जुम्लाको बजार क्षेत्रमा मालबहाक गाडी प्रवेशमा रोक


जुम्ला ः चन्दननाथ नगरपालिका जुम्लाले बजार क्षेत्रमा मालबहाक गाडी प्रवेशमा रोक लगाएको छ । मेयर कान्तिका सेजुवालको अध्यक्षतामा भदौ २५ गते नगर कार्यपालिका बैठकले मालबहाक गाडी बजार क्षेत्र प्रवेशमा रोक लगाएको हो ।
नगर कार्यपालिकाको बैठकले विहान ८ बजे देखि बेलुका साढे ५ बजे सम्म बजार क्षेत्र प्रबेशमा रोक लगाएको मेयर सेजुवालले बताईन् । उनले भनिन् बजार क्षेत्रमा साँघुरा सडक र दिउसो जनमानसको चाँप बढी हुने हुनाले दुर्घटनाबाट जोगिनका लागि नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको निर्णयलाई लत्याएर कोही कसैले बजार क्षेत्रमा ल्याएको खण्डमा कार्वाही गरिने जनाएको छ ।
नगरपालिकाकाले साना ठुला सार्वजनिक सवारी साधनहरुलाई असोज १ गते देखि राहदेव बसपार्कमा पार्किङ गर्न र बसपार्क बाटै गाडी छुटाउन निर्देशन गरेको छ । नगरपालिकाको निर्णय नियम उल्लघंन गर्ने प्रत्येक सवारी साधानलाई पटकै पिच्छे रु ५ हजार रुपैया जरिवाना समेत गर्ने निर्णय गरेको मेयर सेजुवालले बताईन् ।
नगरपालिकाले बसपार्कमा गाडी पार्किङ गर्ने देखि सवारी साधन छुटाउने निर्देशन गरेबमोजिम कर्णाली यातायात प्रालीले मात्र नियम पालना गरेको अध्यक्ष मिनबहादुर थापाले बताए । उनले भने अरु जुम्लामा आउने जाने दर्जन बढी यातायात प्राली समितिहरु छन् तर उनीहरुले स्थानीय तहको निर्देशनलाई लत्याउदै जथाभावी सडकमा काउण्टर राख्ने देखि सवारी साधन पार्किङ गर्ने गरेका छन् तर पनि नगरपालिकाले कारवाही गर्न सकेको छैन । यहाँको स्थानीय प्रशासन, स्थानीय सरकार कारवाही प्रक्रियामा मौन रहेको उनले टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया