अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार


काठमाडौं । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी गराएको छ। सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएको हो।

भास्कुलरद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरकेको समेत जानकारी गराइएको छ। अस्पतालका अनुसार यसबाहेक प्रधानमन्त्रीको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र ज्वरोकाका कारण शुक्रबारदेखि नै बिरामी थिए। ज्वरो निको भइसकेको तर राति असहज महसुस गरेपछि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

तपाईको प्रतिक्रिया