जुम्ला ः बालबालिका जस्तै, दिवश पनि उपेक्षामा !


शुक्रबार देशभर बाल दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ । बाल अधिकारका क्षेत्रमा विगत देखि काम गर्दै आएका विभिन्न निकायले देशभर प्रभातफेरी लगायतका कार्यक्रम गरी दिवश मनाएको छ । भने, यो अबसरमा बालबलिको हितका लागि काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

तर जुम्लामा भने, बाल दिवशलाई पनि उपेक्षा गरिएको छ । नगर बाल संजालको आयोजनामा दिवश मनाउने आयोजना गरिएपनि कुनै नगरपालिका भरीका कुनै विद्यालयको अर्थपुर्ण सहभागिता भएन ।

जसले कार्यक्रम प्रभावकारी नभएको बाल संजालका अध्यक्ष ईश्वर खत्रीले बताए । उनले भने, जुम्लाका बालबालिका सदियौ दिन उपेक्षाको सिकार बनेका छन् । तर उनिहरुको हक हितका लागि वर्षको एक दिन मनाउने दिवश लाई पनि यहाका सरोबारवाला तथा विद्यालयहरुले पनि उपेक्षा गर्नु द्ुखद पक्ष भएको उनको भनाई छ । तर जुम्लामै पहिलो नमुना कामका रुपमा पत्रकार लाई दिवशका अबसरमा सम्मान गरिएको छ ।

कर्णाली पोष्टका कार्यकारी सम्पादक तथा अन्नपुर्णकर्मी नन्दराम जैशीलाई दिवशका अबसरमा बालबालिको हितका लागि विगत देखि कलम चलाएको भन्दै सम्मान गरिएको हो । न्युन सहभागिता रहेको बाल दिवशमा नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सरकारले बाल अधिकार संरक्षण गर्न नसकेको बताईन ।

सरोकारवालाको न्युन सहभागिताले पनि बालबालिका संगै दिवश पनि उपेक्षामा परेको उनको ठहर छ । जुम्लामा प्रत्यक वर्ष मनाई बाल दिवश प्रभावकारी नभएको बाल अधिकारका क्षेत्रमा काम गरेका युवा धनराज सुनारले बताए । बालबालिका लाई सरकारले दिएको अधिकार प्रयोग गर्न नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको टिप्पणी छ ।

न्युन सहभागितामै मनाइएको राष्ट्यि बाल दिवशको यो वर्षको नारा भने, ‘सुखी नेपाली समृद नेपाल’ बाल अधिकार सवैको सरोकार भन्ने मुल नारा तय गरिएको थियो । दिवश मनाउनु पुर्व गरिएका विभिन्न प्रतियोगितामा उत्कृष्ट आउने पुरुस्कृत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया