जुवाडेबाट २ लाख ५१ हजार रुपैयाँ जफत गरिएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । उनले भने, जुवाडेहरु जुवा खेल्दै थिए, प्रहरीले छापा हानेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । दसैं तिहारका नाममा विकृति निम्त्याउने जो सुकैलाई कार्वाहीको दायरामा ल्याउने गरी प्रहरी परिचालन गरेका छौँ ।
पक्राउ परेका जुवाडेबिरूद्ध जुवा ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । दसंै तिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवन लगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान सुरु गरेको छ ।
‘दसंै तिहार नजिकिँदै गर्दा प्रहरीले विकृती जन्य क्रियालापमा कडा निगरानी बढाएको छ’, डिएसपी रिजालले भने, ‘जुवातास, मदिरा सेवन जस्ता समाजमा अपराध निम्त्याउने क्रियाकलाप बन्द गर्न सचेत गराएका छौँ ।’
सशस्त्र प्रहरी परिचालन
दसैं तिहारलाई लक्षित गर्दै सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । चाडपर्वको नाममा हुने विकृति जन्य क्रियाकलापमा कसैसंग सम्झौता नहुने प्रहरी नायव निरीक्षक रिजालले बताए ।
उनले भने, पक्राउ परेकालाई छुटाउनको लागि आउन सक्ने दवाव र प्रभावमा नपरी कानुन बमोजिम उनीरुलाई कार्वाही गर्न प्रहरी पछि पदैन । पक्राउ परेका सवै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका हुन् तर प्रहरी नाम भने सार्वजनिक गरेको छैन ।