स्याउले छुटायो कालापहाड

८० समुहका १७ सय बढि व्यवसायीक किसान

सागर परियार

जुम्ला । कर्णाली क्षेत्रका अधिकांश नागरिक गरिबको रेखा मुनी छन् । यहाँ स्रोत अथाह भएपनि लगानी तथा स्रोतको सहि परिचालन नहुँदा कर्णालीका नागरिकको अबस्था फेरिएन । सम्भावनाका बीच अभावमा चेपिएका कर्णालीका नागरिकको स्वास्थ्य, शिक्षा तथा रोजगारमा अझै पहुँच लक्ष्य अनुसार पुगेको छैन् । समय अनुसार केहि परिर्वतन पक्कै भएका छन् । तर, विहान बेलुकाको छाक टार्न ज्याला मजदुरी गर्नुपर्ने अबस्था अझै छुटेको छैन्, कर्णालीका नागरिकहरुमा । अझ पुर्खोउली पेशा बनेको कालापहाड जाने कर्णाली बासीको बाध्यता पनि अmभै टरेको छैन् । घरको उत्पादनले २÷३ महिना पुग्दैन्, रोजगारी छैन्, जग्गा बाझो छ । गरौ आबश्यक ज्ञान तथा जागर पनि छैन्, विकल्प वा बाध्यता भनौ कर्णालीका पुरुषलाई कालापहाड जाने रोगले छोडेको छैन् । यो कथा कर्णालीका नागरिकहरुको विगत देखि वर्तमान सम्मको हो । कुनै समय मान्छे मर्दा मलामी जाने पुरुष पनि हुदैन, महिलामय गाउँघर हुन्छन् ।

यस्तै पिडा भोगेका जुम्लाका अम्मर बहादुर रावलले घरव्यवहार चलाउन दशकौसम्म कालापहाड धाएका थिए । घरमा कमाउने दोस्रो मान्छे थिएन, साना बच्चाको लालपालन र घरखर्च धान्न कालापहाड नगई सुख हुन्थेन अम्मर रावललाई । २०६० देखि ६७ सम्म उनको जीवन कालापहाडमा नचाहादै बितेको सुनाउन्छन् । अर्काको भारी बोक्दा, रातो पिरो भएको अनुहार सम्झीदा आफ्नै भुमिमा यहि पसिना बगाएको भए, आनन्द मिल्थ्यो भन्ने सोचाई दिनरात हुन्थ्यो । तर आफ्नै भुमिका लगानी गर्ने सुक्को पैसा थिएन । जब जुम्लाका अम्मर रावल कालापहाड बाट जुम्ला आए, स्याउ खेती गर्ने सुर गरे ।

‘पहिले अलिकति भएको स्याउ खेतीलाई व्यवसायीकतामा बदल्न लगानी म संग थिएन, घर आएको २÷४ महिना नहुदै कालापहाड जाने तयारी हुन्थ्यो, तर हाईभ्यालु नामक संस्थाले कृषि क्षेत्रमा लगानी गर्ने थाहा पाए, विशेषगरी स्याउ, आलु, भेडाबाख्रा पालनमा आर्थिक, भौतिक बौद्धिक सबै सहयोग गरिरहेको थियो’ । उनले भने, सोचिएको थिएन, हाईभ्यालु संस्थाको लगानीले कालापहाड छुटाउन्छ भनेर तर, हाईभ्यालुको लगानी र आफ्नो परिश्रमले आज लाखौको मालिक बनाएको छ ।’ २०६८ सालमा जुम्लामा संचालन भएको हाईभ्यालु संस्थाले स्याउ उत्पादनका क्षेत्रमा लगानी गरेपछि अम्मर बहादुर रावललको बाझो बारी बगैचामा परिणनत भयो । त्यतिमात्र नभई वर्षेनि कालापहाड जाने बाध्यता पनि हाईभ्यालुको लगानी छुटाएको उनले भने । अम्मर बहादुर रावल एक प्रतिनिधि पात्र मात्रै हुन, स्याउ, आलु, तथा भेडाबाख्रा पालनबाट हाईभ्यालुले जुम्लाका झण्डै ८० बढि समुहका झण्डै १७ सय २१ घरधुरीको प्रत्यक्ष जीवनस्तरमा सुधार ल्याएको छ । पहिला कालापहाडको साहारामा घर चलाउने जुम्लाका गोर बहादुर कामी, दल बहादुर कामी लगायत सयौ किसान अहिले लाखौका मालिक बनेका छन् । उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले स्याउ, आलु, तथा भेडाबाख्रा पालनका आर्थिक लगानी, आबश्यक ज्ञान सिप, सबै दिएपछि, कालापहाड छुटेको तरकारी व्यवसायी कर्ण हमाल बताउन्छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट लाखौ कमाउने कृर्षक पनि हाईभ्यालुले जन्माएको छ ।
प्रति किसान २७ हजार आम्दानी
उच्च मुल्य कृषि बस्तु विकास आयोजना हाईभ्यालु संस्था जुम्लामा २०६८ सालबाट संचालनमा आएको थियो । कृषि क्षेत्रमा लगानी गरी नागरिकको जीवनस्तरमा सुधार गर्ने सोचका साथ कार्यक्रम संचालन गरेको संस्थाले अन्तिम चरण सम्म ९१ प्रतिशत उद्देश्य कार्यक्रमका सफल भएका छन् । २०७५ साल अन्त्यतिर आएर हाईभ्यालु जुम्लाबाट गएको छ । तर कार्यक्रम अबधिभर ७ वर्षको अन्तरालमा विभिन्न समुहमा गरेको लगानी अनुसार ८० समुहका १७ सय बढि घरधुरीका प्रति किसानले सरदर २७ हजार बढि आम्दानी गर्ने गरेको पाइयो । स्याउ, आलु, तरकारी तथा भेडाबाख्रा पालनबाट न्युनतम रुपमा प्रतिकिसानदले २७ हजार कमाउने क्षामता विकास गरेका छन् । ७ वर्ष सम्म जुम्लाको कृषि क्षेत्रमा लगानी गरी प्रत्यक्ष किसानको जीवनस्तर सुधार ल्याउन पहल गरेको परिणाम ज्वालन्त देखिएको छ । हाईभ्यालु आयोजना समापनका बेला सहभागी किसानले कोहि संस्था भगवना जस्ता आउने जसलाई छोड्न धौधौ हुने अनुभव स्थानीय कृर्षक महिला परि बिष्टले बताईन । आफ्नो कार्यक्रम अबधिभर किसानका हितका विषयमा गरेको काम भुल्न सकिने उनको भनाई छ । किसानको प्रत्यक्ष जीवनस्तर सुधार ल्याउन सके नसकेको स्वयम सबैले बोल्दा खुसी लाग्यो, हाईभ्यालुका सेवा बजार विज्ञ राम प्रसाद पुलामीले भने, ९१ प्रतिशत सफल हुनुमा सबैको साथ रहेको छ । अन्तिम चरणमा आएर ८४ वटा उपआयोजना जुम्लाका आठै स्थानीय तहलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार हाईभ्यालुले भावी दिनमा कर्णाली क्षेत्रका ३५ हजार साना किसानको प्रत्यक्ष जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको सुनाए । जुम्ला संगै नेपालका ७ जिल्लामा संचालित हाईभ्यालु आयोजना हाल सम्म सफलनै रहेको छ ।

स्याउमा ९ करोड लगानी
हाईभ्यालुले जुम्ली किसानको जीवनस्तरमा सुधारका लागि विभिन्न शिर्षकमा लाखौ खर्च गरेको छ । तर, प्रत्यक्ष जीवनस्तरमा सुधार ल्याउने जुम्लाको प्रमुख नगदेबाली स्याउखेतीका लागि भने, कार्यक्रम अबधिभर झण्डै ९ करोड बढि बजेट लगानी गरेको छ । स्याउका विरुवा वितरण, स्याउ खेती सम्बन्धी आबश्यक ज्ञान, औषधी मलजल, तथा औजार खर्च गरी स्याउ खेतीका लागि ९ करोड लगानी गरेको हाईभ्यालु जुम्ला सम्पर्क व्यक्ति लोकेन्द्र रानाले बताए । उनका अनुसार स्याउ, आलु, तरकारी तथा भेडाबाख्रा पालनका लागि अनुदान स्वरुप मात्रै ८७ लाख खर्च भएको छ । हाईभ्यालुको प्रगती कागजमा भन्दा प्रत्यक्ष भएको उनको दाबी छ । सिचाईका लागि बनाइएका कुला नहर तथा टंयाकी सबै संचालनमा अबस्थामा छन् । स्याउमा गरिएको लगानीबाट जुम्लाका सयौ किसानको जीवनस्तरमा सुधार आएको देख्दा सफल भएको दाबी हाईभ्यालुको छ । भने, जुम्लामा समन्वय तथा सहकार्य गरी हाईभ्यालु सफल पार्न, काष्डा गैरसरकारी संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेको पाइएको छ ।

अन्नबाली छोडेर स्याउखेती
जिल्लाको पातारासी गाँउपालिका ६ पट्माराका कृषकहरु अन्नबाली छोडेर स्याउखेती तर्फ लागेका छन् । अन्नबाली उत्पादनले बर्षको तिन महिनापनि खाना नपुग्ने भएपछि त्यहाँका कृषकहरु स्याउखेतीमा आकर्षित भएका हुन् । त्यस क्षेत्रमा जुम्ली कालिमार्सी धान नफल्ने र जौँ, कोदो, मकै जस्ता अरु अन्नबालीबको उत्पादन घट्दै गएपछि कृषकहरुले त्यसको विकल्पमा स्याउखेती नै रोजेका हुन् । जिल्लाको अन्य क्षेत्रभन्दा पातारासी गाँउपालिकामा धेरै मात्रामा तथा गुणस्तरीय स्याउ उत्पादन हुन्छ । स्याउको विरुवा लगाईसकेपछि बढिमा चार बर्षभित्र उत्पादन दिन शुरु गर्छ, र कम्तिमा पनि २० बर्ष निरन्तर स्याउ उत्पादन भैरहने हुनाले कृषकहरु यसतर्फ बढि आकर्षित भएका छन् । स्थानिय अन्न बाली सहर स्याउ खेतीमा दुःख गर्न नपर्ने र आम्दानी पनि तेब्बर बढि हुने भएकाले स्याउखेती शुरु गरीएको स्थानिय कृषक सपना बिष्टले बताईन् । अन्नबाली भन्दा स्याउखेती गर्न सजिलो भएपछि उनले अहिले तिन वटा स्याउ बगैचा निर्माण गरेकी छन् । उक्त तिन बगैचामा झण्डै एक हजार बढि स्याउका बिरुवा मात्र छन् । ‘तिँ मध्य झण्डै पाँच सय बढि विरुवा फल्छन्, बार्षिक १०÷१२ लाख आम्दानी हुन्छ’ उनले भनिन्, ‘त्यहि स्याउबाट भएको आम्दानीले छोरा, छोरी पढाउन र १० जना संयुक्त परीवारको घरखर्च धान्न सजिलो भएको छ ।’ विगत ५ बर्षदेखी स्याउ उत्पादनबाट नाफा कमाउँदै आएकी सपना बिष्टले आफ्नो परीवारको अरु कुनै आयस्रोत नभएको भन्दै स्याउबाटै जिविकोपार्जन भैरहेको बताईन् । उनिजस्तै त्यस क्षेत्रका हजारौ स्याउ कृषकहरुको जिविकोपार्जन स्याउबाटै सजिलै चलिरहेको छ । स्थानिय स्याउ कृषक माघी बिष्टले पनि विगत १० बर्षयता हरेक बर्ष साढे दुई लाख रुपैया स्याउबाटै आम्दानी गर्दै आएकी छन् । स्याउबाट भएको आम्दानीले ६ जना परीवारको सजिलै घरखर्च चल्ने र अन्य काम जस्तो दुःख पनि नहुने भएकालेृ अहिले उनले पाँच सय विरुवा लगाएकी छन् । हरेक बर्ष एक विरुवाले कम्तिमा पनि २ हजार बराबरको आम्दानी दिने उनको भनाई छ । स्याउ ब्यवसायले फाईदा मात्र नभएर कामको बोझ घट्दा ज्यान पनि स्वस्थ रहन मद्दत पुगेको अर्की कृषक रेखा विष्टले बताईन् ।

कृषिनै समृद्धीको आधार
कर्णालीका अधिंकाश नागरिक कृषिमा निर्भर छन् । सहि प्रविधिको ज्ञान नहुँदा उत्पादन बृद्धि तथा बजारीकरण हुन सकेको छैन् । कर्णालीमा कृषिको सम्भावना पनि कम छैन् । स्याउ, सिमि, जडिबुटि तरकारी, यहाँका सम्भावनाहरु ह्ुन् । तर आबश्यक लगानी सरकारले गर्न सकेको छैन् । गरेको लगानीबाट बास्तविक लक्षित वर्ग लाभान्वित छैनन् । कर्णाली क्षेत्रमा पर्यटन पछिको कृषि क्षेत्रबाट मात्रै समृद्धी सम्भव छ । गैरसरकारी संस्थाहरुले किसानलाई माछा मार्न सिकाए पनि जाल दिने व्यवस्था भने, सरकारले गर्नु पर्नेमा जुम्ली किसानले जोड दिएका छन् । जुम्लाका स्थानीय तहले कृषिका क्षेत्रमा लाखौ बजेट त छुटाएका छन् । तर, प्रयाप्त छैन् । विकास परियोजना, हाईभ्यालु लगाउयका गैसरसरकारी संस्थाले जुम्लामा निकै प्रभावकारी काम गरेका छन् । स्थानीय कृषक देबेन्द्र हमालले भने, स्थानीय सरकारको कनिका छराई बजेटले कृषिबाट समृद्धी सम्भव छैन् । कृषिबाठ समृद्धी सम्भव छ । भन्ने कुरो नारा र भाषणमा भन्दा लगानी बढाए मात्रै समृद्धी आउने उनको भनाई छ । जुम्लामा विगत ७ वर्ष देखि कृषि तथा किसानको जीवनस्तर सुधारका क्षेत्रमा काम गरेको उच्च मुल्य कृषि बस्तु विकास आयोजना हाईभ्यालु संस्था जुम्लाबाट बिदाई भएको छ । आयोजना समापनका अबसरमा आफ्ना प्रगती तथा आगामी दिनमा सुधार गर्नु पर्ने पक्षक विषयमा जुम्लामा छलफल चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस