
जुम्ला ः नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा मङ्सिर ७ गते जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न गरिएको छ । संकलित घटनाहरु सन् २०१९ को मानवअधिकार वर्ष पुस्तकमा प्रकाशन गर्ने इन्सेक जुम्लाका जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । उनले भने नेपाल मानव अधिकार वर्ष पुस्तकका २०१९ का लागि संकलित घटनाहरुको पुन पुष्टी गर्ने, छुटेका घटनाहरुलाई समाबेश गर्नका लागि वार्षिक पुर्व समिक्षा गरिएको हो । सन् २०१८ को जनवरी देखि हालसम्म जुम्लामा गैरराज्य पक्षबाट हत्या १ वटा , गैरराज्य पक्षबाट धम्की कुटपिट ४ वटा, भौतिक सम्पत्ति क्षति ५ वटा, झडपमा घाइते १ वटा, बहुविवाह १ वटा परिवारजनबाट हत्या २ र बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार ८ वटा घटना घटेको इन्सेक जुम्लाले तथ्यांक प्रस्तुत गरेको छ ।
सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न पाएका छैनन् भने, शान्ति सुरक्षा पनि विश्वसनियय नभएको प्रति सम्बन्धित निकायको कार्यक्रमका सहभागीले ध्यानाकषर््ाण गराएका छन् । १९९२ देखि इन्सेकले मानवअधिकार वर्ष पुस्तक नियमिति प्रकाशन गर्दै आएको छ । विभिन्न मानवअधिकार हनन्का घटना संकलन गर्दै हरेक वर्ष मानअधिकार वर्ष पुस्तक प्रकाशन आएको छ ।
जुम्लामा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटनाहरु बढ्दै गएका छन् । मानव अधिकारसंग सम्बन्धित, बलात्कार, घरेलु हिंसा, हत्या लगायतका घटनाहरु पछिल्लो समय बढ्दै गएको प्रति जुम्लाका मानवअधिकार कर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । शान्ति सुरक्षा मजबुद नहुनु, घटनाका दोषी माथि कार्बाहि नहुनु, अनुसन्धान प्रभावकारी नहुनु लगायतका कारणल गर्दा जुम्लामा मानवअधिकार उल्लघंनका घटना यो वर्ष बढेको सहभागीले बताएका छन् ।
राष्ट्यि मानवअधिकार आयोज, जुम्लाका मानवअधिकार अधिकृत धर्मराज शाहीले यो वर्ष मानवअधिकार उल्लघंनका घटनाहरु बढि भएको बताए । प्रभावकारी अनुसन्धान नभएको कारण यो वर्ष मानव अधिकारका घटनाहरु बढे उनको भनाई छ । घटना संकलनका क्रममा पनि समन्वय सहकार्य गरी सबै घटनालाई मानव अधिकार वर्ष पुस्तकमा समाबेश गर्नुपर्ने बताए । तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले, राधाकृष्ण हत्याका विषयमा सबै मौन बस्नुले पनि मानवअधिकार संरक्षणमा धक्का पुगेको बताईन् । मानवअधिकारको प्रत्याभुति दिलाउन तथा शान्ति सुरक्षाको महशुस गराउने सबालमा प्रहरी प्रसाशनले देखाएको मौनताले नागरिकमा नैरेसता उत्पन्न भएको बताईन् ।
नियमन निकाय मौन बस्नुले पिडितले न्याय नपाएको भन्दै न्याय सम्पादनमा चलखेल भएको उनको भनाई छ । जातिय आधारमा अझै समाज मानवअधिकार हनन्का घटना बढिरहेको संघिय समाजबादी फोरमका केन्द्रीय बलिराज शाहीले बताए । टाठाबाठा बाटै साम्प्रदायी द्धन्द्ध भएको उनले दाबी गरे । मानवअधिकारका विषय बस्तुहरु सडकका पेटी पेटीमा लडीरहेका देखिन्छन् तर सरोकारवाला निकाय जवाफदेहि नदिएको उनले आरोप लगाए ।
प्रहरीको मुस्कान सहितको सेवामा मानवअधिकार देखिएको छैन् । नेकपा नेता आदिप्रसाद न्यौपाने भने, राधाकृष्ण बुढ्थापा हत्याका पीडितलाई न्याय सम्पादनमा ढिला हुनुमा मिलामत्तो भएको हुनसक्छ । प्रत्येक घटनाका पीडितले न्याय नपाउँदा नागरिक न्यायलय, प्रहरी प्रशासनबाट पनि तरंगित भएको दाबी गरे । स्वास्थ्य, शिक्षा, रोजगार तथा समाबेशीता भित्र मानवअधिकार हराएको उनको भनार्ई छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनले मात्रै सबै नागरिक स्वास्थ्य हुने, भन्न नसकिने भन्दै मानवअधिकारसंग स्वास्थ्य र शिक्षाका विषयलाई जोडन् सुझाब दिए ।
राप्रपा नेपालका नेता बृख सुवारले अनुसन्धान फितलो भएकै कारण न्याय सम्पादनमा अन्यौलता भएको बताए । राज्यको शान्ति सुरक्षा खस्कदो अवस्थामा रहेको भन्दै प्रहरी प्रशासनलाई उनले सुझाब दिए ।
जुम्लाका नागरिक सरकारी सेवा प्रति सन्तुष्ट छैनन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, रचनात्मक भन्दा आलोचनात्मक सुझाब मात्रै दिने संस्कारको विकास भएकोले समस्या भएको बताए । अनुसन्धान फितलो नभएको भन्दै प्रहरी प्रशासनले आफ्नै संमन्त्र अनुसार काम गरिरहेको र सुरक्षा अबस्था निकै मजबुद रहेको उनले दाबी गरे ।
इन्सेकले मानवअधिकार संरक्षणका क्षेत्रमा गरेको काम सरायिन रहेको भन्दै, घटना घट्नुका कारण पत्ता लगाउनु महत्वपुर्ण विषय रहेको बताए । प्रहरी नायव निरिक्षक सिताराम रिजालले भने, प्रहरी आफै सबै थोक नभएको भन्दै नागरिकको साथ पनि आबश्यक रहेको बताए । शान्ति सुरक्षा कायम महसुश नभएको खण्डमा प्रहरीमा खबर गर्न पनि सुझाब दिए । कुनै पनि घटनाका मुद्धाको फितलो अनुसन्धान कुनै पनि हालतमा हुन नदिएको उनले दाबी गरे ।
मानदत्त रावल