छ उनलाई के थाहा ?साढे ६ वजेको समाचार पढ्ने ड्युटि थियो । खास उत्साह थिएन जसोतसो पढियो ।

स्टुडियोबाट बाहिर निस्कनासाथ फोनको घन्टि बच्छ । हेर्छु अनुशाको रहेछ । छिटो छिटो रिसिब गरे । अलि सुनिएको थिएन । भोलुम बढाउछु । हतारहतार आफ्ना कुरा बताउन थाल्छु । हेरन बिहान तिम्रो फोन आएको रहेछ । भाइहरुले काटिदिएछन् । मेरोमा ब्यालेन्स थिएन पछि सम्पर्क गर्न सिकन । अनि तिम्रो म्यासेजपनि आएको रहेछ । के भयो र ? के लेखेको त्यस्तो ? सायद फोन काटिएपछि तिम्लाई रिस उठ्यो होला । सरि ल…..। उताबाट ठूलो आवाज आँउछ चुप…. चुप….धरै बाहाना बनाउ पर्दैन ।

छि…… तिमी यस्तो छौ भन्ने सोचेको पनि थिइन । आखिर आफ्नै हैसियत देखायौ है । धिक्कार छ मलाई तिमीजस्तो निच मान्छेलाई चिन्न भूल गरेछु । हरे.. कुरा के हो पहिला त्यो त भन । म आदेशात्मक तर नरम भावमा बोल्छु । किन यति आवेशमा बोलीरहेकी छौं ? आन्जानमा मेरो त्यस्तो केही कमी कमजोरी भएको हुनसक्छ । मलाइ थाहा छैन तर के गल्ति गरे त्यो त बुझ्न पाउ । मेरो बोली सकिएको थिएन । उ फेरी रुखो भाषामा भन्छे । भयो अव सकियो । यो भन्दा बढि सुन्नु छैन मलाई । फोन कट्छ । म छक्क पर्छु । हेरेको हेरै हुन्छु ।

अलि पछि अफिसको नम्बरबाट उस्लाई फोन गर्छु उठाइन । सहकर्मी साथिकोबाट म्यासेज गर्छु रिप्लाई आएन । फेरी अर्को म्यासेज गर्छु र त्यसमा लेखिदिन्छु । मबाट भएको जे सुकै कमजोरीको जुनसुकै सजाया भोग्न तयार छु तर म बाट भएको भूल के हो त्यो त भन प्लिज । उताबाट रिप्लाई आउछ । मलाई फाल्तु कुरामा बहस गर्नु छैन । धेरै बाहाना नबनाउ । अब सम्पर्क गर्ने कोसिस नगर्नु । तिम्रो र मेरो बाटो अलग भयो । गन्तव्य फरक भयो । म्यासेज पनि नगरेकै राम्रो ।

के भूल भयो मेरो मलाइ नै थाहा भएन । पुरै सकस बढिरहेको थियो । आफूले आफैलाई समाल्न सकिरहेको थिइन । सजाया यस्तो सुनाइएको थियो । बरु फासी लागाउन सजिलो हुदो हो । तर यो समय मेरालागि त्यो भन्दा कयौं गुण कष्टदायक बन्दै गैरहेको थियो । अदालत भन्दा हजारौं गुणा कठोर सजाया दिन सक्ने कठोर मनको न्यायधिस बसेको रहेछ त्यो उनको मनभित्र ।

साथीकोबाट फेरी म्यासेज गरे कुरा के हो स्पष्ट भन अनुशा । मैले कहि गल्ति गरेको छैन किन बेर्थको आरोप लगाउछैं ? उताबाट रिप्लाइ आयो म केहि भन्न सक्दिन । तिम्ले मेरो दिल तोडेका छौं। मलाइ वाहाना बनाएको मन पर्दैन । धेकेवाज मलाई सम्पर्क गर्ने कोसिस नगर्नु । मैले तिम्लाई भूलीसके तिमी मेरोलागि मरिसक्यौ । गुड बाई । म कसैको खेलौना होइन । कतिसँग दिल साँट्लै हिड्छौ सबै थाहा पाइसकेकी छु । क कसको मा के के कमेन्ट गरेका छौ सबका सब थाहा छ । को हो त्यो माया भन्ने ? यो पनि मैले नै भनिदिनुपर्ने हो र महोदय । मैले भनिसकेकी छु र फेरी पनि भन्दै छु मलाई सम्पर्क गर्ने कोसिस नगर्नु । यदि भनेको नमान्ने म जतिको खतरनाक अरु कोही हुनेछैन ।

आहो ! बल्ला कुरो बुजियो माया भन्ने चिनेकी एउटी चिनेकी साथीको फोटोमा कमेन्ट गरेको थिए । अलि जिस्किएर । त्यसैलाई निउ बनाएर यो बखेडा झिकेकी रैछे ।

अलि पहिलेदेखिनै हाम्रो प्रेम सम्बन्धमा केहि असम्झदारी थियो । अनिशाका सबै आफन्तले उस्लाई म देखि टाढा बनाउन चाहन्थे झनै भईदियो पनि त्यस्तै । आगोमा घिउ थप्ने काम मबाटै भएछ । मैले मायालाई फेसबुकमा गरेको ठट्यौली कमेन्ट देखाएर नाना थरि कुरा लगाएछन् । उस्का काका काकीले । भड्काउनु भड्काएछन् ।
यो कुरा धेरैपछि मलाइ उस्की साथि रमाले भनि । कमेन्ट पनि त्यस्तो नचाहिदो के नै गरेको थिए र ? मायाले पोष्ट गरेको फोटोमा मौसम अनुकुलका कुरा र मुस्कानको कुरा मात्रै गरेको थिए । यत्ति हो अलि ठट्यौली पाराका शब्दहरु थिए । यस्तो लेखिदिएकाृ थिए उस्को फोटो मूनिको कमेन्ट बक्समा । चिसो मौसमको न्योनो सम्झना सुन्दर मुहारमा मुस्कानको अभाव यस्तै यस्तै । फेरी खुला ठाउँमा गरिएको व्यवहार पनि त खुल्लै हुन्छ नि ।

त्यहि सानो ठट्टाको कारण मेरो जीवनमा यति ठूलो आधि आउला मैले कहिले सोचेकै थिइन । प्रेम सम्बन्धमा रहेको यतिका लामो समय हुन्जेल उस्ले मलाइ चिनिन छ । एक अर्कोलाई बुझ्न नसक्ने यस्तो पनि के प्रेम जस्तो लाग्न थाल्यो । प्रेममा त मनले मनको भाव बुझ्छ, आँखा बोल्छन् भन्ने सुनेको थिए । तर खोइ मैले भोगेको प्रेम त त्यस्तो केहि देखिएन ? मलाइ प्रेम हो या आकर्षण ठम्याउनै हम्म् हम्मे भयो ।

न म समय संगै बदलिएको छु । न मेरो मन परिवर्तन भएको छ ।उस्तै छ माया, उस्तै छ साईनो, उस्तै छन् ती सम्झनाहरु, विताएका पलहरु, गरिएका बचा बन्धन र बुनिएका सपनाहरु । कठै दोस तिम्रो भनु या मेरो, स्तर तिम्रो भनु या मेरो जाबो एउटा फेसबुकको कमेन्टले हामी नदिका दुइ कीनारा हुने स्थिति आयो । कक्षा ६ मा पढ्दा लगाएको पिरती, समयसँगै गरीएका बाचा बन्धन, संगै मर्ने जिउने कसम खोई त ? के सबै ति झुठा थिए । के साँच्चै हामीले माया गरेका थिएनौ त ? के हाम्रो प्रेम नभएर आकर्षण मात्र थियो त ? मन भित्र प्रश्नको बाढी आँउछ ।

उस्ले अन्तिम पल्ट गरेको प्रश्न सम्झिन्छु माया के हो ? उसँगको सम्बन्ध के हो ? होईन भने त्यस्तो कमेन्ट किन त ? जवाफ दिन मन लग्यो । माया मेरो फेसबुक फ्रेण्ड हो । उस्लाइ मेरो हृदयले उच्च सम्मान गर्छ । उसको फोटोमा गरिएको कमेन्ट जष्ट ठट्टा हो । तर सुनिदिने र बुझिदिने तिमी छैनौ केरे नजिक । तिम्रो प्रश्नको जवाफ मसँग क्लियर छ । तर तिमी जो प्रश्न गर्न जान्ने तर उत्तर खोज्न नजान्ने देखियौ गुनासो यत्ति छ ।

सम्बन्ध सम्झौता होईन समझदारीमा जोडिएको हुन्छ । तर हाम्रो सम्बन्ध त निश्चित समय भएपछि छुटाउन मिल्ने सम्झौता जस्तो देखियो । थाहा छैन कारक तत्व म हुँ वा तिमी अथवा कुनै तेस्रो पक्ष ।

आज करिव १५ दिन भयो अनिशा र म बीच कुरा नभएको । सम्पर्क गर्न र यथार्त बताउन अनेक प्रयास गरे ती सबै असफल भएका छन् । फरक फरक नंम्बर बाट फोन गरे । अनुशाले उठाउछे तर मेरो आवाज सुन्ने वित्तिकै फोन काट्न्छि । कति नचिनेका नक्बर त रिसिभ पनि गर्दिन । मेरो नंम्बर ब्ल्याक लिष्टमा नै छ । जतिवेला फोन गर्न खोजेपनि व्यस्त छ मात्रै भन्छ । म्यासेजको कुनै प्रतिउत्तर नै आउदैन । साथिहरुसँग कुरा बुझ्न पनि नलगाएको होइन । मलाइ मात्रै दोष दिन्छे रे ।

समय वित्दै जाँदा पनि मन भारी नै छ । हलुका हुने छँटकाँट देख्दिन । प्रत्रकारीता चलिरहेकै छ । प्रगति केही छैन । इडिटरको गाली नखाएको कुनै दिन छैन । नयाँ सिक्न केही सकेको छैन । बरु सिकेका समेत विर्सिदै गैरहेका छन् । मन भने अनुसन्धनात्मक देखिएको छ । लाग्छ कँही उत्तर भटिहाल्यो भने कतै वैज्ञानिककै विल्ला पो हाल्छु कि । खाली मनले प्रश्न मात्रै उब्जाइरहेको छ ।
अनुशा सँगको सम्बन्धको यो पछिल्लो समय जानेको र सिकेको भने एउटै कुरा छ । त्यो हो प्रश्न गर्न र मेरो मनले सँधै प्रश्न गरिरहन्छ के फेसबकको कमेन्टकै कारण अनुशा यो निर्णय लिने अवस्थामा पुगि त ? आम छोरी मान्छेको यहि दृष्टिकोण हुने हो भने कति जोडि प्रेमी प्रेमिकाहरुले मेरो जस्तै दशा भोग्नु पर्ने हो ? अरु केही प्रश्न पनि उब्जिएका छन् अनुशाको लागि र म खुलेर भन्न चाहान्छु अनुशा, के खुला ठाउँमा गरिएको व्यवहार खुल्ला हुदैन ? यो तिमीले बुझ्ने कोसिस कहिले ग¥यौ ? के सकारात्मक दृष्टिोण हुन जरुरी छैन र ?

लेखक ः सागर परियारको यर्थात जीवनको भोगाईमा आधारित लेख हो ।

सागर परियार संगम
तातोपानि गाउँपालिका २, जुम्ला ।
हाल कारोबार राष्ट्यि दैनिक, निमार्ण संचार मिडिया, पश्चिम अनलाईमा कार्यरत कर्णाली पोष्ट अनलाईनका संरक्षक समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया