स्पेनिस लिगमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोक्यो


आइतबार, २१ माघ २०७४

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोकेको छ ।

गएराती लेभान्तेको मैदानमा भएको खेल २(२ गोलको बराबरीमा सकिएको हो ।

खेलमा रियाल मड्रिडका सर्जियो रामोस र ईस्कोले एक एक गोल गरेपनि लेभान्तेका बोआटेङ र पाजीनीले दुई गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

बराबरी पछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ ।

जारी लिगमा रियाल मड्रिड शिर्ष स्थानको बार्सिलोनाभन्दा १८ अंकले पछि पर्दै चौथो स्थानमा छ ।

ला लिगाअन्तर्गतका अरु खेलमा रियाल बेटिसले भियारीयाललाई २(१ ले हराउँदा आईबारले सेभियामाथि ५(१ को जित निकाल्यो ।

यसैगरी आलाभेजले सेल्टा भिगोलाई २(१ ले हरायो ।

स्पेनिस लिगमा आज राती शिर्ष स्थानको बार्सिलोनाले आफ्नै शहरको ईस्पानियोलसँग खेल्दा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको भ्यालेन्सिया आमने सामने हुनेछन् ।

तपाईको प्रतिक्रिया