
जुम्ला ः तातोपानी गाउँपालिका – १ वाँईराँका गाउँका पुखौँ देखि खानेपानीको समस्या झेल्दै आएका छन् । १ सय ९ घरधुरी भएको उक्त गाउँका बासिन्दा अहिले पनि तिला नदीको दुषित पानी खादै आएका छन् । गाउँमा खानेपानीको स्रोत छैन, अर्काको गाउँमा भएको पानी ल्याउद दिदैनन् स्थानीय गाडे सार्कीले भनिन् राज्यको संरचना फेरियो, देश संघीय संरचनामा गयो अहिले स्थानीय सरकार आएको छ तर हाम्रा समस्या उस्तै छन् । आधा घण्टाको दुरीमा रहेको नदीको पानी बोकेर खाने गरेका छौँ सार्कीले भनिन् नदिको दुषित पानी खादा झाडापखाला जस्ता विभिन्न रोगका संक्रमण हुने गरेको छ ।
९० लाखको खानेपानी योजना असफल
वाँईराँका गाउँमा खानेपानीको हाहाकार भएपछि जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्याल, जुम्ला र केही स्थानीयको श्रमदानमा सुरु गरिएको ९० लाखको योजना असफल भएको छ । गाउँमा पानीको स्रोत नभएपछि नदीको पानी लिफ्टिङ प्रविधिबाट सुद्धीकरण गरी खानेपानी प्रयोग गर्ने उद्देश्यले उक्त योजना सुरु गरिएको हो । खानेपानीको लागि गाउँमा इन्ट्यांक, वाईपाईन सवै बने स्थानीयको असक्रियता कारण गाउँमा आएको खानेपानीको योजना असफल भएको शिक्षक कालिबहादुर शाहीले बताए । उनले भने इन्धनबाट चल्ने लिफ्ट प्रविधि खर्चिलो हो तर पानीको समस्या समाधानका लागि योजना सुरु भएको हो स्थानीय कमजोरीका कारण योजना सफल हुन सकेन उनले भने ।
विद्यालयमा न शौचालय न खानेपानी
वाँईराँका गाउँमा रहेको कालिका प्रावि विद्यालयमा खानेपानी र शौचालय नभएका कारण विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । विद्यालयमा शौचालय नभएपछि त्यहाँको वातावरण दुर्गधित बन्दै गएको छ भने पानी पिउनका लागि विद्यार्थीहरु नदीमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक कालीबहादुर शाहीले बताए । कक्षा ५ सम्म पढाई हुन्छ डेढ सय विद्यार्थीहरु छन् हामी शिक्षकले पनि खुला सौच गर्नु पर्ने स्थिति रहेको उनको भनाई छ ।
पानी नहुदा खुला दिसा मुक्त घोषणा क्षेत्र प्रभावित
सरसफाईका लागि पानी एक नभई नहुने कुरा हो तर वाईराँका गाउँमा खानेपानीकै समस्या भएपछि सरसफाई टाढाको कुरा भएको छ । जुम्ला जिल्लालाई झण्डै ७ बर्ष अघि खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह आएर खुला दिसा मुक्ति घोषणा गरेका हुन् तर वाईराका गाउँमा शौचालय त छन् तर पानी नहुदा खुला दिसा मुक्त घोषणा क्षेत्र प्रभावित बन्दै गएको छ । सरसफाई गर्ने पानी नहुदा शौचालयमा नगई खुला दिसापिसाव गर्न गरेको स्थानीय जोखे सार्कीले बताए । उनले भने शौचालय अहिले प्रयोग विहिन अवस्थामा छन् ।
के भन्छन् सरोकारवाल निकाय
तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले वाईराँका गाउँमा पहिले देखि नै खानेपानीको समस्या भोग्दै आएको बताए । गाउँमा खानेपानीको स्रोत नभएका कारण यो समस्या भएको हो । उनले भने अब गाउँपालिकाले एक घर एक धाराको नीति अघि सारेको छ यो गाउँमा पानीको स्रोत नभए पनि अर्काे वडाबाट भएपनि हामी यहि आर्थिक बर्षभित्र पानीको समस्या समाधान गर्ने योजना रहेको छ । एक घर एक धाराका लागि पालिकाले एक करोड बजेट विनियोजन गरेको छ ।