अप्रत्यारिलो प्रेम,कसिलो बन्धन


सागर परियार, संगम

भदौको महिना थियो, हरियाली डाँडाँपाखा, प्रेममय प्रकृति, खेतमा मार्सी झुलेका थिए । मान्छेलाई अन्न सोहोर्ने चटारो । गाउँलेका घरका छत नगदे बालीले भरिएका छन् । तल तिला एक तमासले बगिरहेको छ निरन्तर, एउटा यात्री जस्तो । म भने गोरो अनुहार, रेशमी केश, मृग नयनी आँखा अनि मिलेका दन्त सम्झिन्छु । उनी अर्थात रामु रन्जिता लाई ।

उनी प्रति लगाभ र आकर्षण माया पहिले देखिको थियो । गाउँ पनि नजिकै, घर अनी विद्यालय पनि नजिक भएकोले एक किसिमको आकर्षण थियो मेरो, उनी माथि । कुरो, छिमेकी गाउँको प्रथामिक विद्यालयमा कक्षा ५ पढ्दा बेलाको हो । मेरो पढाई राम्रै थियो, शिक्षकहरुले सधै सकारात्मक बाटोमा हिड्नु पर्ने कुरा सिकाउथे, गाउँ कै शिक्षक भएकोले बालाई भेट्दा भन्दा रहेछन् । बेलुका घर आउदा बाबाले सुनाउथे ।
मेरो घरको गुजारा भने कालापहाडको साहारामा चल्थ्यो । बाले आफुले दुख कष्ट, गरेर परिवार चलाएको भएपनि, मेरो पढाईमा केहि कमि हुन दिएनन् । म भने रामु प्रतिको एकोहोरो मायामा प्रताणित भएको थिए । छिमकी गाउँको विद्यालय बाट ५ कलास पास भएर रामु पढ्ने बिद्यालयमा भर्ना भए । अर्को बिद्यालयमा पढ्न गएको भन्दा पनि रामु पढ्ने विद्यालयमा पढ्न पाएको बढि खुसी थिए म ।

एकै विद्यालयमा पढ्ने भएपछि संसार जिते जस्तै लाग्यो । किनकी उनी प्रति आकर्षण पहिलेनै थियो । भित्रभित्रै भाग्यमानी ठानिरहेको थिए आफुलाई । शुरुवाती चरणमा नजर जुधाउने काम भयो । हिड्दा हिड्दै बाटो लाग्छ भने झै उनी प्रतिको आकर्षण दिन दुई गुना रात चौगुना बढ्दै गयो । भोकाएको बाघ झै उपयुक्त समय पर्खिरहेको थिए म, उनलाई भेटेर आफ्नो मनका सबै कुरा भन्न मन लागेको थियो ।

ख्याल ख्यालमै पाँच महिना बितेको चाहै भएन । समय बित्दै गयो । भौतिक रुपमा पनि नजिकिन थाल्यौ हामी । तर मनका कुरा भन्न सकिन, सायद यहि होला सच्चा प्रेम भनेको । मलाई देख्दा लजाउने उनको स्वभाव, हेराई, हिडाई, डुलाई सबै मेरा लागि हो जस्तो लाग्न थाल्यो, उनको एकोहोरो प्रेममा पागन नै भएको थिए म । उन लाई के थियो कुन्नी । तर सबै नियाल्दा लाग्थ्यो पक्कै उनलाई पनि कुज कुज भईरहेको छ ।

कहिले काँहि त लाग्थ्यो भनि दिन्छु आज त, तर मनले भन्थ्यो, धैर्य गर सागर प्रतिक्षाको फल मिठो हुन्छ, मेरो बाल मस्तिष्कले होला जस्तो पनि सोच्थ्यो घरिघरि । एकदमै छटपटि हुन्थ्यो मनमा, मन बेचैनी हुन्थ्यो । मलाई मात्रै यत्रोविधि भएको छ उनलाई पनि म जस्तै भएको होला भनेर कल्पना गर्थे मनमनै । समय बित्दै गयो, दम पनि जुटाए मनको कुरा भन्ने निधो गरे ।

कुरो २०६६ साल भदौ महिनाको ८ गते को हो । मैले उनलाई प्रस्ताव राखेको अर्थात मनको कुरा भनेको दिन । त्यो दिन सधै झै स्कुलको लागि तयार भए,, चिटिक्क स्कुल डे«समा । स्कुल जान झोला बोके । मनमनै नानाथरी कुरा खेलाउन थाले, कहिले मेरो प्रस्ताव अस्विकार भयो भने, स्वीकार भएर भोली समाज,गाउँ घरले मानेन भने, कति त्याग गर्नु पर्ला,अपत्यार लाग्दो प्रेम, यस्तै यस्तै, सोच्दा सोच्दै १० मिनेटको बाटो सकियो, विद्यालयमा पुगे ।


अलि अलि आशा, अलिअलि डरमा थिए । टिफिनको समय आयो, सबै साथीहरु खाजा खान क्यान्टीन गए, प्राय म होटलमा खान्थिन ,कक्षामै बसेर डिल, गणेश र म नास्ता खाल थाल्यो । आज नास्तामा कोदोको रोटी, अलसको अचार र अलिकति मह थियो । बस्न पाएका थिएनौ, डिलले जिस्काईहाल्यो, त्यो रामुसंग खुब चक्कर चलिरा जस्तो छ के हो, मेरो काँथमा एक थप्पड हान्यो, हाँस्दै, गणेशले थपिहाल्यो, हो हो, मलाई पनि तस्तै लागिराछ, तर केटि चैँ राम्री छ है, उसले कोदेको रोटी गाँस हाल्दै भन्यो, केटा जिस्काउदै थिए, म भने रातो पिरो भए । केहि बोलिन म, बस मुस्कुराए मात्रै ।

यहि बीचमा मेरी आमाले भनेको उखान याद आयो, बाबु गोप्य कुरा विस्तारै गर्नु भित्ताका पनि कान हुन्छन, भनेर, भयो पनि त्यस्तै कुरा भन्न पा छैन्, अरुबाट सुन्छु । टिफिनको समय सकिन मात्रै ५ मिनेट बाँकी थियो । साथीहरुले शौचालय जाउ भने, डिलले तिम्री हुनेवाली पानी पिउन धारा गाकी छन् ,जाउन न जाउ छिटो भनेर तान्यो कक्षा बाट बाहिर निष्किदा झट् हेराहेर भयो, करोडौको हिमाल हाँसे झै दन्त लहर खोलिन, त्यो बेला पानी प्यास पुरा भयो । त्यहि काफि थियो ।

दौडेर कक्षामा गईन । उनलाई के थाहा त्यहि दिन साँझ भन्नेवाला छु मनको कुरा र बनाउने छु आफ्नी । त्यो मुस्कानले अलि दम बढ्यो, पम्कै केहि हुन्छ भनेर मलाई देख्दा सालिन हुने उनको सबै भन्दा राम्रो बानी याद छ । पछि म शौचालय बाट फर्कैदै थिए । मेरो अर्को हितैसी मित्र माने भेटियो र भने, साथी रामु लाई साँझ उसको घरको माथि खेतमा भेट्न भन्न है, पिलिज । उसले एकछिन सोच्यो, अनि भन्यो भनुला, तर पछि थाहा पाए भने के होला अबस्था । के सफल हौला त ।

ठिक छ तँ भेट्नु रे भनिदे बस, त्यतिकैमा कक्षामा गयौ । टिपिन पछिका ३ घण्टी झण्डै डेढ घण्टाको समय पनि यति लामो लाग्यो के भनु, किनकी हतार अर्कै, थियो । स्कुल छुट् िपनि भयो, अघि पछि संगै घर जाने, हेराहेर गर्ने रामु त आज छिटो छिटा हिडछे । मैले सोचे पक्कै पनि स्वीकार हुदैन ।  तर कारण उसलाई पनि माया संगै डर रहेछ गाउँ घर, परिवारको त्यतिकैमा घर पुगे, विहानको चिटिक्कले अलि काम गरेन, फेरी मुख धोए, र कुरे, त्यहि साँझको ६ बजे, त्यो बेला फोन थिएन । पढाईमा बढि ध्यान थियो । मात्रै ठाँउ तोकेको थिए ।

६ बज्यो, आमाले सोधिन अघिपछि यो बेला कोठामा पढ्ने मान्छे, जुत्ता कसेर कताको तयारी, म बोलिन, आमालाई के थाहा, बुहारी लाई प्रस्ताव राख्न छोरो जान लागेको हो भनेर, कहिले आईनकी भनेर अलि ढिला गरे, अध्यारो बढ्दै गयो, मनमा पनि माया संगै डर बढ्दै थियो । ६ बजेर भण्डै ३३ मिनेट गईसक्यो अझ सोच्दै थिए, के हुने हो भनेर, घरको ओटालो बाट कदम उठाएर माया पाउन र संघर्ष त्याग गर्नका लागि ।
बाटोमा दौडिए, के भन्ने होला शुरुमा शक्ति देउ भगवान देवता सोचे पछि, त्यहा पुग्दा त प्रिय रामु भनेकै समयमा आएर चिसो संग लड्दै मेरो प्रतिक्षा गरिरहेकी थिईन ।

देख्ना वित्तिकै फिसिक्क हासिँन मात्रै बोलिनन, टाउको उतै तिर, म झन उस्तै, झण्डै १० मिनेट पछि, कति बेला आएको रे, घरमा खोज्ने हुन की, थाहा पाए के होला लौ हेर मुख्य विषय नै हरायो । दुई जना पुरै चुप, सिरसिर बतास चलेको, अध्यारो रात, उज्यालोको नाममा जुनकिरी पाखामा थियो ।

तारा आकाशमा चम्कीरहेका थिए । लाग्थ्यो त्यो चिसोमा पनि परे रातै भरी बस्न पनि तयार हुन्छौ भनेर, एक किसिमको सान्नटा छायो । अलि पछि जे होला होला भनेरै छाड्छु भन्ने साहस गरे । रातोपिरो हुदै,नरम स्वरमा अलि डर, अलि आशा, साथमा मायालु पाराले ,भने रामदेवि रामु तिमीलाई असाध्दै माया गर्छु, संगै जीवन विताउन चाहान्छु तिमी संग, सुख दुःखको सारथी बन्न चाहन्छु म तिम्रो ।

तिमी बिना त यो संसार कस्तो शुन्य लाग्छ, देखे हेरौ हेरौ, नदेखे भटौ भेटौ लाग्छ, अलि बढि भावुक भए झै लाग्यो,रोकिए, फेरि भने, तिम्रो ईच्छा छैन् भने कर गर्दिन, के म संग खुसी हुदैनौ, म मन पर्दैन तिमीलाई । पुरै धारा प्रवाहरुपमा भने, प्रतिउत्तर आएन,केहि नबोली दौडेर पो गईन रामु । जान्छु पनि नभनी अचम्म लाग्यो, म भने पसिनाले निधुक्क भिजेको थिए, गोजीबाट रुमाल झिके । आखाँबाट आशु पो झरेका रहेछन् । दोधारे मन लिएर घर फर्किए ।

छटपटि मै वित्यो समय । बस् उनको जवाफको प्रतिक्षामा हप्ता बित्यो । मेरो प्रस्तावको जवाफ एक हप्ता पछि आयो चिठी मार्फत । त्यो बीचको समय कसरी बिताए त्यो मलाई मात्रै थाहा छ । थाहा छैन् चिठीमा के छ, तर आयो खुसी थिए । अलि अलि फोन थियो, चलन चिठि आदान प्रदान कै थियो त्यो समय, अहिले जस्तो ईन्टरनेटको जामाना थिएन गाउँघरमा ।

विहानै घरबाट तातोपानीमा नुहाउन निष्केको थिए । रामुको घर तलतिर सानी बहिनीले बोलाईन् । गोजिबाट चिठि झिकिन्, दिदिले तुमिन दिनु भनेकी छन् । चाडै फिर्ता गर्नु भुनेई छन् । लजाउदै दौडेर गईन । तातोपानी निहाउन निष्केको म एका एक पत्र पाएपछि ननुहाउदै दौडिएर घर फर्किए । कोठामा गएर पत्र खोले ४ पेज पुरै भरिएका थिए ।

पानाका साईट कुनामा लभको चिन्ह, आर प्लस एस, लेखिएको थियो ।
प्रिय सागर,मनभरीको माया, अझम्भरी सम्झना, पानी जस्तो पवित्र सागर जस्तै गहिरो माया प्यारा । बालापन बाट भर्खर किशोरावस्थामा पुग्दै गरेका हामी वीच,यो आकर्षण विषेश ठानेकि हु मैले । हामीले वीच कहिले कसरी प्रेम बस्न गयो, त्यो मलाई थाहा छैन् । तिम्रो प्रसतावको पर्खाईमा थिए । केटी मान्छे अघि भन्न कहा सक्थे र म खुसी ।

स्कुलमा हुने क्रियाकलाप, म प्रतिको आकर्षणले मेरो मनले नाई भन्न सकेन् । म त केटि मान्छे, भन्न हजार कोशिश गर्दा पनि सकेछी थिईन । मेरो मनको कुरा भनिदिएयौ । मेरो खुसीको सिमा छैन् आज । धनसम्पत्ति चाहिदैन, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन् । म त त्याग गरुला । पछि हामी पछि नहट्ने प्रण गरौ । अहिले लाई हुन्छ । उहि तिम्री रामु । छोटकरीमा भने,

समग्रमा खुसी,डर र विस्वासको कुरा गरिएको थियो पत्रमा । मैले पनि उसको नाममा चिठी पठाए । साथै, झण्डै २ वर्ष चिठि पत्र आदान प्रदान मै वित्यो ।त्यसैले अरु भन्दा हाम्रो प्रेम खास र विषेश छ, किनकी ईन्टरनेटको जवानामा पनि हामी चिठीबाट मनका कुरा व्यक्त गथ्र्यो । हामी आफुलाई भाग्यमानी ठान्थ्यौ । त्यो बेलाका स्कुलमा विताएका पल सम्झिदा आज जस्तै लाग्छ । समय बित्दै जाँदा हामी झन नजिकीदै गयौ ।
एक कान दोकान हुदै मैदान सम्म पुग्यो । हाम्रो सम्बन्धकोे कुरो । उसको घर सम्म पुगेछ । त्यस पछि नै शुरु भएका हुन् हाम्रो प्रेममा संघर्षका दिन । जो हामीले पनि कल्पना गरेका थियौ । र शुरु भए हाम्रा प्रेमको संघर्षका दिनहरु । उसको घरमा थाहा भए छ ।

सधै टोकसो, आमा बाबुको गालीको गाली,तिरस्कारले रामु दिन दिनै पिमा देखिन्थीन । निकै रुने गर्थिन हाम्रो भेटमा । साँझ विहान आमाको भनाई, टोकेसो गाली सहनै कठिन तर सहिन् मेरो खुसी भविष्यका लागि । उता प्रेम उता परिवारको तिरस्कार । प्रेम र तिरस्कारको शिलशिला चलिरहयो हाम्रो संघर्षशील यात्रा । लुकिछिपी चिठीको माया, चलिरहयो । सम्झन्छु हाम्रो प्रेमको नाका बन्दीका बीच पनि चिठी पुराउने र दिने प्यारा बहिनीहरु लाई । हुदाँ हुँदा तिरस्कारकै चिठी पत्र आदान प्रदानकै बीच रमाउँदा झण्डै ४ वर्ष बित्यो । अहिले पनि सबै पत्र छन् ।

कुरो २०६९ साल साउन १७ गतेको कुरो हो, पुर्णिमा थियो, म बजारमा एसएलसीको ट्युसन पढिरहेको थिए । त्यो दिन घर गए, र संगै सुन्दरगाउँको थान मन्दिर जाने निधो गर्यौ, म घरमा जाँदा म रामुका परिवारको नजरमा आँखाको कसिंगर नै बनेको थिए । तर पनि उनी अघि गईन म पछि गए, मन्दिरबाट फर्किदा हामी गाउँपारिको खेतमा भर्खर भेटेर कुरा गर्दै थियौ, र भन्दै थिईन हजुर के खबर, फोन पनि छैन्, कस्तो छटपछिट हुन्छ, बिबाह गर्यौ कि, छिटो, घरको संघर्ष कति सहने, म जस्तो सुकै अबस्था त्याग गर्छु, यस्तै, तर हामी भेटेको कुरा रामुको घरमा पुगेछ, र आईहाले सबै हातमा दाउरा, भाटा, लठी लिएर, रामुले तानिन, भागौ, मलाई अब घरमा बस्नु छैन्, दिक्क बनाईसके, पिलिज भागौ मलाई विबाह गर्नुहोस रुदै थिईन उनी ।

मैले भने रामु म कुरा गर्छु पख, तर मानिनन, मलाई तानेर दौडाईन, आफु अघि अघि म पछि पघि म भन्दा पछि उनका परिवार आफन्त । साहेत के भन्दै थिए, बाच्दैनौ, यस्तै यस्तै,झण्डै २ सय मिटर कुदेर लड्दै पढ्दै, भिरपाखा काँडा,सिसा नभनी खोला नजिक पुग्दा, सिधै रामुले सोधिन, मलाई विबाह गर्नु हुन्छ कि नाई, भन्नु निकै भावुक भएर, मैले समय आएपछि मात्र के भनेको थिए, नजिकैको भीरमा एक्कसी कुद्दै भनिन म मर्छु तर फर्केर घर जान्न, त्यसबाट थाहा भयो की मेरो लागि कति पिडा सहि बसेकी छन् । बेला दया र सहानुभुति लागेर आयो, अटुट माया त छ दै थियो मनमा ।

मर्छु भन्दै उनी भीरमा घ्रिसिदै थिईन, उनको हात समाते, हातमा पुरै पसिनै पसिना कतिबेला छुट्ने हो, कल्पना गर्दिन, पसिनाकै कारण हात फुत्केको भए, आज के हुथ्यो । कल्पना पनि गर्न सक्दिन म त्यो पल । रामु म विबाह गर्छु माथि आउ । ल धन्न माथि आईन मैले लामो साहास फेरे । उनको जीवनबको लागि अनुनयविनय गरिरहेको थिए म । हामीलाई नभेटाएपछि मेरो घरमा गएर धम्कि दिएका रहेका छन् रामुका आफन्तले । त्यहि राती बजार हिडेर बजार आयौ हामी । भोली पल्ट एक विहानै, मेरो सानो नोयिया मोबाईलमा फोन आयो, हलो……..केहि भन्दैनौ, अहिले पढ, पछि विबाह गरौला । फुपुको घर पुराईदे नभए राम्रो हुदैन फोन कट ।

कोठा बाट त्यहि पुयाईदे फोनकै आधारमा । तर रामुले मानेकै थिइनन । विवाह गर्ने उमेर भएको छैन्, नगरौ, जीवन र मृत्यु दोसादमा जिन्दगी छ । गर यार मरको अवस्थामा पुगेको छ, हाम्रो प्रेम । रामुलाई निकै सम्झाए । जस्तो सुकै परिस्थितिमा पनि नछुट्ने विस्वास दिलाए ।
तिमीलाई मेरो बनाएरै छाड्छु अहिले जानै पर्छ मैले अनुरोध गरे । उनले मानिन् । घर गईन । तर पिडाले मन थामिदैन, खुसी खोज्छ प्रेमले त्यस्तै, पछि बिबाह गौला भनेका बा आमाको फेरी टोकसो शुरु भएछ, दुई दिन पछि एक्कासी एका एक ढोका ढग ढग भयो । रातीको एक बजेको थियो । ढोका खोल्न पाएको थिईन, रामु सिधै मेरो अंगालोमा बाधिएर रुन थालिन ।

खुटा्मा चप्पल थिएन, चिसोले शरिर कठ्यारिएको थियो । भयभित रुपमा आएकी थिईन उनी । घरमा फेरी टेन्सन दिएका रैछन् । अब तिमीलाई कसैले केहि गर्दैन संगै बाच्ने मर्ने ढुक्क हौ भन्दा मलाई याद उनको त्यहि मुस्कान आयो जो भर्खर लभ गर्दा थियो । खुसीको कुनै सिमा थिएन, साहेत संसारकी एक भाग्यमानी आफुलाई ठानी रहेकी थिईन ।

त्यो खुसी हेर्दा म पनि मख्ख परे । खाना पकाएयौ, एकै थालमा संगै एक चम्चा उनलाई खुवाए, मलाई पनि खुवाइन । निकै खुसी,थिईन भन्थीन यहि दिन देख्न चाहान्थे धन्य भगवान भनेर । तर थाहा थिएन त्यो खुसी दुई दिन नटिक्ला भनेर, भोली पल्ट म पढ्न गए, विहानको कलास थियो । खुसी थिए म आफ्नो प्रेम पाएकोमा । उनलाई आवश्यक सबै सामग्री किनिदिनु पर्ने थियो । सबै कुरा गरेर म कोटाबाट पढ्न निस्किए । म पढ्न गएको बेला रामुको घरका आएछन् । कुटेछन्, पिटेछन्, कोठाबाट बल जवस्ती तान्दै, रुदै कराउदै लिएछन् । कोठा नजिकैका छिमेकीहरुले सम्झाएछन् ।

के मान्थे र विजोग गरेर रामुलाई घर लिएछन् । उनले भनेका सबै चीज मेरो रोजाईको कपडा, लगायत अरु सबै किनेर पढाई सकेर के आएको थिए, एकैघरमा बस्ने काकाले सम्पुर्ण कुराको बेलिविस्तार लगाए । कोठामा आउछु, ढोका खुल्ला थियो, , लामा लामा कपाल झरेका थिए । पकाएको खाना त्यस्तै, एक्लो बस्ने म लथालिंग थियो कोठा ।

एकै दिनमा बदलिएको थियो लक्ष्मीको बास भएको जस्तो । तर टिकेन खुसी आँसुमा बदलियो । तानेरै लिए, हामी रोक्न खोज्यौ सकेनौ सारै रुदै थिइन, नाक बाट रगत पनि आएको थियो कपाल लुछारे ति काकाले फेरी थपे । म मरे तुल्य भए म त कोठामा गएर धरधरी रोए । अरु विकल्प केहि थिएन मसंग त्यो बाहेक । दिन बित्यो, महिनौ बित्यो ।

कुनै सम्पर्क हुनै सकेन । त्यहि बीचमा मैले पत्रकारिता शुरु पनि गरेको थिए । रामुले मलाई पाउन समाज परिवार संग गरेको लडाई, त्याग अरुले सुनाउँदा म पनि कमजोर बनेको थिईन । साहेत मेरो चोखो माया कै कारण होला उनलाई त्यो साहास आएको थियो । र विश्वास थियो एक हुने ।
न खाने न पिने हर पल सागर भन्दा साहेत त्यो त्यागले सबैलाई छोयो होला, छोरीको चित्कारले छोयो होला । कसैप्रति समर्पित यति गाढा पहिलो चोटी देखे होलान । केहि महिना पछि फोन आयो । फोन रामुको आमाको थियो । हामी हार्यौ, छोरीले जिति तिम्रै हो अब ढुक्क हौ रे ।
फोन राखे संसार जिते जस्तो लाग्यो । हाम्रो मायाको अगाडी उनका परिवार झुके एकता तर्फ , अर्को तर्फ हामी दुईले प्रेमलाई मुर्त रुप दिन सक्यौ, घृणा, तिरस्कार, बहिस्कार पछि ।

तर भुमिका दुबैको बराबर थियो । प्रेम र युद्धमा सबै जायज लाग्थ्यो संघर्ष गर्यौ । सफल भयौ । अहिले खुसीले जीवन चलिरहेको छ । एक किसिमको समझदारी छ हामीमा । त्यो सबै हामी दुवैको त्याग हो । सम्बन्ध मग्नी सम्म पुगिसक्यो । चिनो साटा साट गर्यौ । अहिले कर्म गर्ने शिलशिलामा हामी भौतिक रुपमा टाढा छौ । तर भावनामा पल पल नजिक छौ । मन मान्दैन भेटौ, देखौ लाग्छ । साहेत उनलाई पनि, जानेर वा नजानेर कहिले उनले कमजोरी गरिन होला, कहिले मैले गरे होला , त्यो हाम्रो त्याग र समर्पणका अगाडी फिक्का लाग्छ ।

हाम्रो विगतका आधारमा वर्तमान केहि फेरिए पनि सम्बन्ध कसिलो छ । फोनमा भन्छीन, नजिक बाट देख्न मन छ हजुर भनेर ,हाम्रो कुरा सधै भईराख्छ । माया प्रेम भन्नु विस्वास त हो । विस्वासले यो स्थान सम्म हामी पुगेका हौ । साना तिना कुरामा चित्त दुखाउनु,त्यहिलाई विषयवस्तु बनाउनु हामी दुवैका लागि राम्रो कुरा होईन ।

जिन्दगी बर्तमान मात्र होईन, भोली छ , त्यो पल मायाले विताउनु छ । बाँकी जिन्दगीका भयभर खुसी पनि त संगै मनाउनु छ । माया प्रेमको अन्तिम बिन्दु बिवाह पनि त गर्नु छ क्यारे । अनि देखाउनु छ तिम्रा सबै साथीलाई सागरले गर्ने माया साचिक्कै सागर जस्तै छ भनेर । र सिक्ने छ, दुनियाँले साचो मायाको अर्थ, प्रेम हरकुरा जायज हुन्छ भने, जायज मेरो ट्रचर भईरहेने छ । ल मियु रामु………….।

 सागर संगम र रन्जिता संर्गमको जीवनमा आधारित सत्य प्रेम कथा हो ।

लेखक, कर्णाली पोष्टका सह सम्पादक हुनुहुन्छ । भने कारोबार राष्ट्यि दैनिक तथा निर्माण संचार मिडियामा आबद्ध हुुनुन्छ ।

तपाईको प्रतिक्रिया