मुगुमा अन्तर जिल्ला जोड्ने सडक विस्तारबारे छलफल

शुभाकर विश्वकर्मा

आइतबार, २१ माघ २०७४

मुगु । अन्तर जिल्ला जोड्ने प्रमुख सडक विस्तारमा विषयमा जिल्लाका सरोकारवाला वीच छलफल भएको छ । अहिले सम्म सडकको गुणस्तरिय पहुज नभएको मुगु जिल्लामा सडक निर्माण कार्यलाई तिव्रता दिनको लागि छलफल गरिएको छ । जुम्ला नाग्म हुदै मुगु जोड्ने नाग्म गमगढी सडक र अन्य सडकलाई विस्तारमा लैजान छलफल गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सामाजिक संजालमा जानकारी गराएका छन् ।

उनले फेसबुक मार्फत सडक डिभिजन कर्यालय जुम्ला र जिल्ला प्रशसन कार्यालय मुगु वीच सडक निर्माणलाई तिव्रता दिने विषयमा गम्भिर छलफल भएको जानकारी गराएका हुन् । नाग्मा गमगढी सडक, गमगढी नाक्चेलाग्ना तथा गमगढी हुम्ला सडक लगायतका मुल सडकहरुको अहिले भईरहेको कामको अवस्था, आगामी दिनमा त्यसलाई अझ छिटो गर्नका लागी गर्नुपर्ने प्रयासका बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

उक्त छलफलमा सहभागि सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायले सेरोफेरो संग टेलिफोनमा कुराकानी गर्दै अन्तर जिल्ल्ँँ जोड्ने सडकको निर्माण कार्यालाई तिव्रता दिने प्रतिवद्धता गरे । यस्तै मुगु जिल्लाको एक मात्र ताल्चा विमान स्थल जाने सडक विस्तारका विषयमा पनि छलफल भयो उनले भने ः

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस